Blog

  • तारेको खानेकुरा छाड्दा स्वास्थ्यमा हुने ६ फाइदा

    तारेको खानेकुरा छाड्दा स्वास्थ्यमा हुने ६ फाइदा

    २० भदौ,चितवन –
    पछिल्लो समय मानिसहरूले आफ्नो स्वादमा सम्झौता गर्न नचाहने प्रवृत्ति बढ्दो छ । बजारमा विभिन्न स्वादिष्ट तारेका खानाहरूका स्टलहरू देख्दा आफूलाई रोक्न गाह्रो पर्छ । घरमा पनि पिरो, मसलेदार वा चटपटे खाने इच्छा हुँदा समोसा, पकौडा, चिप्स, फ्रेन्च फ्राइजजस्ता तारेका भुटेका खानाहरू नै रोजाइमा पर्छन् ।

    यी फ्राइड फूड्स हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेका छन् । तर, यिनको स्वास्थ्यमा पर्ने नकारात्मक असरहरू बारेमा वैज्ञानिक अध्ययनहरूले धेरै प्रमाणहरू दिएका छन् । उदाहरणका लागि, तारेका खानाहरूमा ट्रान्स फ्याट, स्याचुरेटेड फ्याट र उच्च क्यालोरी हुने हुँदा मोटोपन, मुटुरोग र मधुमेह जस्ता समस्या बढाउँछन् ।

    यदि हामीले यी खानाहरूलाई आफ्नो खानपानबाट पूर्णरूपमा हटायौं भने शरीरमा सकारात्मक परिवर्तनहरू आउँछन्, जसले मानसिक र शारीरिक स्वास्थ्य सुधार्छ तथा छालालाई पनि स्वस्थ राख्छ ।

    १. अनावश्यक तौल घट्छ

    तारेका खानाहरूमा चिल्लोको मात्रा अत्यधिक हुन्छ, जसले शरीरमा अनावश्यक क्यालोरी जम्मा गर्छ र तौल बढाउँछ । यी खानाहरू उच्च क्यालोरी र ट्रान्स फ्याटले भरिएका हुन्छन्, जसले मोटोपनको जोखिम बढाउँछ । यदि नियमित रूपमा तारेका खानाहरू छोडियो भने क्यालोरीको सेवन घट्छ । शरीरले सञ्चित चिल्लोलाई ऊर्जाको रूपमा प्रयोग गर्न थाल्छ । यसले गर्दा मोटोपनसँग सम्बन्धित अन्य समस्या जस्तै जोर्नी दुखाइ र थकान पनि कम हुन्छ ।

    २. मुटुरोगको जोखिम कम

    तारेका खानामा ट्रान्स फ्याट र स्याचुरेटेड फ्याट भरपूर हुन्छन्, जसले शरीरमा खराब कोलेस्ट्रोल बढाउँछ र राम्रो कोलेस्ट्रोल घटाउँछ । यसले उच्च रक्तचाप, मोटोपन र मुटुरोगको जोखिम बढाउँछ । यदि फ्राइड फूड्स पूर्णरूपमा हटाइयो भने मुटुको स्वास्थ्यमा सुधार आउँछ, जसले हृदयघात, स्ट्रोक र मुटु फेलियरको खतरा घटाउँछ ।

    ३. अक्सिडेटिभ स्ट्रेसबाट राहत मिल्छ

    तारेका/भुटेका खानाहरूले शरीरमा अस्वस्थ चिल्लो र अक्सिडेटिभ कम्पाउन्डहरू जम्मा गर्छन्, जसले कोशिकाहरूलाई क्षति पुर्‍याउँछ र तनाव बढाउँछ । यसले मधुमेह, क्यान्सर र बाथजस्ता रोगहरूको जोखिम बढाउँछ । तारेका खानाहरूले मोटोपन, हृदयरोग, टाइप २ मधुमेह र आन्द्राको समस्या निम्त्याउछ । जब यी खानाहरू छोडिन्छ तब शरीरका क्षति भएका कोषहरूको मर्मत प्रक्रिया राम्रो हुन्छ ।

    ४. पाचन प्रणालीमा सुधार

    तारेका खानाहरू पचाउन गाह्रो हुन्छन्, जसले एसिडिटी, कब्जियत, ग्यास र आन्द्राको समस्या निम्त्याउछ । क्लिभल्याण्ड क्लिनिकका अनुसार, यी खानाहरूले रिफ्लक्स र सुन्निने समस्या बढाउँछ । तारेका खानाहरूले इरिटेबल बोवेल सिन्ड्रोम वा एसिड रिफ्लक्स भएकाहरूलाई असुविधा दिन्छ । जब यस्ता खानाहरूबाट टाढा रहिन्छ तब पाचन प्रणाली राम्रोसँग काम गर्छ, पोषक तत्वहरू राम्रोसँग अवशोषित हुन्छन् र आन्द्राको ब्याक्टेरियाको सन्तुलन सुधारिन्छ । यसले गर्दा समग्र स्वास्थ्यमा फाइदा पुग्छ, जस्तै फास्ट फूड छोड्दा मुड सुधारिन्छ ।

    ५. छाला स्वस्थ र चम्किलो हुने

    धेरै तारेका खानाले छालामा डन्डिफोर, र्‍याश र तेलीय समस्या बढाउँछन् । साथै समयभन्दा पहिले बुढ्यौलीका लक्षणहरू देखाउँछन् । तारेको खाना छोड्दा छालाको प्राकृतिक चमक फर्किन्छ र उमेरका प्रभावहरू ढिलो देखा पर्छन् । यसले गर्दा आत्मविश्वास पनि बढ्छ ।

    ६. मधुमेहको जोखिम कम र लिपिड प्रोफाइलमा सुधार

    तारेका खानाहरूमा असन्तृप्त र ट्रान्स फ्याट धेरै हुन्छ, जसले रक्त लिपिड स्तरलाई नकारात्मक प्रभाव पार्छ र मधुमेहको जोखिम बढाउँछ । तारेका खानाहरूले मुटुरोग, स्ट्रोक र समयभन्दा पहिले मृत्युको जोखिम बढाउँछ । जब यिनको सेवन कम गरिन्छ तब लिपिड प्रोफाइल सुधारिन्छ, रगतमा चिनीको स्तर नियन्त्रणमा रहन्छ र मधुमेहको खतरा घट्छ । तारेका खानाहरूको नियमित सेवनले दीर्घकालीन रोगहरू बढाउँछ, तर छोड्दा मुटुरोग र मधुमेहको जोखिम कम हुन्छ ।

  • लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँः प्रधानमन्त्री ओली

    लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँः प्रधानमन्त्री ओली

    ललितपुर, भदौ २० –
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति दर्ज गरिएको बताउनुभएको छ ।

    यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा आफूले असहमति राखेको स्पष्ट गर्नुभयो ।

    ललितपुरको सनराइज सभा हलमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै अध्यक्ष ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताउनुभयो । प्रधानमन्त्री ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसियिटभ (जिएसआई) मा कुनै समर्थन नगरिएको पनि स्पष्ट गर्नुभयो । रासस

  • ०८४ मा एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन, धाँधली हुन दिँदैनौं : प्रधानमन्त्री

    ०८४ मा एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन, धाँधली हुन दिँदैनौं : प्रधानमन्त्री

    २० भदौ, काठमाडौं ।
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

    शुक्रबारबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले उक्त निर्वाचनमा आफूहरू पनि सरकारमै हुने भन्दै धाँधली हुन नदिने पनि ठोकुवा गरे ।

    ‘०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ । कम्तिीमा एकल बहुमत ल्याउनुपर्छ । यदी हामी जनताका बीचमा सक्रियतापूर्वक गयौं भने, हाम्रा सदस्य र समर्थक परिचालन गरेर गयौं भने बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन । हामी बहुमत ल्याउन सक्छौं,’ ओलीले भने ।

    उनले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुने पनि बताए ।

    ‘हामी सरकारमा छौं । आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन । हामी सरकारमा रहेर नै धाँधली रोक्नेछौं । निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ,’ प्रधानमन्त्री समेत रहेका ओलीले भने ।

    उनले यस्ता परिस्थितिलाई ध्यानमा राखेर अघि बढ्न नेता कार्यकर्तालाई उनले निर्देशन गरे ।

  • जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ,प्रतिकिलो रु ६५ मा बिक्री

    जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ,प्रतिकिलो रु ६५ मा बिक्री

    जुम्ला, भदौ २०-
    यहाँका सात गाउँपालिकासहित एक नगरपालिका गरी आठ स्थानीय तहका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउमा परिपक्वता तथा गुलियोपन भरिएसँगै बगैँचामा स्याउ टिप्न सुरु गरिएको हो । स्याउ व्यापारी घरमै आएर खरिद गर्न थालेका छन् । पाकेका स्याउ बिक्री गर्न थालेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान प्रेमराज पाण्डेले जानकारी दिनुभयो ।

    “बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ”, स्याउ किसान पाण्डेले भन्नुभयो, “घरमै प्रतिकिलो रु ६५ मा बिक्री सुरु गरेका छौँ, गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लैजाने गरेका छन् ।” करिब १०० बढी स्याउका बिरुवा लगाएकामध्ये ५० प्रतिशत स्याउका बिरुवाले फल दिएको छ । गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत कम फलेको स्याउ किसान पाण्डेको भनाइ छ ।

    हिमा गाउँपालिकाका स्थानीय स्याउ व्यापारी प्रकाश रोकायाका अनुसार अहिले स्याउ किसानका बगैँचामा पुगेर स्याउ खरिद गर्न थालिएको छ । पालिकाभित्रका करिब ६०० कार्टुन स्याउ खरिद गरेको बताउनुभयो ।

    जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भएको छ र कति प्रतिशत स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भन्ने तथ्याङ्क सङ्कलन गर्न जुम्ला र कालीकोटको सिमानमा रहेको नाग्म प्रहरी चौकीलाई तथ्याङ्क सङ्कलन गर्ने जिम्मा दिएको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

    गत वर्षभन्दा यसवर्ष स्याउ उत्पादन केही घटेको अनुमान गरिएको छ । सही तथ्याङ्क आउन केही समय लाग्ने भएको छ । यहाँका स्याउ किसानदेखि उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले स्थानीय जातको र गोल्डेन जातको स्याउ मिलाएर व्यापारीले लिने गरेका छन् ।

    विशेषगरी सडक सञ्जालसँग जोडिएका बगैँचाकाका स्याउ सङ्कलन गरेर व्यापारीले तराईका जिल्लामा बिक्री गर्न लगिसकेको कृषि विकास कार्यालयका निमित्त प्रमुख अधिकारीको भनाइ छ ।

    जुम्लामा चार हजार १२० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा दुई हजार ९०० हेक्टर क्षेत्रफलमा करिब यसवर्ष १६ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । स्याउ निर्यातबाट जिल्लामा झण्डै रु ४५ करोड बढी आम्दानी हुन आँकलन छ । जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउखेतीको विस्तार र उत्पादन वृद्धिले पछिल्लो समय जुम्ली किसानको दिनचर्या फेरिन थालेको कृषि विकास कार्यालयका निमित्त प्रमुख अधिकारीको भनाइ छ ।

    स्याउको बजार प्रवर्द्धनका लागि यहाँका कृषि समूह, सहकारीलाई १२ हजार ‘जुम्ला एप्पल’ लेखेको कार्टुन ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी पदमराज कार्कीको भनाइ छ । यहाँका करिब १८ हजार घरधुरी स्याउखेतीमा निर्भर रहेको परियोजनाले जनाएको छ ।

    तरकारीखेतीबाट स्वरोजगार बन्दै जुम्लाका महिला

    पछिल्लो समयमा तरकारीखेतीबाट यहाँका महिला स्वरोजगार बन्दै गएका छन् । यहाँको तिला गाउँपालिका–८ स्थित जुम्लाकोट गाउँका महिला तरकारीखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

    केही वर्ष अगाडि तरकारीखेतीमा कुनै रुचि नराखेका यहाँका महिला अहिले विभिन्न प्रकारका सीपमूलक तालिमदेखि तरकारीखेती लगाउने प्रविधिकको ज्ञान प्राप्त भएपछि यहाँका महिला तरकारीखेतीतर्फ आकर्षित भएको स्थानीयवासी शोभा बस्नेतको भनाइ छ ।

    वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र ९किर्डाक० नेपाल जुम्लाले सञ्चालन गरेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना लागू भएदेखि गाउँका महिलाको आयआर्जनमा सुधार ल्याएको छ ।

    स्थानीयवासी बस्नेतले भन्नुभयो, “गाउँमै जलवायु मैत्री कृषक पाठशाला स्थापना गरी तरकारीखेती गरेर गाउँकै महिला आत्मनिर्भर बनेका छन्, कृषक समूहमार्फत मौसमी तथा बेमौसमी तरकारीखेती गरेर गत आवमा रु एक लाख आम्दानी लिएका थियौँ ।”

    तरकारीखेतीबाट स्वरोजगार बन्नुका साथै आम्दानी लिन सफल भएको उहाँले बताउनुभयो । यसले आर्थिक समस्या टार्न सहयोग मिलेको उहाँ बताउनुहुन्छ । अहिले विशेषगरी उत्पादन गरेको गोलभेँडा पालिकाको रारासेरी बजार, नाग्म र सदरमुकाम खलङ्गा बजारसम्म पुग्ने गरेको छ । अहिले गाउँमै गोलभेँडा प्रतिकिलो रु ४० मा बिक्री हुने गरेको छ । खनजोतलगायतमा प्रयोग हुने हाते ट्र्याक्टर परियोजनाबाट पाएपछि काम गर्न सहज भएको उक्त गाउँका स्थानीय लक्ष्मी रावतको भनाइ छ ।

    जलवायु मैत्री कृषि प्रविधिबाट गड्यौल मल, गर्मी बास, छापो विधि, झोल मल, प्लाष्टिक हाउस, पानी पोखरी, कम्पोष्ट मल र बायोचारको प्रयोग गरेर तरकारीखेतीबारे परियोजनाले यहाँका कृषि समूहलाई तालिमदेखि प्रविधिक सिपमुलक तालिम दिएको किर्डाक जुम्लाका मल्यांकन तथा अनुगमन अधिकृत ललित डाँगीले बताउनुभयो ।

    तरकारीखेतीलाई प्राथमिकता दिएका गाउँका कृषकलाई यातायातको राम्रो सुविधा नहुँदा समस्या भएको छ । उत्पादित तरकारी बजारसम्म ढुवानी गर्न समस्या भएको यहाँका स्थानीय बताउँछन् । रासस

  • एमालेको दोस्रो विधान महाधिवेशन सुरु

    एमालेको दोस्रो विधान महाधिवेशन सुरु

    ललितपुर, भदौ २० –
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन सुरु भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको सनराइज सभा हलमा महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।

    ललितपुरको गोदावरी मूल सडकदेखि सभा हल छिर्ने प्रवेशद्वारसम्म महाधिवेशन प्रतिनिधि, पर्यवेक्षकलगायतलाई स्वयंसेवकहरूले व्यवस्थापन तथा सहजीकरण गरिरहेका छन् । महाधिवेशन हलमा ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्ची व्यवस्थित गरिएको छ । दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ । मञ्चको दायाँ, बाँया टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएका छन् । यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ । दाँयातिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका तस्बिर राखिएका छन् ।

    महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ । रासस

  • विद्याको सदस्यताबारे ओली- केही विषय उठेका छन्, विधान महाधिवेशनसँग सम्बन्धित छैन

    विद्याको सदस्यताबारे ओली- केही विषय उठेका छन्, विधान महाधिवेशनसँग सम्बन्धित छैन

    २० भदौ, काठमाडौं ।
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषयमात्रै उठ्ने बताएका छन् ।

    आजबाट सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयतर्फ इंकित गर्दै विधान महाधिवेशनमा यस्तो विषय नउठ्ने बताएका हुन् ।

    तर, उनले पूर्वराष्ट्रपति भण्डारीको नाम भने लिएनन् ।

    ‘केही विषयहरू उठेका छन् । ती विषयहरू विधान महाधिवेशन विधि र विधानसँग सम्बन्धित छैनन्,’ ओलीले भने ।

    त्यस्ता विषयहरूमा अन्य कमिटीमा छलफल गर्ने ओलीले बताए ।

    ‘ती विषयहरू अन्यत्रै कमिटीगत छलफलका विषयहरू हुन् । अरु कमिटीहरूमा छलफल गर्दै जानेछन्,’ ओलीले भने ।

    विधान महाधिवेशनलाई विषय केन्द्रित भएर अगाडि बढ्ने ओलीले बताए । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा पार्टीका दुई उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मत राखेका छन् ।

    त्यस्तै, स्थायी कमिटी सदस्य कर्ण थापाले पनि फरक मत दर्ता गराएका छन् ।

    ज्ञवाली र पाण्डेको फरक मतले विधान महाधिवेशनमा प्रवेश नपाउने बताइएको छ भने थापाको मतबारे पनि छलफल हुने एमालेले बताएको छ ।

  • संसद्को लाइभ बन्द हुने, वैकल्पिक उपाय खोज्दै सभामुख

    संसद्को लाइभ बन्द हुने, वैकल्पिक उपाय खोज्दै सभामुख

    २० भदौ, काठमाडौं ।
    सरकारले दर्ता नभएमा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेसँगै संसद्को लाइभ बन्द हुने भएको छ ।

    सभामुखको सचिवालयका अनुसार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै सभामुख देवराज घिमिरेले संसद्‍को लाइभ प्रसारण र भिडियो आर्काइभ सुरक्षाबारे चासो रोखका छन् ।

    ‘संसद्‍ सचिवालयलाई प्रसारण व्यवस्थापन र सूचना प्रवाहका वैकल्पिक माध्यमको व्यवस्थापनका लागि निर्देशन दिइसक्नुभएको छ’ सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिए ।

    संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रशारण हुँदै आएको छ । सरकारले बिहीबार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।

    प्रतिनिधिसभाको बैठक २५ भदौ र राष्ट्रिय सभाको बैठक २३ भदौमा बस्दैछ ।

    संसद् बैठकमा सांसदहरूले बोलेका भिडियो समेत युट्युबमा अपलोड हुने गरेको छ ।

  • नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्स् राष्ट्रपति पौडेल

    नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्स् राष्ट्रपति पौडेल

    काठमाडौँ, भदौ २० –
    राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

    नेपाल कला परिषद्द्वारा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गत चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्ने बताउनुभयो ।

    राष्ट्रपति पौडेलले भन्नुभयो, “लोकतान्त्रिक शासन प्रणालीमा नै सबै क्षेत्र, वर्ग र पेसाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । त्यसैले, प्राप्त अवसरको उपयोगगरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्छ ।”

    उहाँले देशका विभिन्न क्षेत्रका प्राचीन र ऐतिहासिक धरोहर, कला, सांस्कृतिक सम्पदा एवं गतिविधिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न बर्सेनि लाखौँ पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणका लागि सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्ने बताउनुभयो ।

    राष्ट्रपति पौडेलले नेपाली कला, संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी, विदेशी पर्यटक र व्यवसायीको ध्यान आकर्षित गर्न स्वदेश तथा विदेशमा व्यापक प्रचारप्रसार गर्नसके पर्यटकको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने धारणा राख्नुभयो । उहाँले नेपालका कलाकृति तथा सांस्कृतिक सम्पदाको ख्याति विश्वभरि नै रहेको उल्लेख गर्दै नेपाली सभ्यताको परिसूचकका रूपमा रहेका कला र संस्कृतिले विश्वमा विशिष्ट स्थान ओगट्न सफल हुनु गौरवको विषय भएको बताउनुभयो ।

    नेपाली भाषा, कला, संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव भएको राष्ट्रपति पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, “सदियौँ पुराना कला, संस्कृति तथा सम्पदाहरूको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने दायित्व सरकार, निजी संस्थासहित हामी सबैको हो । यस परिवेशमा नेपाल कला परिषद्को पहलमा निजी, सरकारी तथा जनस्तरको सहभागितामा आयोजित यो महोत्सव उद्घाटन गर्न पाउँदा म हर्षित भएको छु ।”

    राष्ट्रपति पौडेलले सबैको सहकार्यले देशको पर्यटन क्षेत्रको दिगो विकासको आधारशिला तयार हुने विश्वास व्यक्त गर्नुभयो । रासस

     

  • भूकम्पको पीडामा भएकालाई वर्षाको कहर

    भूकम्पको पीडामा भएकालाई वर्षाको कहर

    अफगानिस्तान, भदौ २०-
    पूर्वी अफगानिस्तानमा भूकम्प गएको चार रात र दिनपछि खान जमान हनाफीले आफूले जिन्दगीमा पहिलो पटक सबैभन्दा खराब अवस्था सहनु परेको बताए। भूकम्पले घरबासबिहीन बनाएपछि खुला आकाशमा रात बिताइरहेका उन र उनजस्तै हजारौं नागरिकको पीडामा यही समयमा आएको वर्षाले नुनचुक छर्ने काम गरेको छ।

    पेशाले किसान रहेका ३५ वर्षीय हनाफी र सयौं गाउँलेले आफ्नो गाउँलाई ‘सरकार र सहायता समूहले बिर्सेको’ बताए।

    ‘पानी परिरहेको छ र पनि हामीलाई खुला ठाउँमा बस्नुको विकल्प छोडिएको छैन,’ आफ्नो गाउँ शेल्टको भग्नावशेषबाट टाढा परिवारसँग मकैबारीमा सुतेका उनले एएफपीसँग भने।

    तालिवान सत्तामा आउनुभन्दा पहिले पाकिस्तानबाट आउने र जाने लडाकुहरूका लागि तस्करी मार्ग र करिडोरका रूपमा चिनिने यी उपत्यकाका पहाडमा माटोका घर थिए। ती बासस्थान एकाधबाहेक सबै भग्नावशेषमा परिणत भए। नभत्किएका घर पनि भूकम्पका कारण चर्केर बस्न योग्य छैनन्।

    आइतबार राति ६।० म्याग्नीच्यूडको भूकम्प जाँदा ती घर ठूलो मात्रामा ध्वस्त भए।

    वनका लागि प्रसिद्ध कुनार प्रान्त भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको छ। यो भूकम्प देशको इतिहासमा सबैभन्दा घातकमध्येको एक थियो।

    आइतबारको भूकम्पका कारण अहिलेसम्म दुई हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ भने कैयौं अझै सम्पर्कबिहीन छन्।

    ‘भूकम्पबाट बढी प्रभावित शेल्टमा ३५० घर र मामा गोलमा ३०० घर थिए, हामीले ६८ वटा मात्र टेन्ट वितरण गरेको सुन्यौं,’ हनाफीले भने।

    उनले भने, ‘यो ठाउँ बस्न योग्य छैन, तर हामीसँग कुनै विकल्प छैन। हामी गरिब छौं। हामी चाहन्छौं कि सरकार र सहायता समूहले हामीलाई हाम्रो घर पुनर्निर्माण गर्न मदत गरून्।’

    तालिवान अधिकारीले भूकम्पको क्षति व्यापक रहेको भन्दै आफू एक्लैले यसको सामना गर्न नसक्ने कुरा स्वीकार गरिसके।

    संयुक्त राष्ट्रसङ्घ र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय सहायतामा तीव्र गिरावट र छिमेकी देशबाट निष्कासित लाखौं आप्रवासीको फिर्तीको सामना गरिरहेकाले उनीहरूको स्रोतको विस्तार भइनसकेको तालिवान सरकारका अधिकारीले बताए।

    अधिकारीले भूकम्पबाट नजिकका सहरलाई जोड्न र आवतजावतलाई सहज बनाउन पहिलो चरणमा कुनारको भिरालो जमिनमा बुलडोजर पठाई भूकम्पका कारण भासिएका केही साँघुरो, घुमाउरो सडकलाई जोड्ने काम गरिरहे। यसले आवागमनलाई सहज बनाउने र गाउँमा सहयोग पुर्‍याउन सहयोग हुने विश्वास उनीहरूको छ।

    खान सइद देशमाशलाई एक दर्जन घाइते आफन्तसँग हेलिकप्टरबाट उनको गाउँ मिन्जेगालेबाट छिमेकी नान्गाहार प्रान्तको राजधानी जलालाबादको एक अस्पतालमा लगिएको थियो। उनले भने, ‘कच्ची सडकबाट अस्पताल लगिएको भए सायद जीवन रहन्नथ्यो, हवाइ उद्धारका कारण बाँच्न त पाइयो। अब के गरी जीवन जीउनेरु बाँच्ने आधार सबै गुमे।’

    कृषि कर्मलाई आफ्नो पेशा बनाएका ४७ वर्षीय देशमाशले भूकम्पमा परी आफ्ना सबै गाई र भेडासहित परिवारका छ जना सदस्य गुमाए।

    उनले भने, ‘सबै जना आघातमा परे, यो अराजकता हो। हामी अब सीधा सोच्न पनि सक्दैनौं।’

    अब एउटा मात्र कुरा निश्चित छ, देशमाशले भने, ‘अब यी गाउँमा बस्न सम्भव छैन। त्यहाँ अझै पनि पराकम्पन आइरहे, धेरै घर ध्वस्त भए। हामीलाई अन्यत्र स्थानान्तरण गर्न आवश्यक छ।’

    तर ३५ वर्षीय अब्दुल आलम नेजामीले आफू आफ्नो गाउँ मसूदमा बस्न चाहेको बताए।

    संयुक्त राष्ट्रसङ्घका अनुसार करिब ८५ प्रतिशत मानिस दैनिक एक डलरमा बाँचिरहेका देशमा भूकम्पमा ढलेका वा पहिरो र चट्टानले क्षति पुर्‍याएका सबै कुराको मर्मत गर्न उनीहरूले शून्यबाट सुरु गर्नुपर्नेछ।

    ‘अवरुद्ध सडक खुलाउने काम भइरहेको छ, फसल पूर्ण रूपमा नष्ट नहोस् धन्नका लागि सिँचाइ कुलो र जलाशयको पनि पुनर्निर्माण गर्न आवश्यक छ,’ नेजामीले भने।

    अहिलेका लागि उन आफ्नो तात्कालिक जीवनयापनको स्थितिमा केन्द्रित छन्।

    ‘दुई–तीन परिवारका लागि एउटा मात्र पाल छ, ठूलो पानी पर्दा चुहिने हुँदा यो ‘अस्थायी घर’मा पनि पीडा हुने गरेको छ,’ उनले भने। उनले थपे, ‘वर्षा रोकिएको छैन, हिजो रातिदेखि फेरि वर्षा भइरहेको छ।’

    मजार दारामा पनि भग्नावशेषबाट निकालिएको त्रिपालमा ‘प्वाल छन् यसले हामीलाई वर्षाबाट जोगाउँदैन,’ ४८ वर्षीय किसान जहीर खान साफीले भने।

    साफीले भने, ‘हामी पालमा बच्चालाई राख्छौं। उनीहरूलाई पूर्ण ओत पुगेको छैन। तिनीहरूको पनि लुगा भिजे र फेर्नका लागि केही पनि छैन।’ एएफपी

  • गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने

    गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने

    गुल्मी, भदौ २० –
    नेपाल वायु सेवा निगमले गुल्मीमा हवाई उडान तालिका परिवर्तन गरेको छ । निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएकामा अब केही समयका लागि सातामा एकपटक मात्र उडान हुने जनाएको छ ।

    रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले विगतमा चारपटक उडान हुँदै आएकामा अब केही समयका लागि बिहीबार एकदिन मात्र उडान गरिने जानकारी दिनुभयो । निगमका दुई वटा ट्वीनअटर जहाज ‘ग्राउण्डेड’ भएको र हाल एउटा जहाज मात्र सञ्चालनमा रहेकाले नियमित तालिकामा परिवर्तन गर्नुपरेको उहाँले बताउनुभयो ।

    प्रतिकूल मौसमका कारण यहाँ करिब डेढ महिनासम्म उडान नियमित हुन सकेको थिएन । खराब मौसम र बाक्लो हुस्सुका कारण जिल्लामा पटकपटक उडान प्रभावित हुने गरेको छ ।

    निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौँदेखि यहाँ बिहान ६ः३० बजे र यहाँबाट काठमाडौँ बिहान ७ः३० बजे उडानको तालिका निर्धारण गरेको छ । यस्तै, काठमाडौँबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको छ ।

    निगमले विसं २०८० वैशाख २९ गतेदेखि यहाँ व्यावसायिक रूपमा उडान सुरु गरेको थियो । रासस