वाग्मतीसहित चारवटा प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं जेठ १२
देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार कोसी, सुदूरपश्चिम, मधेस र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

उनका अनुसार देशभर बदली हुँदा दिउँसो कोसी, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना छ ।

बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा हुने मौसविद् कँडेलले जानकारी दिइन् ।

“काठमाडौंमा पनि आज वर्षाको सम्भावना रहेको छ,” उनले भनिन्, “अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेको छ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *