Blog

  • हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    २४ भदौ, हेटौंडा ।
    मकवानपुरको दुई मुख्य सहरी क्षेत्रमा जेनजीहरू प्रदर्शनमा उत्रिएका छन् ।

    हेटौंडा र जिल्लाको पश्चिकी क्षेत्रस्थित मनहरी बजारमा प्रदर्शन भएको छ । मनहरी बजारस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शनकारीहरूले टायर बालेका छन् । पुर्व–पश्चचिम राजमार्ग अवरुद्ध भएको स्थानीय शिवकुमार रिजालले जानकारी दिए ।

    हेटौंडाको १६ नम्बर वडास्थित हटियामा पनि प्रदर्शन जारी छ । हेटौंडाको मुख्य बजार क्षेत्रमा छुट्टाछुट्टै समूहमा प्रदर्शन भएको छ । प्रहरीले हेटौंडाको सुरक्षमा व्यवस्था कडा बनाएको छ ।

  • मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा पनि ढुंगामुढा

    मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा पनि ढुंगामुढा

    काठमाडौं भदौ २४-
    जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् । उनीहरू अहिले पनि प्रदर्शनमा उत्रिएका छन् ।

    सोमबार भएको प्रदर्शनका क्रममा देशभरबाट १९ जनाले ज्यान गुमाएका थिए । आज पुनः देशभर प्रदर्शन जारी छ । प्रदर्शन थप आक्रामक बन्दै गइरहेको छ ।

  • राजीनामा दिनेबारे छलफलमा कानुनमन्त्री चौरसिया

    राजीनामा दिनेबारे छलफलमा कानुनमन्त्री चौरसिया

    २४ भदौ, काठमाडौं ।
    कानुन न्यायत तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया राजीनामा दिनेबारे आन्तरिक छलफलमा छन् । मन्त्री चौरसिया सिंहदरबारमा आन्तरिक छलफलमा रहेका हुन् ।

    केहीबेरअघिसम्म कृषिमन्त्री रामनाथ अधिकारी पनि छलफलमा थिए । ‘कृषिमन्त्री छलफलबाट बाहिरिनुभयो र राजीनामाको घोषणा गर्नुभयो । कानुनमन्त्री छलफलमा हुनुहुन्छ । नेताहरूसँग पनि कुरा गर्दै हुनुहुन्छ । राजीनामाबारे केही बेरमा निर्णय आउँछ’ सचिवालयका एक सदस्यले भने ।

    कांग्रेसका शेखर कोइरालाले आफू निकट नेताहरूलाई राजीनामा दिन भनेका छन् । त्यसपछि कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरू आन्तरिक छलफलमा जुटेका हुन् ।

  • जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

    जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

    चितवन,भदौ २४

    जेनजीले चितवन बन्दको घोषणा गरेको छ । सार्वजनिक अपिल जारी गर्दै बन्दको आब्हान गरिएको हो । उनिहरुले बिहान ११ बजेदेखि भरतपुरको चौबीसकोठीबाट प्रदर्शन सुरु गर्ने जनाएका छन । चितवनमा जेनजीले आह्वान गरेको प्रर्दशनका क्रममा २३ जना घाइते भएका छन् । सोमबार भरतपुर महानगरपालिका अगाडि भएको झडपमा १५ जना प्रर्दशनकारी र ८ जना प्रहरी गरी २३ जना घाइते भएका हुन् । घाइतेहरुको उपचार चितवन मेडिकल कलेज लगायत भरतपुरका विभिन्न अस्पतालमा भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरुको अवस्था समान्य रहेको छ ।

    झडपका क्रममा प्रहरीले भिडलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर र दर्जनौँ अश्रूग्यास प्रहार गरेको उहाँले बताउनुभयो । चितवनको भरतपुरमा सोमबार दिनभर तनावग्रस्त बनेको थियो । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको अर्यालले बताउनुभयो ।

    महानगरपालिका कार्यालयभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको उहाँले बताउनुभयो । अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू तितरबितर बनेको उहाँले बताउनुभयो । प्रर्दशनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गरेका थिए । प्रदर्शनकारीले साँझ पनि लायन्सचोकमा टायर बालेर प्रर्दशन गरेका थिए । चितवनमा आजपनि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । प्रजिअ अर्यालले आज परिस्थिती हेरेर निर्णय गरिने भन्दै आवश्यक परे कफ्यू समेत लगाइने बताउनुभयो ।

    यसैविच चितवनका सबै संस्थागत विद्यालयहरु आज एक दिनका लागि बन्द हुने भएका छन । जेन–जीको आन्दोलनका कारण असहज स्थिति भएको र विद्यार्थीहरुको मृत्यु भएका कारण शोकमा आज सबै विद्यालय बन्द गरिएको प्याब्सन चितवनले जानकारी दिएको छ । प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले आज विद्यालय बन्द हुने समेत जानकारी दिनुभयो । सोमबारको जेन–जीले चितवनसहित देशका विभिन्न जिल्लामा प्रदर्शन गरेका थिए ।

  • चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

    चितवन, भदौ २३ –
    जीयन्जीले चितवनमा गरेको आन्दोलनमा प्रहरीले चितवन आजकर्मी पत्रकार हिरालाल आचार्य ‘डायमण्ड’ माथि धरपकड गरेको छ ।

    प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएर प्रहरीको गाडीमा हालेको र गाडीमा हालिसकेपछि पनि गाडीभित्रै जथाभावी लाठी प्रहार गरेको भिडियो कैद गरिरहेको आचार्यमाथि प्रहरीले धरपकड गरेको हो ।

    आचार्यलाई प्रहरीले २० मिनेट जति नियन्त्रणमा लिएर, क्यामेरा खोसी क्यामरामा कैद गरिएका सबै भिडियो डिलिट गरिदिएको छ ।

    यस घटनाको चितवन आज मिडिया हाउस प्रालि घोर निन्दा भत्र्सना गर्दछ । साथै दोषी उपरका कानुनी कारबाही गर्न चितवन आज माग गर्दछ ।

    साथै रिर्पाेटिङ्का क्रममा रहेको कालिका एफएमका निर्देश दिपक पौडेलको हातमा ढुंगाले लागेको छ । चितवन आज पौडेलेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

    पत्रकार आचार्य माथि भएको धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ चितवन शाखाले विरोध जनाएको छ । साथै प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले पनि विरोध जनाएको छ ।

    भिडियो :

    हेरौं महासंघको विज्ञप्ति :

    चौतारीको विज्ञप्ति :

  • विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

    चितवन, भदौ २३-
    संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भई संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति चितवनमा संयुक्त विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

    सोमबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई संयुक्त विद्यार्थी संगठनले विभिन्न माग सहित ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण जनाएका हुन् ।

    हेरौं, विज्ञप्ति :

     

  • गृह मन्त्रालयले आन्दोलनमा भएको घटनाको विवरण सङ्कलन गर्दै

    गृह मन्त्रालयले आन्दोलनमा भएको घटनाको विवरण सङ्कलन गर्दै

    काठमाडौँ, २३ भदौः
    गृह मन्त्रालयले काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा आज ‘जेनजी’ पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएका घटनाबारे विवरण सङ्कलन भइरहेको जनाएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विवरण सङ्कलनको काम भइरहेको र हालसम्म प्रहरीबाट १९ जनाको मृत्यु र दुई सय जना हाराहारीमा घाइते भएको जानकारी आएको बताउनुभयो ।

    आन्दोलनले उग्ररुप लिएपछि काठमाडौँ, ललितपुर, रुपन्देही, कास्कीलगायत जिल्लाका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ ।

    प्रदर्शनमा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार हुनुका साथै घटनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो ।

    प्रदर्शनकारीले काठमाडौँलगायत देशका विभिन्न भागमा रहेका सरकारी संरचना र सवारीसाधनमा आगजनीसमेत गरेका छन्भने प्रहरीले काठमाडौँबाट ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ ।

  • गृहमन्त्री लेखकले दिए राजीनामा

    गृहमन्त्री लेखकले दिए राजीनामा

    २३ भदौ, काठमाडौं
    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।

    बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।

    सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

    उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

  • प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

    प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

    काठमाडौँ, २३ भदौः 
    आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ ।

    मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छभने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ ।

    यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको र तीन जनाको मृत्यु भइसकेको जानकारी प्रपात् भएको मन्त्रालयले जनाएको छ । आठ जनालाई अन्यत्र रेफर गरिएको छ ।

    यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छभने उपचाररत दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।

    मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ । काठमाडौँ उपत्यबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ ।

  • ‘जेनजी’ प्रदर्शनीमा भएका घटनाबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग

    ‘जेनजी’ प्रदर्शनीमा भएका घटनाबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग

    काठमाडौँ, २३ भदौः
    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेनजी पुस्ताको नाममा आज भएको प्रदर्शनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

    पार्टी सचिवालयको आकस्मिक बैठकपछि विज्ञप्ति जारी गर्दै रास्वपाले प्रदर्शनीमा घाइते भएकाको निःशुल्क उपचार र घटनाको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो ।

    रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा प्रदर्शनमा प्रहरीद्वारा भएको बल प्रयोगको भर्त्सना गरिएको छ ।