सल्यानमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ भदौ,४
सल्यानमा भएको गाडी दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

गाडी दुर्घटनमा घाइते भएर दांगको राप्ती प्रादेशिक अस्पताल ल्याइएका सल्यानको दार्माकोट गाउँपालिका-२ की ३६ वर्षीया ओमपत खत्री र रुकुम पश्चिमका ६० वर्षीय कमारो कामीको उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले दुर्घटनामा घाइते भएकाहरुको अस्पतालमा थप १६ जना घाइतेको उपचार भइरहेको बताए ।

सोमबार दिउँसो रुकुमबाट नेपालगञ्ज जाँदै गरेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट नजिकै दुर्घटनामा भएको थियो ।
गाडी सडकबाट करिब दुइ सय मिटर तल खसेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *