मुगु, २४ कात्तिक
मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा र उनका ३ जना छोराछोरीको हत्या गरेको आरोपमा प्रहरीले दुइजनालाई सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा पिना गाउँपालिका वडा नम्बर–७ घर भएका गोर्खराज शाही ठकुरी उर्फ काले र गोपाल बोहोरा रहेका छन्।
‘काले’ ले लुटपाट गर्ने उद्देश्यले गोपाल बोहरासँग मिलेर हत्या योजना बनाएको प्रहरीले जनाएको छ।

Leave a Reply