बालकुमारीमा अनेरास्ववियुद्वारा आयोजित हाजिरी जवाफ सम्पन्न : सप्तगण्डकी प्रथम (फोटोफिचर)

चितवन, असोज १०
नारायणगढस्थित बालकुमारी क्याम्पसमा अनेरास्ववियुले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनयिन (अनेरास्ववियु) बालकुमारी क्याम्पस कमिटीको आयोजनामा आज बिहान क्याम्पस प्राङ्गणमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा सप्तगण्डकी क्याम्पस पहिलो, अर्किड स्कुल दोश्रो र वीरेन्द्र बहुमुखी क्याम्पस तेश्रो बन्यो । प्रत्येक टोलीमा तीन जना विद्यार्थीको सहभागिता रहेको थियो ।

१९ टोली सहभागी रहेको प्रतियोगितामा छनौट प्रतिस्पर्धा गराएर ७ टोलीबीच अन्तिम प्रतिस्पर्धा गराइएको थियो ।

पुरस्कार स्वरुप प्रमाणपत्र सहित प्रथम हुने टोलीले नगद १५ हजार रुपैयाँ, दोश्रो हुने टोलीले ९ हजार र तेश्रो हुनेले ५ हाजार रुपैयाँ प्राप्त गरे ।

हाजिरी जवाफ प्रतियोगिता अनेरास्ववियु चितवनका सचिव एवम् बालकुमारी क्याम्पस कमिटीका पूर्व अध्यक्ष अमित आचार्यले सञ्चालन गरेका थिए । भने उनलाई बालकुमारी क्याम्पस कमिटी सदस्य स्वस्तिका जमरकट्टेल र वीरेन्द्र क्याम्पस कमिटीका सदस्य विनय आचार्यले सहजीकरण गरेका थिए ।

बालकुमारी क्याम्पस कमिटीका अध्यक्ष रुद्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको औपचारिक कार्यक्रम बालकुमारी क्याम्पस कमिटीका सहसचिव अनिश दुलालले सञ्चालन गरेका थिए भने क्याम्पस कमिटी सहसचिव सम्झना न्यौपानेले स्वागत अतिथिहरुलाई स्वागत मन्तव्य राखेकी थिइन् ।

अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज अमित गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगितामा क्याम्पस प्रमुख जगदिश्वर खनाल, क्याम्पस व्यवस्थापन समिति सदस्य बद्रि अधिकारी, एमाले नेता कृष्ण केसी, सेन्ट्रल कलेजका प्रतिनिधि, ग्रेस एजुकेशनका प्रतिनिधि लगायत विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

सहभागी ७ टिमहरु :

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *