नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो : रातभर सडक अवरुद्ध हुने, बीचबाटोमै अलपत्र परे यात्रु

चितवन,बैशाख २४-
नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो गएको छ ।
आज साँझ ७ः३० बजे इच्छाकामना गाँउपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ तर ठूलो पहिरो खसेकाले आजै सडक अवरुद्ध खुलाउन सकिने अवस्था छैन ।

सडक अवरुद्ध हुँदा सवारी साधन तथा यात्रुहरु बीचमै अलपत्र परेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *