देशमा अब एउटा मात्र माओवादी बाँकी छ : प्रचण्ड

काठमाडौं, साउन १४-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको जिकिर गरेका छन् ।

आज शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताएका हुन् ।

सुशासन र विकासको उदाहरण पेश गर्न एकपटक पुनः देशको बागडोर माओवादीका हातमा ल्याएर आफ्नो धोको रहेको उनको भनाइ थियो ।

प्रचण्डले स्थानीय तहमा झण्डै १७५ आसपास सिट पाउने सम्भावना चुनावी तालमेलको तिक्तताको कारण पूरा हुन नसकेको समेत बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *