महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

काठमाडौँ जेठ ११
तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् । उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् ।

सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ ।

तत्कालीन सभामुख महरामाथि लागेको बलात्कार आरोपले नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको थियो। २०७६ असोजमा संसद सचिवालयमा कार्यरत राेशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्।

महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो । घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो भने लगत्तै पक्राउ परेका थिए ।

कानुनी प्रक्रियाअनुसार मुद्दा काठमाडौं जिल्ला अदालतमा पुग्यो। तर, अदालती बयानक्रममा पीडितले आफ्नो प्रारम्भिक आरोप फेरेकी थिइन् भने जसका कारण मुद्दाको प्रवाहलाई निर्णायक मोडमा पुर्‍यायो।

अन्ततः २०७६ फागुनमा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *