अमेरिकामा एक वर्षमा ४९ हजार बढीले गरे आत्महत्या

काठमाडाैं, साउन २७
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले यसअघिका वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ ।

तथ्यांकअनुसार सन् २०२२ मा आत्महत्या गरेर ४९ हजार ४४९ जनाको ज्यान गुमाएका छन् । प्रत्येक एक लाख मानिसमा लगभग १५ जनाको मृत्यु आत्महत्याबाट हुने गरेको सीएनएनले डाटालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

विगत दुई वर्षमा यहाँ आत्महत्या गर्नेको सङ्ख्यामा १० प्रतिशतले वृद्धि भएको पाइएको छ । तथ्याङ्कले अप्राकृतिक मृत्युमध्ये सन् २०२१ मा आत्महत्या ११औँ प्रमुख कारणमा रहेको र २०२२ को अस्थायी तथ्याङ्कले पनि त्यसैलाई पुष्टि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *