प्रदेश १ मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

काठमाडौं, पुष २४-
प्रदेश १ मा नेकपा (एमाले)संसदीय दलका नेता हिक्मत कुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले चारवटा पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन्।

कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेका ४०, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ सहित ६० जना सांसदले समर्थन गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका थिए । प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ । सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीलाई ६० जना सांसदको समर्थन छ ।

प्रदेशसभामा कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ जना सांसदको प्रतिनिधित्व छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *