काठमाडौंमा बसले किच्दा एक व्यक्तिको मृत्यु

काठमाडौं चैत १०
काठमाडौंमा बसले किच्दा एक व्यक्तिको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१६ स्थित सडकमा बा ५ ख ३७०२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएको हो ।

अन्दाजी ६० वर्ष जतिका ती पुरुषको हालसम्म सनाखत हुन सकेको छैन ।

शनिबार दिउँसो बसले किचेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *