धनगढी, ४ असोज-
धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अस्पताल प्रशासनले उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं लैजाने तयारी गरेको छ ।
अनसनरत केसीले भने आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडान लिएका छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार काठमाडौंबाट जसरी भए पनि डा। केसीलाई पठाउन निर्देशन आइसकेको छ । यही कारण आज उनलाई जबर्जस्ती भए पनि काठमाडौं लगिने उनको भनाइ छ ।
यस्तो छ डा.केसीको स्वास्थ्य अवस्था
डा.केसीको उपचारमा संलग्न डा। शेरबहादुर कमरका अनुसार उनको सुगर लेवल घटेर ४० पुगेको छ ।
यस्तै, प्रेसरको लेभल पनि निकै कम रहेको छ । अर्का डा. सुबेधराज कायस्थले उनको आमाशयबाट पनि रक्तश्राव भइरहेको बताएका छन् ।

Leave a Reply