मैले बोलेका कुरा इमानदारिताका साथ पूरा गर्छु : गृहमन्त्री लामिछाने

काठमाडौँ, २२ पुस –
गृहमन्त्री रवि लामिछानेले आफूले बोलेका कुरा इमानदारिताका साथ पूरा गर्ने बताएका छन्।

आफू नागरिकको सेवा र सहजताका लागि काम गर्न गृहमन्त्रीको जिम्मेवारीमा आएको भन्दै शुक्रबार सामाजिक सञ्जालमा उनले यस्तो लेखेका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नागरिकलाई सुरक्षित महुशुस हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा हुँदैन। म मेरोभन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ। म आफूले बोलेका कुरा इमानदारिताका साथ पूरा गर्नेछु।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *