एमालेलाई जनताको मनबाट निकाल्ने तागत कसैको छैन : प्रदिप ज्ञवाली

रत्ननगर, वैशाख २० –

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले एमालेलाई जनताको मनबाट निकाल्ने तागत कसैको नभएको बताउनुभएको छ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ को चुनावी सभालाई आज मंगलबार सम्बोधन गर्दै ज्ञवालीले परमादेश जारी गरेर गठबन्धनले सरकारबाट निकाले पनि एमालेलाई जनताको मनबाट निकाल्न कसैको तागत नभएको बताउनुभएको हो ।

चुनावमा एक्लै एक्लै लड्ने आँट नभएर पाँच वटा दल गठबन्धन गरेर एमालेको विरुद्ध मोर्चाबन्दी गरेको भन्दै जति गठबन्धन गरेपनि एमालेलाई हराउन नसक्ने ज्ञवालीले दाबी गर्नुभयो । ‘२०७४ सालमा पनि गठबन्धनको विरुद्ध प्रतिस्पर्धा गरेर शानदार सफलता प्राप्त गरेका थियौँ’, ज्ञवालीले भन्नुभयो, ‘हामीले गठबन्धनको पहिलेनै सामना गरेका हौँ, अहिले पनि सामना गरेर शानदार विजय हासिल गर्छौँ ।’

गठबन्धन पहिलेनै असफल सावित भइसकेको हतियार भएको भन्दै ज्ञवालीले गठबन्धन जतिसुकै कसिलो बनाएपनि जनताको विश्वास एमालेसँग रहेकोले एमालेलाई कसैले परास्त गर्न नसक्ने बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *