Blog

  • चितवनमा वार्षिक चार हजार १९२ टन मह उत्पादन

    चितवनमा वार्षिक चार हजार १९२ टन मह उत्पादन

    चितवन मङ्सिर ११

    नेपाल मौरीपालक महासङ्घले देशभर व्यवसायिक रूपमा पालिएका मेलिफेरा मौरीको संख्या र मह उत्पादनको तथ्याङ्क सार्वजनिक गरेको छ । महासङ्घका अनुसार हाल दुई हजार १७५ व्यवसायिक कृषकले एक लाख १५ हजार १८३ गोला मौरी पाल्दै छन् र वार्षिक चार हजार १९२ टन मह उत्पादन भइरहेको छ ।

    आज भरतपुरमा पत्रकार सम्मेलन गरी महासङ्घले सो तथ्याङ्क सार्वजनिक गरेको हो । महासङ्घले हालको बहुराष्ट्रिय कम्पनीलाई कोटा स्वरूप मह आयात गर्न दिने निर्णयको विरोध गर्दै आएको छ । महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलका अनुसार कृषि तथा पशुपक्षी मन्त्रालयमा २०८२/०६/२७ गते मन्त्रीको अध्यक्षतामा बसेको बैठकले बहुराष्ट्रिय कम्पनीलाई कोटा स्वरूप मह आयात गर्न दिने निर्णय गरेपछि महासङ्घ अन्तर्गतका कृषक आन्दोलनरत भएका छन् । उहाँले भन्नुभयो, “फूल बिरुवाको अवस्थाअनुसार नेपालको क्षमताअनुसार ३० हजार मेट्रिकटन मह उत्पादन गर्न सकिन्छ । तर हाल मेलिफेरा र सेरेनाको मह जोड्दा मात्र ६ हजार मेट्रिकटन उत्पादन हुन्छ । बजारीकरणमा समस्या देखिएकाले कम्तिमा आधा नेपाली मह नेपाली किसानबाट किन्नु पर्नेछ ।”

    उहाँले सरकारलाई मह र मौरी उत्पादनमा उचित अनुदान र व्यवस्थापनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । लागत बढी भएकाले नेपाली मह महँगो हुँदा, विदेशी मह सस्तो हुनु किसानका लागि चुनौतीपूर्ण रहेको बताउनुभयो । आयातित महको स्रोत र गुणस्तर पनि मापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    सो अवसरमा महासङ्घका महासचिव सालिकराम बानियाले सरकारलाई मह र मौरीको तथ्याङ्क उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “किसानको मह उत्पादन सुरु हुन लागेको अवस्थामा गत वर्षको डाटा प्रस्तुत गरिएको हो । यो वर्ष उत्पादन अझ बढ्ने अनुमान गरेका छौँ ।”

    क्षेत्रगत उत्पादनको विवरणअनुसार, चितवनमा ३१८ कृषकले २६ हजार ७५० गोला मौरीबाट एक हजार ७० टन मह उत्पादन गर्ने छन् भने दाङमा ३५० कृषकले २६ हजार गोला मौरीबाट एक हजार ४० टन मह उत्पादन गर्ने अनुमान छ । मोरङमा ३०० कृषकले ६ हजार ५०० गोला मौरीबाट २२६ टन, झापामा ५०० कृषकले आठ हजार गोला मौरीबाट २८० टन मह उत्पादन गर्ने अनुमान गरिएको छ । अन्य मह उत्पादन हुने जिल्लामा प्युठान, सर्लाही, मकवानपुर, कपिलवस्तुलगायतका क्षेत्र पर्दछन् । देशका ३० भन्दा बढी जिल्लामा व्यवसायिक मौरीपालन हुँदै आएको र १० गोलाभन्दा माथि मौरी पाल्ने कृषक मात्र महासङ्घमा दर्ता भएको छन् । तर १० गोलाभन्दा कम मौरी पाल्ने कृषक धेरै छन् । साथै, रैथाने सेरेना र अन्य मौरीको तथ्याङ्क पनि निकट भविष्यमा सङ्कलन गरी सार्वजनिक गरिने योजना रहेको महासङ्घले जनाएको छ । पत्रकार सम्मेलनमा महासङ्घका वरिष्ठ उपाध्यक्ष पदमप्रसाद अमगाई, पूर्वअध्यक्ष रामप्रसाद पौडेललगायत किसानको सहभागिता रहको थियो । रासस

  • एनपीएल–२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित

    एनपीएल–२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित

    काठमाडौं मङ्सिर ११
    नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले अपराजित यात्रा कायम गरेको छ । सुदूरपश्चिमले आफ्नो चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्‍यो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

    सुदुरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले सर्वाधिक अविजित ६९ रन बनाए । उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर जोश ब्राउन ९, क्रिस लिन १६ र आरिफ शेखले ३९ रनको योगदान दिए । हर्मित सिंह ७ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका रुवेन ट्रम्पल्मेन, अभिषेश गौतम र तिलक भण्डारीले एकएक विकेट लिए ।

    त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरको लुम्बिनी १९ ओभर ४ बलमा १४३ रनमा अलआउट भएको थियो । टपअर्डरमा मध्यम प्रदर्शन गरेको लुम्बिनीका मिडल र लोअर्डरका ब्याटर चल्न नसक्दा १४३ रनमा समेटिन पुग्यो ।

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाइन् । डार्सी सर्ट १८, सुमित महर्जन १८, दीलिप नाथ ३१, गुल्वदिन नाइव ११, सन्दीप जोरा ७, शेर मल्ल ४, थोमस ड्राका ६ र अभिषेश गौतम ६ रनमा आउट भए । तिलक भण्डारी र रुवेन ट्रम्पेल्मेनले कुनै पनि रन जोड्न सकेनन् । बलिङमा सुदूरपश्चिमका पेस बलर हाबी गए । अभिनास बोहराले ३, हेमन्त धामी ३ र स्कट कुगेलेइजन स्पिनर हर्मित सिंहले पनि ३ विकेट लिए ।

    सुदूरपश्चिम एनपीएलमा हालसम्म अपराजित हुने एकमात्रै टोली हो । जसले ४ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा छ । लुम्बिनीले लगातार तेस्रो हार बेहोरेको छ । लुम्बिनीले ४ खेलमा एकमात्र खेलमा जित निकालेको छ ।

  • एनपीएलः लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

    एनपीएलः लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

    काठमाडौं,मंसिर ११

    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। बिहान ११ः४५ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा दिउँसो ४ बजे जनकपुर बोल्टस र पोखरा एभेन्जर्सले पहिलो अंकका लागि संघर्ष गर्नेछन् । दुवै खेल बिहान र साँझ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन्।

    तीन खेल खेल्दा अपराजित रहेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान तीन खेल खेलेको लुम्बिनीले भने दुई अंक मात्र जोडेको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम अपराजित यात्रालाई कायम राख्न चाहन्छ । यता लगातार दुई हारको सामना गरेको रोहितकुमार पौडेल कप्तानीको टिम लुम्बिनी कमब्याक गर्न चाहन्छ ।

    यता तेस्रो खेल खेल्न लागेका जनकपुर र पोखरा भने अंकबिहीन छन् । अनिल शाह नेतृत्वको जनकपुर र कुशल भुर्तेल नेतृत्वको पोखरा दुईदुई खेल खेल्दा अंकबिहीन छन् । आजको प्रतिस्पर्धाबाट दुवै टिम खाता खोल्न चाहन्छन् ।

  • हङकङको अपार्टमेन्ट आगलागीः मृतकको संख्या ४४, ४५ जना घाइते, २७९ बेपत्ता

    हङकङको अपार्टमेन्ट आगलागीः मृतकको संख्या ४४, ४५ जना घाइते, २७९ बेपत्ता

    काठमाडौं, मंसिर ११

    हङकङको ताई पो जिल्लाका विभिन्न अग्ला अपार्टमेन्टहरूमा भएको भीषण आगलागिमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । उक्त घटनामा ४५ गम्भीर घाइते भएका छन् । २७९ जना व्यक्ति अझै सम्पर्कविहीन रहेका समाचारमा उल्लेख छ ।

    वांग फुक कोर्ट भन्ने स्थानका आठवटा भवनमा आगलागी भएको बीबीसीले जनाएको छ । उक्त आगो नियन्त्रणमा लिन ८०० भन्दा बढी अग्निनियन्त्रकहरू खटिएका छन् ।

    बिहानसम्म पनि केही भवनहरूबाट धुवाँ आइरहेको छ । चारवटामा आगो नियन्त्रणमा रहेको बताइएको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा लिन आज दिनभर लाग्न सक्ने समाचारमा उल्लेख छ ।

    सयौंं बासिन्दालाई अस्थायी आश्रय स्थलहरूमा राखिएको छ । बीबीसी

  • कस्तो रहला आज देशभरको मौसम ?

    कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ मङ्सिर ११
    हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

  • कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

    आज मिति वि.सं.२०८२ साल मंसिर ११ गते । बिहीबार । इस्वी सन् २०२५ नोभेम्बर २७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–सप्तमी, ३२ घडी १२ पला, बेलुकी ७ बजेर २८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–धनिष्ठा, ४० घडी १६ पला, बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त शतभिषा । योग–ध्रुव, ७ घडी ४७ पला, बिहान ९ बजेर ४२ मिनेट उप्रान्त व्याघात । करण–गर, बिहान ७ बजेर ३६ मिनेट उप्रान्त वणिज, बेलुकी ७ बजेर २८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मकर, बिहान १० बजेर ३४ मिनेट उप्रान्त कुम्भ ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी १९ पला ।

    आजको राशीफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ । पराक्रमी क्रियाकलापमा सहभागी भई खेल्ने वा हेर्ने अवसर प्राप्त हुनेछ । शेयर बजार तथा व्यापारबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । व्यवसाय फस्टाएर जानेछ भने लगानीका अवसर जुट्नेछ । सरकारी तथा प्रशासनिक काममा तपाईँको गतिलो उपस्थिति रहनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । बिहानको समयमा धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइ विद्यार्थीहरूले राम्रो प्रगति गर्ने समय रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर जुर्नेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिई नतिजा आफैतिर ल्याउन सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरूबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पत्ति तथा बिलासी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तबाट नै धोका पाइने योग रहेको छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्राको तय हुनेछ । व्यापार तथा शेयर बजारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुसी भएको महसुस गर्नेछन् । खेलाडी तथा खेल क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय राम्रो रहेकोले सानो प्रयत्नले उपलब्धिमूलक काम गर्न सकिनेछ । व्यापार, उद्योग तथा वित्तीय बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पारिवारिक माहौलमा फिल्म हेर्न तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । मावली पक्षको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम उच्च स्थानमा आउनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । घरायसी प्रयोजनका लागी भोगविलासका सामानहरूको खरिद गर्ने समय रहेको छ । व्यापार तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ । उपहारका रूपमा बिलासी वस्तु हात लागी हुनेछ । प्रेम सम्बन्ध सुदृढ हुने तथा छुट्टिएका सम्बन्ध पुनः सुचारु हुने योग रहेको छ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । घरजग्गा सम्बन्धी कारोबारमा मन्दी आउनाले आम्दानीमा कमी आउनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) उद्योग, शेयर बजार तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाइ तथा आफन्तहरू खुसी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेको छ । पराक्रमी क्रियाकलाप सहभागी भई नतिजा हात पार्न सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बडी नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । खेलाडी तथा खेल क्षेत्रमा मान गर्ने व्यक्तिहरूका लागी समय राम्रो रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समयमा लामो दुरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरू हुनेछन् । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ । व्यापार वा शेयर बजारमा नयाँ लगानी थप्न सकिनेछ । इमानदार तथा लगनशील भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ । खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईँको प्रस्तुति गहन हुनेछ । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृढ हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरू प्रभावित हुनेछन् । सवारी साधनको प्रयोग गर्दा वा बाटो हिँड्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । तर पनि काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • एनपिएलमा चितवन राइनोजका रञ्जितको नयाँ कीर्तिमान, एकै खेलमा ५ विकेट

    एनपिएलमा चितवन राइनोजका रञ्जितको नयाँ कीर्तिमान, एकै खेलमा ५ विकेट

    काठमाडौँ, १० मङ्सिरः 
    नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा ५ विकेट लिने कीर्तिमान राखेका छन् ।

    रञ्जित जारी सिजनमा ५ विकेट लिने पहिलो खेलाडी समेत बने ।

    आज सम्पन्न विराटनगर किङ्ग्ससँगको खेलमा उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर ५ विकेट हात पारे । १९ वर्षीय देब्रे हाते ‘स्पीनर बलर’ रञ्जितको उत्कृष्ट प्रदर्शनमा अपराजित विराटनगर किङ्ग्सको यात्रामा ब्रेक समेत लाग्यो ।

    उनी ‘प्लेयर अफ द म्याच’ समेच चुनिए । उनको यो ‘डेब्यु’ खेलसमेत हो । लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो ।

    यसअघि जारी सिजनमा कुनै पनि बलरले एकै खेलमा ५ विकेट लिन सकेका छैनन् । वीरगञ्जका रञ्जित मधेस प्रदेशबाट क्रिकेट खेल्ने गर्दछन् । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र विराटनगरका कप्तान सन्दीप लामिछानेले भने ४/४ विकेट लिइसकेका थिए ।

  • निर्वाचनका लागि दलले निवदेन दिने समय चार दिन थपियो

    निर्वाचनका लागि दलले निवदेन दिने समय चार दिन थपियो

    काठमाडौँ, १० मङ्सिर :
    निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले निवेदन दिने समय चार दिन थप्ने निर्णय गरेको छ ।

    यसअघिको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि आजसम्मका लागि सो समय दिइएकामा विभिन्न पक्षको आग्रहमा आयोगको आजको बैठकले चार दिन समय थप्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    मङ्सिर १ गतेदेखि १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि १०६ वटा दलबाट निवेदन प्राप्त भएको जनाइएको छ । आयोगमा दर्ता कायम रहेका ठूलालगायत नयाँ–पुराना अधिकांश दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि निवेदन दिइसकेका छन् । आयोगमा हालसम्म  दर्ता कायम रहेका दलहरुको सङ्ख्या १३७  रहेको आयोगले जनाएको छ ।

    यो निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फमा उम्मेदवारको मनोनयन आगामी माघ ६ गते हुने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा निर्वाचनको मिति आउन अब ९९ दिन बाँकी रहेको छ ।

    यसैगरी आगामी ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन चाहने दलहरुले सो निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने अवधि मङ्सिर १ गतेदेखि ७ गतेसम्म तोकेकामा उक्त अवधिमा १३ वटा दलबाट निर्वाचन प्रयोजनका लागि निवेदन प्राप्त भएकोसमेत आयोगले जनाएको छ ।

  • ग्रीनल्याण्ड स्कुलमा तीन दिन चल्ने खेलकुद सम्मेलन सुरु

    ग्रीनल्याण्ड स्कुलमा तीन दिन चल्ने खेलकुद सम्मेलन सुरु

    भरतपुर, मंसिर १०-
    ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरमा वार्षिक खेलकुद सम्मेलन सुरु भएको छ । स्कुल परिसरमा नै आज (बुधबार) बाट सुरु भएको खेलकुद सम्मेलनको चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गरे ।

    सो क्रममा कार्कीले स्कुलले शैक्षिक कृयाकलापसहित खेलकुदलाई पनि महत्त्व दिएको भन्दै खुशी व्यक्त गरे । स्कुलदेखि नै खेलकुदको ग्रास रुट सुरु उनको भनाइ थियो । सबै स्कुलले यसरी नै खेलकुदलाई प्राथमिकता दिन सके प्रतिभावना खेलाडी उत्पादनमा कोशेढुङ्गा साबित हुने उनको भनाइ थियो ।

    स्कुलकी प्राचार्य इन्दिरा कार्कीले खेलकुद र शैक्षिक कृयाकलापलाई स्कुलले सँगसँगै अघि बढाएको बताईन् । खेलकुदमा लाग्दा पढाई बिग्रिन्छ भन्ने भाश्य परिवर्तन गर्नुपर्ने जरुरी औंल्याउँदै कार्कीले विद्यार्थीहरुलाई आफ्नो रुची अनुसारको खेलमा मेहेनत गरेर अघि बढ्न सुझाव दिईन् ।

    यस्तै सोही कार्यक्रमकाबीच ईन्टर स्कुल फुटसलमा दोस्रो भएको ग्रीनल्याण्डका खेलाडी र प्रशिक्षकहरुलाई सम्मानित गरिएको थियो । आजबाट सुरु भएको खेलकुद सम्मेलन तीन दिनसम्म चल्नेछ । जसमा दर्जन बढी खेलहरु खेलाइने स्कुलले जानकारी दिएको छ ।

  • एनपिएलः विराटनगरको अपराजित यात्रामा ब्रेक, चितवन विजयी

    एनपिएलः विराटनगरको अपराजित यात्रामा ब्रेक, चितवन विजयी

    काठमाडौँ, १० मङ्सिरः 
    नेपाल प्रिमियर लिग (एनपिएल)मा  अपराजित  विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ ।

    लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो । जीतका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमा समेटियो । जसमा मर्चेन्ट डे लाङले सर्वाधिक ३९, प्रतिश जिसीले ३० रन जोडे पनि हार टार्न सकेनन् । चितवनका रञ्जित कुमारले ५, कमलसिंह ऐरीले २ विकेट लिए ।

    यसअघि, त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनायो । जसमा रवी बोपराले अर्धशतक हिर्काउँदै ६५, सैफ अली जैवले ३२ र देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० रनको योगदान गरे ।

    विराटनगरका कप्तान सन्दीप लामिछानेले २, मर्चेन्ट डे लाङले २, शुभम रञ्जनेले १ विकेट लिए ।