विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर ठगि गर्ने युवती पक्राउ

काठमाडौँ, ११ मङ्सिर
विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर ठगि गरेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका घर भएर ललितपुर बस्ने सुजता चौधरी रहेकी छिन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

उनीमाथि विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर आईफोन, घडी र सुनका गहना उपहार पठाएको छु भन्दै ठग्ने गरेको आरोप छ ।

चौधरीले कुरियरमार्फत सामान पठाएको बहाना बनाएर एयरपोर्टमा सामान आइपुगेको भन्दै रकम मागेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *