नर्सको बर्थडे मनाउँदा भरतपुर अस्पतालमा बच्चाको मृत्यु भएको भन्दै आफन्त आक्रोशित, कार्यकक्षमै थुनिए डाक्टर–नर्स

चितवन, साउन १२
भरतपुर अस्पतालमा लापरबाहीका कारण शिशुको मृत्यु भएको भन्दै डाक्टर र नर्सलाई बिरामीका आफन्तले कार्यकक्षमै थुनिदिएका छन् ।

भरतपुर महानगरपालिका–१५ का एक बालकको उपचार क्रममा लापरवाहीबाट मृत्यु भएको आरोपमा शिशु वार्डका डाक्टर, नर्स र पारामेडिक्स गरी १२ जनालाई आज बिरामीका आफन्तले कार्यकक्षमै केहीबेर थुनेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेलले कार्यकक्षमा थुनिएका डाक्टर र नर्सलाई मुक्त गरिएको बताए ।

अस्पतालले बच्चाको दूध सर्किएको कारणले मृत्यु भएको जनाएको छ । आफन्तहरुले भने बच्चाको उपचार गर्न छोडेर नर्सको जन्मदिन मनाउन स्वास्थ्यकर्मीहरु गएको आरोप लगाएका छन् । समयमै उपचार नपाउँदा बच्चाको ज्यान गएको बताएका छन् । अस्पतालकै लापबारहीले बच्चाको मृत्यु भएको उनीहरुको भनाइ छ ।

अस्पतालका मेसु पौडेलका अनुसार बच्चाले दूध नखाएको कारण आज बिहान बच्चा लिएर दम्पति अस्पताल आएका थिए । बच्चाको दूध सर्किएको कारणले निधन भएको उनले बताए । अस्पतालका बाल चिकित्सक डा ओमकृष्ण पाठकले शिशुलाई बचाउन सक्दो प्रयास गरे पनि नसिकएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *