रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै

काठमाडाैं मंसिर १२,

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बसिरहेको छ । सोमवारदेखि शुरू भएको बैठक बुधवारसम्म चल्ने महासचिव डा मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार बैठकले पार्टीको भावी रणनीति तय गर्ने छ । आगामी संसदीय निर्वाचनलाई लक्षित गर्दै ‘मिसन २०८४’को अभियान शुरू गरेको रास्वपाले मधेशका जिल्लामा आफ्नो गतिविधि बढाउने उद्देश्यस्वरुप संसदीय दलको बैठक महोत्तरीमा राखेको हो ।

पहिलो पटक केन्द्रीय समितिको बैठक मधेशमा राखेर गतिविधि बढाउन लागेको सन्देश रास्वपाले दिएको छ ।

केन्द्रीय समिति बैठकअघि रास्वपा सभापति रवि लामिछानेले मधेशका जिल्लामा आयोजित कार्यक्रमलाई सम्वोधन गरेका थिए ।

बैठकमा उद्घाटन मन्तव्य राख्दै लामिछानेले मधेशका जिल्लामा पार्टीप्रति आकर्षण बढेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *