भेटघाट रेस्टुरेन्टमा सुतेको अवस्थामा कामदारको मृत्यु

चितवन फागुन २०
भरतपुर महानगरपालिका वडा नं–२, शहीद चोकस्थित भेटघाट रेस्टुरेन्टमा काम गर्ने एक कामदारको सुतेको अवस्थामा मृत्यु भएको छ ।

गोरखाको आरुघाट गाउँपालिका वडा नं–५ घर भई हाल भेटघाट रेस्टुरेन्टमा काम गर्ने ३३ वर्षीय दीपक थापामगर राति खाना खाइ सुतेको र बिहान साथीहरुले उठाउन खोज्दा मृत्यु भैसकेको अवस्थामा फेला परेका हुन् ।

रेस्टुरेन्टको खाने कोठामा सुतेकै अवस्थामा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *