अनेरास्ववियु बागमती प्रदेश अधिवेशन हेटौंडामा हुने

चितवन, २४ कात्तिक
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाग्मती प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशन मङ्सिर ९-१० हेटौंडामा हुने भएको छ ।

“शुढृढ लोकतन्त्र समृद्ध बागमती निर्माणमा हाम्रो जोड स्वदेशमै शिक्षा स्वदेशमै रोजगार अनेरास्ववियु बाग्मतीको अठोट” भन्ने मुल नाराका साथ हुन लागेको अधिवेशन मङ्सिर ९ गते अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालले उद्घाटन गर्ने प्रदेश कमिटीका सह-संयोजक लाल बहादुर बुढाथोकीले जानकारी दिनुभयो।

अधिबेसन सम्पन्न गर्न १२ उपसमिति गठन गरि कार्य अगाडी बढाइएको छ।

अधिवेशनमा बागमती प्रदेशका १० जिल्लाबाट करिब ३०० प्रतिनिधि रहने अधिवेशनमा आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गरिने अनेरास्ववियु बागमती प्रदेश संयोजक शालिकराम पराजुलीले बताउनुभयो । उहाँले सर्वसम्मत नेतृत्व चयन हुन नसकेमा मतदानबाट चयन गरिने र बिधानमा ब्यबस्था भए बमोजिम ९ पदाधिकारी सहित ५१ सदस्यीय कमिटी निर्वाचित गरिने जानकारी दिनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *