चितवन पुगेर प्रचण्डले भने,– कांग्रेसले जिते पनि आफैले जिते जस्तो लाग्छ खै मलाई के भएको हो ?

चितवन, ३ जेठ –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन कसले जित्यो कसले हार्‍यो भन्ने कुरालाई आफूले महत्व नदिएको बताएका छन् ।

भरतपुरमा समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा सम्वन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । स्थानीय तहको निर्वाचन कसले जित्यो कसले हार्‍यो भन्ने कुरा आफ्नो दिमागमा नरहेको भन्दै उनले भने, ‘कांग्रेसले जिते पनि आफैँले जिते जस्तो लाग्छ, माओवादीले जिते पनि आफैँले जिते जस्तो लाग्छ, एमालेले जिते पनि आफैँले जिते जस्तो लाग्छ, खै मलाई के भएको हो यस्तो ? ‘

उनले अहिले देशमा सबैसँग मिलेर जाने प्रवृति र एक्लो वीर बन्ने प्रवृत्तिबीचको लडाईं चलिरहेको बताए ।

आगामी संघ र प्रदेशको निर्वाचनपछि पनि अहिलेको गठबन्धन कायम रहने बताए बताउँदै प्रचण्डले यो गठबन्धन निर्वाचनपछि शान्ति प्रकृयाका बाँकी कामसमेत पूरा गर्ने गरी अगाडि जाने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *