यस्तो छ तपाईको आजको राशिफल

आज २०७९ साल पुस २३ गते शनिबार, तदनुसार सन् २०२३ जनवरी ७ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको राशिफल यस्तो रहेको छ ।

मेष – आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।

वृष – आज शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राज्यबाट मान सम्मान पाइनेछ ।

मिथुन – आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग पनि मिल्नेछ ।

कर्कट – आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

सिंह – आज मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

कन्या – आज अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । कामको गति पनि सुस्त हुनेछ ।

तुला – सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ ।

वृश्चिक – आज पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गाजमिनको कारोबार र वैदेशिक कार्यबाट राम्रो प्रतिफल मिल्नेछ ।

धनु – आज शुभ कार्यको चर्चा चल्नेछ । आफन्तबाट साथ र सहयोग पाइनेछ । भ्रमणको योजनाहरू बन्नेछन् , तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।

मकर – लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

कुम्भ – आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मीन – आज राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्छ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ, तर अधुरो वैदेशिक क्षेत्रको कार्यहरू भने अघि बढ्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *