यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडाैं, कात्तिक १
नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा १ बजे शुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

त्रिकोणात्मक टी–२० आई श्रृंखलाअन्तर्गत नेपालले यूएई र हङकङसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

टी–२० विश्वकप अघि तयारीका रुपमा नेपालले यो श्रृंखला खेल्न लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिकोणात्मक श्रृखंलाको फाइनल कीर्तिपुरस्थित त्रिवि मैदानमा र बाँकी खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।

यस श्रृंखलामा नेपालका सुपरस्टार बलर सन्दीप लामिछाने भने हुनेछैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *