Blog

  • गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

    गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

    गैँडाकोट, २८ पुस-
    नवलपुरको गैँडकोटस्थित नारायणी नदी किनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवको ५० हजार दर्शकले अवलोकन गरेका छन् । पुस २५ देखि आजसम्म ५० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए ।

    महोत्सव अवलोकनका लागि आउने दर्शकको संख्या उल्लेख्य रहेको भन्दै सापकोटाले सोमबारमात्रै सात हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका बताए । माघ १० गतेसम्म सञ्चलन हुने महोत्सवमा जलपरी, ओपेरा हाउस मुख्य आकर्षणको रुपमा रहेको उनको भनाइ छ । महोत्सवमा कृषि परिसर, व्यापारिक स्टल, अटो, बाल उद्यान तथा रेष्टुरेन्ट रहेका छन् ।

    करिब २५० स्टल रहेको महोत्सवमा दुई लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवको सचिवालय संयोजक तेजनारायण पाण्डेले बताए । पाण्डेकाअनुसार महोत्सवमा करिब २५ करोड रुपैयाँ बराबरको कारोबार हुनेछ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँ मूल्यको टिकट तथा विद्यार्थीका लागि ७० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ ।

    ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उल्लेख गर्दै पाण्डेले शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी हुने विद्यार्थीहरुलाई समेत निःशुल्क प्रवेश दिइने बताए । महोत्सव परिसरलाई सुरक्षित पार्नका लागि आन्तरिक र बाह्य सुरक्षाकर्मी तथा सिसीटिभी क्यामेराबाट निगरानी गरिएको पाण्डेले बताए ।

    यसैबीच, महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज सोमबार चर्चित कलाकारहरु हिमाल सागर, शिव हमाल, श्यामकला भण्डारी तथा दीपक खड्काले प्रस्तुती राखेका छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार उनीहरुले सोमबार दर्शकलाई सांस्कृतिक प्रस्तुती दिएर भरपुर महोत्सव दिएका थिए । त्यस्तै शिव हमाल र श्यामकला भण्डारीले प्रत्यक्ष दोहोरी गायर समेत दर्शकलाई मनोरञ्जन दिएका लम्सालको भनाइ छ ।

    महोत्सवमा स्थानीय कला र संस्कृति प्रवर्द्धन गर्न सोमबार समेत भजन प्रतियोगिता जारी रहेको । विभिन्न भजन समूहले प्रस्तुती राखेका भन्दै लम्सालले भजन प्रतियोगिताम जम्मा १८ टिम सहभागी रहेका जानकारी दिए । भजन प्रतियोगितामा पहिलो हुने टिमलाई महोत्सव समापनका दिन पुरस्कार प्रदान गरिने लम्सालले जानकारी दिए ।

  • विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

    विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

    काठमाडौँ, २८ पुसः
    नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आइतबारदेखि भृकुटीमण्डमा जारी विशेष महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्म लम्बिने भएको छ ।

    कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो ।

    विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका विषयमा निर्णय लिनसक्ने बताइएको छ ।

    बन्दसत्रमा आज सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर छलफल भइरहेको छ ।

  • उज्यालो नेपाल समेटिएपछि यस्तो बन्यो राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूची

    उज्यालो नेपाल समेटिएपछि यस्तो बन्यो राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूची

    काठमाडौं  पुस २८,
    राष्ट्रिय परिवर्तन पार्टीले उज्यालो नेपाल पार्टीलाई समेटेर समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । आयोगमा बुझाएको सूचीमा खस आर्यतर्फ उज्यालो नेपालका अनुपकुमार उपाध्यायको नाम पहिलो नम्बरमा छ ।

    यस्तै, महेन्द्र लावतीको नाम आदिवासी जनजातितर्फ पहिलो नम्बरमा रहेको छ ।

    प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० जना निर्वाचित हुने व्यवस्था छ । जसमा राष्ट्रिय परिवर्तन पार्टीले उज्यालो नेपाल पार्टीसहित ४९ जनाको संशोधित बन्दसूची बुझाएको हो ।

    राष्ट्रिय परिवर्तन पार्टीको उज्यालो नेपाल पार्टीसहित ४९ जनाको ससोधित बन्दसूची :

    १ अनुपकुमार उपाध्याय
    २ सीतादेवी पाण्डेय
    ३ देवकी पौडेल
    ४ दिनेशचन्द्र खनाल
    ५. सूर्यबहादुर खत्री
    ६ भुवनेश्वरी खरेल
    ७ महेन्द्र लावती
    ८ ज्योतिका राई
    ९. अजयकुमार चौधरी
    १० बालिका चौधरी
    ११ चुनावकुमार बल
    १२ लक्ष्मी चुनारा
    १३ राजेश पोर्तेल
    १४ तेजनारायण यादव
    १५ सनिलकुमार साह
    १६ डकेन्द्रसिंह लिम्बू
    १७ तुलासा वाइबा
    १८ माया डोल्मा लामा
    १९ अम्बिकाकुमारी मगर
    २० श्यामबहादुर मगर
    २१ कमल थुलुङ राई
    २२ लाक्पा फुटी शेर्पा
    २३ दिपेश तामाङ
    २४ उतर कुमारी राई
    २५ सुमन श्रेष्ठ
    २६ पिंकी कुमारी
    २७ कविता डाँगी
    २८ सिमा सुनार
    २९ हेमबहादुर खड्का
    ३० जुनु कार्की
    ३१ बिनिता खड्का
    ३२ प्रिती काकी
    ३३ प्रकाश भट्टराई
    ३४ मनिषा कुमारी
    ३५ चादनी शाह
    ३६ आदित्यकुमार सिंह
    ३७ पवित्रा मेहता
    ३८ राजदेव राम
    ३९ साबित्री देवि चौधरी
    ४० अंजुम नाज
    ४१ अनिता भट्टराई
    ४२ नरेश साउद (थापा)
    ४३ शान्ता भट्ट
    ४४ हिरा प्रसाद सेती
    ४५ सरिता यादव
    ४६ नाजरा खातुन
    ४७ संजित यादव
    ४८ मितादेवी कायस्थ
    ४९ हिक्मत बहादुर मल्ल

     

     

  • बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

    बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

    काठमाडौँ, २८ पुसः
    काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने भएका छन् ।

    बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताए ।

    ‘उहाँले राजीनामा दिने निश्चित भएको छ ।

    माघ ५ गते राजीनामा आउँछ’, सचिवालयका ती सदस्यले भने ।

    त्यसपछि उनी निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् ।

    उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्नेगरी छलफलमा छन् ।

  • देउवालाई शेखरले भने, ‘पार्टी फुट्ने भयो, मिलाउनुस्’

    देउवालाई शेखरले भने, ‘पार्टी फुट्ने भयो, मिलाउनुस्’

  • पार्टी फुटको संघारमा छ, त्यो हुन नदिन लागेका छौं : सुनिल शर्मा

    पार्टी फुटको संघारमा छ, त्यो हुन नदिन लागेका छौं : सुनिल शर्मा

    २८ पुस, काठमाडौं –
    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गरेका छन् ।

    सोमबार काठमाडौंमा डा. शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । आइतबारबाट नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ ।

    तर संस्थापन पक्षसहितका शीर्ष नेताहरू महाधिवेशनमा सहभागी छैनन् । यता डा. कोइराला पक्षधर नेताहरूले भने छुट्टै भेला गरेका छन् । उनीहरूले पार्टी फुट्न दिन नहुने भन्दै कोइरालालाई पहल गर्न आग्रह गरेका छन् ।

    ‘पार्टी नफुटोस् भन्ने नै हो । पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । शेखर कोइरालाले आत्मसमर्पण गरे भन्ने ढंगले बाहिर लगिएको छ । पार्टी नफुट्ने लाइनमा सबैलाई आग्रह गर्ने कुरा भएको छ । एउटा समाधान निकालेर पार्टी फुट्न नदिन आग्रह गर्ने कुरा भएको छ,’ शर्माले भने ।
    सञ्चारकर्मीहरूसँगको कुराकानीमा शर्माले पार्टी नफुटोस् भन्ने सबैको चाहना रहेको बताए ।

    शेखर कोइरालाले आत्मसमर्पण गर्नुभयो भन्ने भ्रम फैल्याइएको भन्दै पार्टी फुट्न नदिन दुवै पक्षका नेताहरूसँग आफूले पहल गर्ने कोइरालाले बताएको जानकारी दिए ।

    ‘हामी पार्टी फुट्न दिनु हुँदैन भन्ने लाइनमा छौँ । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेण्डा हाम्रै हो । बीचमा हाइज्याक भएको हो । समयमा अधिवेशन हुनुपर्छ भनेर हाम्रो टिमले भन्दै आएको हो । अधिवेशनको एजेण्डा त हाम्रै हो नि,’ उनले भने ।

  • ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या, इनारमा भेटियो शव

    ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या, इनारमा भेटियो शव

    २८ पुस, काठमाडौं –
    ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ । हत्यापछि बोरामा हालेर इनारमा फालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

    हत्या भएका वृद्ध इलामका गर्जमान थापा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

    उनका अनुसार ती वृद्ध शुक्रबारदेखि हराएको भन्दै प्रहरीमा खबर भएको थियो । खोजी गर्ने क्रममा आज (सोमबार) ललितपुरकै किस्ट अस्पताल नजिकैको इनारमा उनको शव भेटिएको हो ।

    बोरामा राखेर इनारमा फालेको अवस्थामा शव भेटिएको एसएसपी बोगटीले बताए । घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

    इलाम घर भएका उनी ललितपुर महानगरपालिका-१७ प्रसिद्ध टोल बस्दै आएका थिए । बोरामा प्याक गरेको अवस्थामा शव भेटिएकाले हत्या भएको निष्कर्ष निकालेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

  • बीमा बोर्डले भुक्तानी नगरेपछि टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

    बीमा बोर्डले भुक्तानी नगरेपछि टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

    २८ पुस, काठमाडौं –
    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमाको सेवा नै बन्द गर्ने निर्णय गरेको छ ।

    आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

    अस्पतालका अनुसार विगत लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था धरासायी बनेको छ ।

    बीमा बोर्डले अस्पताललाई ४० करोड भुक्तानी दिन बाँकी छ । अस्पतालले मासिक करिब ५ करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै थप समस्या आएको अस्पताल प्रशासनले जनाएको छ ।

    अस्पतालले उपचार दररेटमा बीमा बोर्ड र अस्पतालबीच ठूलो अन्तर रहेको, पटक-पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको जनाएको छ । ‘विगत दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोतबाट दैनिक खर्च धान्दै आएको अस्पतालले अब थप घाटा बीमाको सेवा दिन सक्दैनौ’, सुचनामा भनिएको छ ।

  • चितवन आएका हिउँदे आगन्तुक जलपक्षी गणना सकियो

    चितवन आएका हिउँदे आगन्तुक जलपक्षी गणना सकियो

    चितवन, पुस २८ –
    चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना सकिएको छ । यही पुस २४, २५ र २६ गते (जनवरी ८, ९ र १० तारिख) जिल्लामा जलपक्षी गणना गरिएको हो । नेपालमा हरेक वर्ष जनवरी ३ बाट १८ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ ।

    नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु विडारीका अनुसार चितवनको लोथरदेखि गणना गरिएको हो । नदीहरुमा ताल तलैयामा चरा गणना गरिएको हो । गणनाका लागि ७० चराविज्ञ सहभागी भएका थिए । उनीहरुले अहिले जलपक्षीको प्रजाती छुट्याउने काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अध्ययनको काम चलिरहेको छ, एक दुई दिनमा नतिजा आउँछ ।”

    लोथर खोलाबाट, जिन्दगानीघाट, सौराहा, ढुङ्ग्रे खोला, कसरा पुल हुँदै राप्ती नदीमा चरा गणना गरिएको छ । नरायणी नदी, माडीको रिउ खोला, बाटुलीपोखरी, कुमाल ताल, टिकौली ताल, सत्रहजारी ताल र नहर क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन केन्द्र, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म गणना गरिएको हो ।

    वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष विजय गिरीका अनुसार राप्ती नदीको घडगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमासमेत गणना गरिएको छ । वर्ड एजुकेशन सोसाइटी, नेपाल पक्षीविद् सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा गणना गर्न गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पैदल, डुङ्गाको सहायता र गाडीबाट चरा गणना गरिएको हो ।

    बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकडर लगायतको प्रयोग गरी चराको गणना गरिएको हो । गत वर्ष चितवनमा ५३ प्रजातिका आगन्तुक जलपक्षी भेटिएका थिए । सङ्घका अध्यक्ष विडारीका अनुसार देशभर ९०४ प्रजातिका चरा पाइन्छन् भने चितवनमा ६६२ प्रजातिका चरा पाइन्छन् । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो । यस वर्ष ६०औँ पटक गणना गरिँदै हो ।

    नेपालमा जलपक्षी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरीया,मध्य एशियालगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उहाँले जानकारी दिनुभयो । चिसो छल्नका लागि चरा यहाँ आउने गरेको विडारीले बताउनुभयो । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिएको छ । – रासस

  • पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन : देउवा

    पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन : देउवा

    २८ पुस, काठमाडौं –
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको बताएका छन् ।

    आज बिहान आफूसँग भेट गर्न आएका नेता-कार्यकर्तासँग देउवाले यस्तो बताएका हुन् । ‘पार्टी फोड्ने प्रयास गरेका छन् तर पार्टी फुट्दैन । म विश्वस्त छु’, भेटका क्रममा नेताहरूसँग उनले भने ।

    विशेष महाधिवेशन पक्षले बन्दसत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक निर्णय लिने उनको भनाइ छ ।

    संस्थापन पक्षकै केही नेताहरु आज बिहान देउवालाई भेट्न गएका थिए । उनले यो विशेष महाधिवेशन वैधानिक नभएको बताएका छन् ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सुरु भएको छ । आज बन्दसत्रका कार्यक्रम सुरु हुँदैछन् । यो महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भएको दाबी गरिएको छ ।