भरतपुर महानगरपालिकाको पेजमा देखियो पोर्न भिडियो, रिर्पाेट गर्न महानगरको आग्रह

चितवन, असोज ४ –
भरतपुर महानगरपालिकाको नामको एउटा पेजको स्टोरीमा पोर्न भिडियो देखा परेको छ ।

आज असोज ४ गते शनिबार ४ बजेको समयमा Bharatpur – भरतपुर महानगरपालिका नामक पेजको स्टोरीमा पोर्न भिडियो देखा परेको हो ।

https://www.facebook.com/BharatpurMetropolitancCty

उक्त स्टोरीमा आएको उक्त भिडियोमा हिन्दी भाषामा ‘और भिडियो देख्नेके लिए स्वाइपप करो’ भन्ने आवाजमा यौन क्रियाकलापको सांकेतिक भिडियो देखिएको छ ।

६ हजार ३ सय लाइक र १० हजार फलोअर्स भएको उक्त पेजमा भरतपुर महानगरपालिकाको लोगो, फोन नम्बर र वेबसाइट पनि राखिएको छ । उक्त पेजमा भरतपुर महानगरपालिकाका सूचनाहरु विगतमा पोष्ट भएको देख्न सकिन्छ ।

तर भरतपुर महानगरपालिकाले भने उक्त पेज महानगरपालिकाबाट नियन्त्रण गरिएको पेज नभएको बताएको छ । महानगरपालिकाका प्रेस संयोजक सुरेन कुँवरले उक्त पेज बाहिरी कुनै व्यक्तिले बनाएको बताए ।  उक्त पेज अनाधिकृत रुपमा चलाइएको उनले चितवन आजलाई जानकारी दिए ।

उनले उक्त पेजका विरुद्ध महानगरले तत्काल रिर्पाेट गरिसकेको र अन्य जनसमुदायलाई पनि उक्त पेज विरुद्ध फेसबुकमा रिर्पाट गरिदिन आग्रह गरेका छन् ।

उनले भरतपुर महानगरपालिकाको आधिकारिक पेज भरतपुर महानगपालिका – Bharatpur Metropolitan City Office नामको यो पेज रहेको जानकारी दिए ।
https://www.facebook.com/Bharatpurmetro?mibextid=LQQJ4d

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *