सामान्य बिवाद हुँदा श्रीमतीले खाना पकाउने भड्डु प्रहार गर्दा श्रीमान‍्को मृत्यु

दैलेख, ११ मङ्सिर
दैलेखमा सामान्य बिवाद हुँदा श्रीमतीले खाना पकाउने भड्डु प्रहार गर्दा श्रीमान‍्को मृत्यु भएको छ।

मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् । श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि टाउकोमा चोट लागेर धेरै रगत बगेपछि उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेकी हुन् ।

अहिले सीतालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *