धरानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

धरान, २७ साउन
सुनसरीमा शनिबार भारी वर्षा मापन गरिएको छ । पछिल्लो तीन घण्टामा सुनसरीको धरान र आसपासका क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त स्थान भई बहने सेउती, खेसलियालगायत स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“साउन २७ गते, साँझ ४ः१० बजे । पछिल्लो तीन घण्टामा सुनसरीको धरान र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले उक्त स्थान भई बहने सेउती खोला, खेसलिया खोलालगायत स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *