उद्योग वाणिज्य संघ चितवनमा भएको निर्वाचन अन्तर्गत उद्योगतर्फका सदस्य पदको अन्तिम मत परिणाम सार्वजनिक

चितवन पुस २४
उद्योग वाणिज्य संघ चितवनको सोमबार भएको निर्वाचन अन्तर्गत उद्योगतर्फका सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

विहान ४ वजे सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार इमान्दु बराल (१३९०) मत, अशोक श्रेष्ठ (१३२१) मत, पूर्णिमा जोशी श्रेष्ठ (१२६७) मत, धनप्रसाद पोखरेल (१२३९ मत) उपेन्द्र पण्डित (१२३१) मत र शंकर अधिकारी (११९०) मत सहित विजयी भएका छन् ।

विजयी भएका अशोक श्रेष्ठ, उपेन्द्र पण्डित र शंकर अधिकारी प्यानल बाहिरबाट उमेदवारी दिएर विजयी भएका उमेदबारहरु हु्न् ।
प्यानलमा परेका विज्ञालाल श्रेष्ठ १०७५ (मत), लिलाबहादुर क्षेत्री ८४८ (मत) र हिम्मत पुरीले (९२५) मत प्राप्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *