Blog

  • मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

    मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

    ३० पुस, काठमाडौं ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये केही मुद्दा फिर्ताका लागि प्रयास गरिदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् ।

    उनीमाथि विभिन्न जिल्ला अदालतमा सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरेको आरोप लागेको थियो । उनले महान्यायाधिवक्ता कार्यालयमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ता लिइदिन आग्रह गरेका हुन् ।

    ‘आफूमाथि राजनीतिक पूर्वाग्रहबाट लगाइएका मुद्दा फिर्ता हुनुपर्ने माग राखी थुनामुक्त नहुँदै पनि उहाँले निवेदन दिनुभएको रहेछ,’ महान्यायाधिवक्ता कार्यालय उच्च स्रोतले भन्यो, ‘अहिले धरौटी र बैंक जमानतमा थुनामुक्त भएर आएपछि पनि फेरि पूरक निवेदन दिनुभएको छ ।’

    महान्यायाधिवक्ता कार्यालयस्रोतका अनुसार, उनले सहकारीको रकम अपचलनको आरोपमा चलाइएको ठगी मुद्दासँग जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपमा राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको चाल भनी जिकिर गरेको स्रोतले बतायो ।

    सहकारी ठगीको आरोपमा मात्रै बढी कैद सजाय मागदाबी गर्न नमिल्ने भएपछि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप जोडेर बढी कैद सजाय माग गरिएको उनको जिकिर छ । ती आरोप जोड्दा १० वर्षभन्दा बढी कैद सजाय मागदाबी गर्न मिल्छ भने १० वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्रमाण भेटिए थुनामा पठाउने धरालत बलियो हुने भन्दै आफूमाथि अधिकतम राजनीतिक पूर्वाग्रह प्रयोग भएको उनको जिकिर हो ।

    ‘तीन/चार दिनअघि उहाँले पूरक निवेदन दिएपछि त्यसको अध्ययन र प्रक्रिया अघि बढेको छ,’ महान्यायाधिवक्ता कार्यालयस्रोतले भन्यो, ‘अहिले सहन्यायाधीवक्ताको तहमै अध्ययन र छलफलमा छ । त्यहाँबाट राय सहित अघि बढेपछि नायव महान्यायाधिवक्ता-सचिवस्तरका सरकारी वकिल)बाट थप राय सहित महान्यायाधिवक्ता समक्ष पेश हुन्छ ।’

    मुलुक फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ११६ मा मुद्दा फिर्तासम्बन्धी व्यवस्था छ । उक्त कानूनमा भएको व्यवस्था अनुसार, केही जघन्य र गम्भिर प्रकृतिका बाहेक अरु मुद्दा फिर्ता लिन पाइन्छ । र, सम्पत्ति शुद्धिकरणको आरोप फिर्ता लिन नपाइने मुद्दाको सूचीमा छ ।

    सरकारले २०७७ सालमा सरकारवादी भई चलाइएका फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिका जारी गरेको थियो । उक्त निर्देशिकामा भएको व्यवस्था अनुसार, संगठीत अपराधको मुद्दा समेत फिर्ता गर्न मिल्दैन । निर्देशिकाले प्रचलित कानुनले निषेध गरेका मुद्दा पनि फिर्ता लिन नमिल्ने भनेको छ ।

    पूर्वगृहमन्त्री रवि लामिछानेमाथि जिल्ला अदालत कास्कीमा सहकारी ठगीका साथै संगठीत अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा चलिरहेको छ । त्यसैगरी रुपन्देही र काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको मुद्दा छ । चितवनको मुद्दामा भने संगठित अपराधको आरोप थपिएको छैन ।

    गोर्खा मिडिया प्रालिमा विभिन्न सहकारीबाट रकम प्रवाह भएको थियो । त्यतिबेला रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए । गोर्खा मिडियाका अध्यक्ष जीवी राई लगायतसँगको मिलेमतोमा सहकारी ठगेको आरोपमा उनीमाथि पाँचवटा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

    पुर्पक्ष थुनामा रहेका लामिछाने केही साताअघि उच्च अदालत बुटबलको धरौटी तथा जमानत सम्बन्धी आदेशबाट कारागारमुक्त भएका थिए ।

  • मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

    मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

    काक्रेविहार(सुर्खेत), पुस ३० –
    वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    मोटरसाइकको ठक्करबाट घाइते वीरेन्द्रनगर–१३ की ७० वर्षीया लक्ष्मी लामिछानेको उपचारका क्रममा प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो ।

    मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–३ का २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका प्रहरीले जनाएको छ । उहाँको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । रासस

  • ललितपुर–३ बाटै उठ्ने तयारीमा डा. तोसिमा कार्की

    ललितपुर–३ बाटै उठ्ने तयारीमा डा. तोसिमा कार्की

    काठमाडौँ, पुस ३०-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्वसांसद डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने उद्घोष गरेकी छन् । सामाजिक सञ्जालमा फैलिरहेका पार्टी छोड्ने भ्रमपूर्ण हल्लाप्रति प्रतिक्रिया दिँदै उनले पार्टी नछोड्ने र ललितपुर ३ बाट चुनाव लड्ने उद्घोष गरेकी हुन् ।

    डा.कार्कीले फेसबुक स्ट्याटसमा लेखेकी छन्, ‘रास्वपालाई वैकल्पिक होइन, मूलधारको मध्यमार्गी नेतृत्व गर्ने बहुमतसहितको बृहत पार्टी बनाउन सुरुवातदेखि नै लागेकी छु। मैले दुःख गरेको, राजनीति शुरु गरेको र सपना देखेको पार्टी हो, मलाई माया लाग्छ।
    ‘कृपया अब फेरि विलखबन्दमा नपर्नुहोला,’ उनले सबैलाई आग्रह गर्दै भनेकी छन्, ‘म डा. तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीमै रहन्छु। यसैलाई फलाउँछु, फुलाउँछु र देश निर्माण गर्ने बहुमतको पार्टी बनाउँछु।’

    उनले ललितपुर क्षेत्र नम्बर ३ बाटै उम्मेदवारीका लागि पार्टीमा दावेदारी पेश गरिसकेको जानकारी गराएकी छिन् । डा.कार्की यसअघि २०७९ को निर्वाचनमा पनि ललितपुर ३ बाटै रास्वपाबाट उम्मेदवार बनेर विजयी भएकी थिइन् ।

  • नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

    नवलपुर (नवलपरासी), पुस ३०

    गण्डकी प्रदेशकै पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जानका लागि नवलपुरबाट सहज रूपमा सडकको व्यवस्था भएको छ । नवलपुरको कालीगण्डकी करिडोर हुँदै तथा गैँडाकोटको पुलचोकबाट सहज रूपमा सवारीसाधनमा देवघाट आवतजावत गर्न सकिनेगरी सडक तयार भएको पालिकले जनाएको छ ।

    गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले गैँडाकोटको पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै पक्की पुल तरेर देवघाट पुगिने बताउनुभयो । त्यस्तै, गैँडाकोटकै कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोर हुँदै ढोडेनी पुगेर हर्दी हुँदै कालीगण्डकी नदीको पक्की पुल तरेर देवघाट पुग्न सकिने तिवारीले जानकारी दिनुभयो । दुवै सडक कलोपत्र गरिएको भन्दै सहज रूपमा देवघाट पुगी स्नान गरेर फर्किन सकिने तिवारीको भनाइ छ ।

    नवलपुर, तनहुँ र चितवनको सङ्गममा पर्ने देवघाटधाम जानका लागि चितवनको मात्र सडकको भर पर्नुपर्ने अवस्थामा सवारीसाधनको जामले यात्रीहरूले सास्ती खेप्दै आएकामा अब त्यो पीडा न्यूनीकरण भएको पालिकाले जनाएको छ । गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले नवलपुर र पश्चिमतर्फबाट आउने यात्रुहरू गैँडाकोटबाटै सिधै देवघाट पुग्ने भएकाले सहज सडक प्रयोग गर्न आग्रह गर्नुभयो । “सहज र छोटो दूरीमा गैँडाकोटबाट सिधै देवघाट पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “अहिले यो सडकमा निजी सवारीसाधन र अटो रिक्सामात्र हिँड्ने गरेका छन् तर माघेसङ्क्रान्तिलाई लक्षित गरी सार्वजनिक सवारीसाधन सञ्चालन गराउने तयारी गरेका छौँ ।”

    यसअघि देवघाट जान नवलपुरको कलीगण्डकी करिडोर हुँदै एवं चितवनको आँपटारी, रामनगर, ठिमुरा र दासढुङ्गाबाट जानुपर्ने बाध्यता थियो । गैँडाकोट–१ र गैँडाकोट–३ लाई जोड्नेगरी पक्की पुल बनेपछि गैँडाकोट पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै सिधै देवघाट पुग्न सकिने वातावरण सृजना भएको नगरप्रमुख अधिकारीले बताउनुभयो । गैँडाकोट पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै करिब पाँच किलोमिटर उत्तरतर्फको यात्रा गरेपछि देवघाट पुग्न सकिने उहाँले बताउनुभयो ।

    देवघाट जाने तीर्थयात्रीका लागि कालीगण्डकी नदीको केलादीघाटमा स्नान गर्ने व्यवस्था गरिएको भन्दै उहाँले यहाँबाट देवघाटको बेणी सङ्गमा जान पक्की पुल तथा डुङ्गा प्रयोग गर्न सकिने बताउनुभयो । सवारीसाधन पार्किङका लागि केलादी बसपार्कलाई प्रयोग गर्न सकिने भन्दै उहाँले देवघाटमा माघ स्नानका लागि नवलपुरतर्फको सडक प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

    देवघाटधामको बेणी सङ्गममा आज बिहान बाँसको लिङ्गो गाडेर मकरस्नान सुरु गर्ने वैदिक परम्परा छ । गोसाईँकुण्डबाट आएकी त्रिशूली र दामोदर कुण्डबाट आएकी कालीगण्डकी नदीको मिलन एवं नारायणी नदीको मुहानका रूपमा रहेको दवघाटधामको बेणी सङ्गममा मकरस्नान सुरु गर्न यहाँका वैदिक आश्रमका बटुक तथा पीठाधीश, विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र भक्तजनको सहभागिता रहने गर्दछ । देवघाटमा माघेसङ्क्रान्ति स्नानका लागि नेपालका विभिन्न जिल्लासहित विदेशी भक्तजन पनि आउने गरेका छन् । रासस

  • नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

    नवलपुर (नवलपरासी), पुस ३०-

  • आजको मौसम पूर्वानुमानः मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल लाग्ने

    आजको मौसम पूर्वानुमानः मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल लाग्ने

    काठमाडौं पुस ३०
    हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सुर कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ ।

    कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    त्यसैगरी, आज राति तराई भागका केही स्थानमा हुस्सु रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

  • विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

    विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

    काठमाडौँ, २९ पुस : 
    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी अझै बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ ।

    विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा उहाँले यो महाधिवेशनले पार्टीलाई विभाजित गरेको भन्ने नहुने र यसले पार्टीलाई झन् पुनर्ताजगी गर्ने बताउनुभयो ।

    “नेपाली कांग्रेसलाई बदल्नुछ, कांग्रेसलाई नवीन बनाउनुछ, त्यसका लागि विशेष महाधिवेशन हो”, उहाँले भन्नुभयो । महामन्त्री शर्माले आफूले सोमबारको बन्दसत्रमा पेस गरेको प्रस्तावमा महाधिवेशन प्रतिनिधि र आमजनताबाट आएका सुझावलाई ग्रहण गरी अगाडि बढ्ने बताउनुभयो ।

    उहाँले महाधिवेशन प्रतिनिधि र आमनागरिकको भावनाअनुसारको पार्टी सङ्गठन बनाउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

  • पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा

    पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा

    काठमाडौँ, २९ पुसः
    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई पद नचाहिएको बताउनुभएको छ ।

    नेपाली कांगेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको विशेष महाधिवेशको बन्दसत्रको दोस्रो दिन आज सम्बोधन गर्दै उहाँले आफूलाई पदका लागि विशेष महाधिवेशन नगरिएको स्पष्ट पार्नुभयो ।

    महामन्त्री थापाले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्न सबैले पाउनुपर्ने भन्दै आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आँफैमा विद्रोह भएको धारणा राख्नुभयो । “यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो”, उहाँले भन्नुभयो ।

    महामन्त्री थापाले पार्टीभित्र गुठ भन्दापनि गिरोह बढ्दै गएको भन्दै पार्टीलाई बदल्न जरूरी रहेको उल्लेख गर्नुभयो । उहाँले बाहिरको हल्लाको पछि नलाग्नसमेत सबैलाई आग्रह गर्नुभयो । “अहिले बाहिर अनेक हल्ला चलाइएको छ, कोही भागबण्डाका लागि भनिएको छ, म हल्लाको पछि लागेको छैन, तपाईहरू पनि नलाग्नुस्”, उहाँले भन्नुभयो,“यो हलको म्याण्डेटलाई हामी सबैले मान्नुपर्छ । बाहिर हुने कुनै सहमतिलाई पनि यो हलले अपनत्व लिएपछि मात्रै अगाडि बढ्छ ।”

  • इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई

    इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई

    चितवन, पुस २९
    इजी खोज बिजनेस ग्रुप नारायणीद्वारा चितवन उद्योग वाणिज्य सङ्घमा नवनिर्वाचित सदस्य श्रीकृष्ण लम्साललाई शुभकामना व्यक्त गरिएको छ ।

    उनी इजी खोज बिजनेस ग्रुप नारायणीको निवर्तमान अध्यक्ष पनि रहेका छन् ।

    इजी खोज बिजनेस ग्रुपले अहिलेको नयाँ प्रविधिलाई आधार बनाएर व्यवसायको विकास र विस्तार गर्ने गर्दछ यस इजी खोज बिजनेस ग्रुपको जन्म चितवनमा भएको हो स्थापना भएको दुई वर्ष भएको छ।

    हाल चितवनमा सगरमाथा, नारायणी र राइनो गरे तीनवटा ग्रुप छन् भने हालसालै यसको शाखा पोखरामा पनि विस्तार भएको छ।

  • एकैदिन १५ हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

    एकैदिन १५ हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

    गैँडाकोट, २९ पुस ।
    नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवको आज मंगलबार १५ हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सवमा आज साँझ दर्शकको अत्यधिक भीड रहेको थियो ।

    पुस २५ देखि सुरु भएको महोत्सवमा अवलोकनकर्ताहरुको आकर्षण बढ्दै गएको सापकोटाले बताए । अर्जुन सापकोटा जिल्लाकै कलाकार एवम् समकालीन सांगीतिक क्षेत्रमा सर्वाधिक रुचाइएका कलाकार भएकाले पनि मंगलबार महोत्सवमा धेरै दर्शकहरु आएका उनले बताए । महोत्सवमा ओपेरा हाउस, जलपरी, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाले बताए ।

    मंगलबार महोत्सवको सांस्कृतिक कार्यक्रममा अर्जुन सापकोटासहित सपना रोक्का र भरत क्षेत्रीसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहेको महोत्सवका सांस्कृतिक संयोजक किशोर लम्सालले जानकारी दिए । लम्सालकाअनुसार आज पनि भजन प्रतियोगिता जारी रहेको छ । स्थानीय कला र संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले भजन प्रतियोगिता सञ्चालन गरिएको लम्सालको भनाइ छ ।

    महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत बुधबार चर्चित गायिका प्रिती आलेसहितका कलाकारहरु आउने लम्सालले बताए । लम्सालका अनुसार बुधबार प्रिती आले, वृन्दा परियार, शंकर क्षेत्री, निलम ढुंगाना, दिपेन थापाको प्रस्तुती रहनेछ । बुधबारको कार्यक्रम सञ्चालन दीपक खड्काले गर्ने लम्सालले बताए ।

    स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको अनुमान रहेको छ ।

    महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । आयोजक जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।