विजय लघुवित्त द्वारा बीमा रकम हस्तान्तरण

चितवन चैत १०,
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको पार्वतिपुर शाखाले आफ्नो सदस्य सावित्री दराईलाई बीमा रकम स्वरूप रु ३,५०,००० हस्तान्तरण गरेको छ।

उक्त संस्थामा आबद्ध सदस्य सावित्री दराईले २०८० साल असोज ३० गते संस्थाबाट पशु पालनका लागि रु ७,००,००० ऋण लगानी लिनुभएको थियो। दुर्भाग्यवश, उहाँका श्रीमान् बाबुराम दराईको २०८१ साल असार २८ गते असामयिक निधनपछि, संस्थाले बीमासम्बन्धी व्यवस्थाअनुसार बीमा रकम प्रदान गर्ने निर्णय गरेको हो।

यस विशेष कार्यक्रमबीच संस्थाका अनुगमन अधिकृत श्री शम्भु प्रसाद रेग्मीले बीमा रकम हस्तान्तरणको प्रक्रिया सम्पन्न गर्नुभएको थियो। कार्यक्रममा शाखा प्रमुख श्री अस्मिता क्षेत्रीले बीमाका फाइदाहरू र यसबाट प्राप्त हुने वित्तीय सुरक्षा सम्बन्धी विस्तृत जानकारी प्रदान गर्दै सदस्यहरूलाई योजनाको सदुपयोग र सचेतताका साथ अघि बढ्न आग्रह गरिन्।

विजय लघुवित्त संस्थाले कर्जा लिने सदस्यको मृत्यु अवस्थामा सबै कर्जा रकम बराबर बीमा रकम फिर्ता गर्ने तथा सदस्यका श्रीमान् वा श्रीमतीको मृत्यु अवस्थामा कर्जा रकमको ५० प्रतिशत राहत स्वरूप बीमा रकम हस्तान्तरण गर्ने नीति पनि अपनाएको रहेको जानकारी संस्थाका अनुगमन अधिकृत शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो।

विजय लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरूको आर्थिक सुरक्षा र वित्तीय स्थायित्वलाई प्राथमिकता दिँदै समयमै बीमा रकम भुक्तानी गरिरहने प्रतिबद्धता जनाउँदै आएको छ। आगामी दिनहरूमा पनि संस्थाले आफ्ना ग्राहकहरूलाई थप सुविधा र सुरक्षाका साथ वित्तीय सेवाहरू उपलब्ध गराउने लक्ष्य राखेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *