दुध आयात नरोके नारायणीमा दुध पोखेर आन्दोलन गछौं : कृषक

चितवन, असोज ४-
दुध आयात नरोके नारायणीमा दुध पोखेर आन्दोलन गर्ने कृषकहरुले चेतावनी दिएका छन् ।

सरकारले दुध आयात गर्ने अनुमति दिएको प्रति चितवनका कृषकहरुले आपत्ति जनाउँदै सो चेतावनी दिएका हुन् ।

दुग्ध उत्पादक कृषकहरुको संस्था जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनले आज मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरी बाहिरबाट हुने दुधको आयात रोक्न माग समेत गरेका छन् ।

चितवनमा उत्पादित दुध मध्ये झण्डै ४५ प्रतिशत दुध मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की लगायतका जिल्लामा निर्यात हुने गरेको दुग्ध उत्पादक सहकारी संघ संघका अध्यक्ष रत्नमणी न्यौपानेले बताए ।

संघका जिल्ला सचिव किशोर बगालेले दुध आयात गर्दा कृषक र व्यवसायीलाई असर पर्ने बताउँदै आयात नरोकिए बाध्य भएर दुध नारायणीमा मिसाएर आन्दोलन गर्ने चेतावनी दिए ।

अहिले चितवन जिल्लामा ६८ हजार ६११ वटा दुधालु गाइभैँसी रहेको संघले जनाएको छ । यस्तै, यहाँ दैनिक ३ लाख ५० हजार लिटर दुध उत्पादन हुने गरेको छ ।

पहिले दुध आयातमा प्रतिबन्ध लगाएको सरकारले अहिले १ लाख २० हजार लिटर दुध आयात गर्ने अनुमति दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *