कांग्रेस नेता सिंहको निर्देशन : जनतामाझ पार्टी पपुलर हुनेगरी अभिव्यक्ति दिनुहोस्

काठमाडौं, १४ साउन-
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेताकार्यकर्ता सबैले पार्टी जनतामाझ पपुलर हुने खालका अभिव्यक्ति दिन निर्देशन दिनुभएको छ ।

कांग्रेस कार्यकर्ता भएपछि उसले हरेक गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकाले सबै जना जिम्मेवार बन्नु पर्ने उनले बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ ले शनिवार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता सिंहले यस्तो धारणा राखेका हुन् ।

मुलुकको अर्थतन्त्रमा संकट देखिनुको प्रमुख जिम्मेवार कम्युनिष्ट पार्टीहरु भएको समेत उनले आरोप लगाए । कांग्रेस कार्यकर्तालाई अब सामाजिक सञ्जालदेखि सम्रग गतिविधिमार्फत चुनावी माहोल निर्माण गर्ने उनले निर्देशन दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *