भरतपुरको भतेरी जंगलमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर, १२ पुस
चितवनमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–८, जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङ रहेका छन्।

बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा लु८४ नम्बरको मोटरसाइकलले पैदलयात्री गुरुङलाई ठक्कर दिएको थियो । उपचारका निम्ति भरतपुरस्थित एलाइभ अस्पतालमा लगिएको थियो ।

अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *