एसियाडका लागि तेक्वान्दो छनोट शुक्रबारदेखि

काठमाडौं, २० वैशाख

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने छनोट समितिका संयोजक समेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले

जनाएका छन् ।

ग्योरोगीमा पुरुषतर्फ ५ र महिलामा ४ गरी ९ स्पर्धामा खेल हुने छ । पुरुष÷महिला एकल पुम्से विधा पनि समावेश छ ।

ग्योरोगीको पुरुषमा ५८ केजीमुनि, ६३ केजीमुनि, ६८ केजीमुनि, ८० केजीमुनि र ८० केजीमाथि तथा महिलामा ४९ केजीमुनि, ५३ केजीमुनि,

५७ केजीमुनि र ६७ केजीमुनि तौलसमूहमा भिडन्त हुने छ ।

सहभागी हुन १८ वर्ष पूरा भएको हुनु पर्ने छ । छनोटमा भाग लिन हालसम्म आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी,

कुनैपनि आमन्त्रण अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक प्राप्त खेलाडी, राष्ट्रिय खेलकुद परिषद्/संघले आयोजना गरेको वा संघले मान्यता

दिएको राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रदेशस्तरीय प्रतियोगितामा स्वर्ण विजेता खेलाडी तथा विभागीय टिमको हकमा विभागले

आयोजना गरेको विभागीय राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त खेलाडी हुनु पर्ने छ ।

प्रत्येक स्पर्धामा चार खेलाडी पहिलो चरणलाई छनोट हुने छन् । दुईदिने छनोट प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित नेपाल तेक्वान्दो

एकेडेमीको हलमा हुने छ ।
न्युज कारखाना

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *