घट्यो सुनचाँदीको मूल्य कतिमा भैरहेको छ कारोबार ?

 काठमाडौं, चैत १०
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घटेर कारोबार भएको छ । आइतबार (चैत १० गते) सुन एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महाघंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *