नक्कली शरणार्थी प्रकरण : अबेर राति सकियो बालकृष्ण खाँणको बयान

काठमाडाैं जेठ ३,

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान मंगलवार अबेर राति सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मंगलवार बिहान साढे ११ बजेदेखि शुरू भएको बयान राति साढे ९ बजे सकिएको एक सरकारी वकिलले जानकारी दिए ।

सोमवार नै खाँणको बयान शुरू गरिए पनि उनले सञ्चो नभएको बताएपछि मंगलवार बयान गरिएको हो ।

अर्का आरोपी पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान भने सोमवार राति नै सकिएको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने षड्यन्त्र भएको प्रकरणमा प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले अनुसन्धान जारी राखेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *