इन्स्पेक्टर लामा बने बागमती प्रदेशको उत्कृष्ट अनुसन्धानकर्ता

काठमाडौँ, १ कात्तिक
इलाका प्रहरी कार्यालय सिंगटी दोलखामा कार्यरत प्रहरी निरीक्षक विक्रम लामा उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् ।

६८ औँ प्रहरी दिवसको अवसरमा लामालाई मंगलबार बागमती प्रदेश प्रहरीले उत्कृष्ट पुरस्कार दिएको हो ।

सुन प्रकरणको अनुसन्धान गरेका इन्स्पेक्टर लामालाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

असोज ११ मा इन्स्पेक्टर लामा नेतृत्वको टिमले सिंगटीबाट ४ किलो सुन बरामद गरेको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ किलो र तेस्रो पटक लामा बगरबाट ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *