Category: गण्डकी प्रदेश

  • लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार गुरुङको निधन

    लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार गुरुङको निधन

    ५ मंसिर, लमजुङ –

    लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नरेन्द्रबहादुर गुरुङको निधन भएको छ ।

    जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका गुरुङको सोमबार दिउँसो निधन भएको आफन्तले बताएको छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरा घर भएका ६८ बर्षीय गुरुङ केही दिनदेखि बिरामी थिए ।

    शुक्रबार वान्ता भएपछि बेंसीशहरस्थित जिल्ला अस्पताल लमजुङ लगिएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि चितवन लगिएको थियो । सोमबार दिउँसो १ बजेतिर उपचारको क्रममा निधन भएको खेमजङ गुरुङले जानकरी दिए । गुरुङको शव सोमबार नै लमजुङ ल्याइँदैछ ।

  • प्रचण्डको क्षेत्रमा मतगणना सुरू

    प्रचण्डको क्षेत्रमा मतगणना सुरू

    ५ मंसिर, गोरखा ,
    गोरखा निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना सुरू भएको छ । सोमबार साँझ सर्वदलीय बैठक बसेर मतगणना सुरू गरिएको निर्वाचन अधिकृत नारद प्रसाद भट्टराइले बताए ।

    गोरखा नगरपालिका वडा नम्वर ९ दलभञ्जाङस्थित भूतथा जलाधार व्यवस्थापन कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना थालिएको हो ।

     

  • गोरखाको रानीवन मतदानस्थलमा शंकास्पद वस्तु फेला

    गोरखाको रानीवन मतदानस्थलमा शंकास्पद वस्तु फेला

    ४ मंसिर, गोरखा ,
    गोरखाको एक मतदान स्थलमा शंकास्पद वस्तु फेला परेको छ । गोरखा नगरपालिका-८ रानीवनस्थित द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

    मतदान स्थलको करिब ६५ मिटर आसपास तार जडान गरिएको कुकर भेटिएको प्रहरीले जनाएको छ ।

  • रामचन्द्र पौडेलले गरे मतदान

    रामचन्द्र पौडेलले गरे मतदान

    ४ मंसिर, तनहुँ –
    नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् ।

    उनले तनहुँको व्यास २ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र खबाट पहिलो मत खसालेका हुन् ।

    रामचन्द्र पौडेले तनहुँ प्रतिनिधि सभा १ को उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।

  • प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

    प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

    काठमाडौं, ४ मंसिर –
    देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

    सोमबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न अनुरोध महाशाखाले गरेको छ । -न्युज कारखाना

  • गोरखा – २ मा १४६ मतदान केन्द्र, मतदाता कति ?

    गोरखा – २ मा १४६ मतदान केन्द्र, मतदाता कति ?

    काठमाडौं, ३ मंसिर –

    गोरखा क्षेत्र नम्बर १४६ मतदान केन्द्र रहेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ । ९३ वटा मतदान स्थल रहेको सो क्षेत्रमा कूल १ लाख ५ हजार २४० मतदाता छन् ।

    जसमध्ये ५२ हजार ९९ पुरुष र ५२ हजार ८४१ जना महिला मतदाता रहेका छन् । यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट १० जना र २ जना स्वतन्त्र उम्मेदवार छन् ।

    महिला र दलित समुदायका उम्मेदवारको संख्या शून्य रहेको आयोगको तथ्यांकमा उल्लेख छ । यस क्षेत्रमा ६६.६७ प्रतिशत खस आर्य समुदायका उम्मेदवार छन् भने ८.३३ प्रतिशत मुस्लिम र २५ प्रतिशत आदिवासी जनजाति उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ हट सिट मानिएको गोरखा २ लाई चासोका साथ हेरिएको छ । न्युज कारखाना

     

  • नक्कली सुन राखेर बैंकबाट २५ लाख ऋण लिए, ब्याज नतिरेपछि छानविन गर्दा पक्राउ परे

    नक्कली सुन राखेर बैंकबाट २५ लाख ऋण लिए, ब्याज नतिरेपछि छानविन गर्दा पक्राउ परे

    पोखरा, २८ कात्तिक –

    अभिषेक सुनारले नक्कली सुन राखेर दुईवटा बैंकबाट कर्जा लिए । एउटा मात्रै होइन, दुई वटा बैंकलाई झुक्याउँदा समेत पत्तो पाएनन् । उनले विरौटाको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार र पृथ्वीचोकको राष्ट्रिय वाणिज्य बैंकबाट ७ लाख ४५ हजार कर्जा लिए ।

    पर्वतको कुश्मा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय सुनारले समयमा कर्जा र ब्याज तिरेनन् । लामो समय कर्जा नतिरेपछि छानविन सुरु भयो । उनले राखेको सुन नक्कली भएको पत्ता लाग्यो । प्रहरीले सराङकोटबाट सुनारलाई पक्राउ गरेको छ ।

    कर्जाको व्याज तिर्न लामो समयसम्म नआएपछि सुनारले बैंकमा धितो राखेको सुन चेकजाँच गर्दा नक्कली भएको खुलेको हो । प्रहरीका अनुसार सुनारले धितो राखेको सुन नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीले चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारेको प्रतिवेदन दिएको थियो ।

    सुनारलाई अपराधिक विश्वास घात तथा अपराधिक लाभ सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । न्युज कारखाना

  • करको दरमा छुट दिने निर्णय बदर गर्न गण्डकी सरकारलाई निर्देशन

    करको दरमा छुट दिने निर्णय बदर गर्न गण्डकी सरकारलाई निर्देशन

    काठमाडौं, २० कात्तिक
    निर्वाचन आयोगले चुनावको मुखमा कर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय बदर गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दर परिवर्तन गरेको देखिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

    आयोगले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय बदरगरी जानकारी गराउन निर्देशन दिएको छ । ‘गण्डकी प्रदेश सरकारले २७ असोजको प्रदेश राजपत्र खण्ड–५, संख्या ५ मा सरकारले विभिन्न करका दरहरूमा छुट दिने गरी सूचना प्रकाशन गरेको देखिएको’ स्पष्टीकरणपत्रमा उल्लेख गरिएको छ ।

    ‘निर्वाचनको सम्मुखमा आचारसंहिता लागू रहेको अवस्थामा यसप्रकारबाट करको दरमा छुट दिने जस्ता नीतिगत निर्णय गरी कार्यान्वयन गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई असर पर्नुको साथै सो कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख)को विपरीतसमेत देखिएको पत्रमा उल्लेख गरिएको छ । गण्डकी प्रदेश सरकारबाट करका दरहरूमा हेरफेर गर्ने गरी भएको निर्णय निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) बमोजिम २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो निर्वाचन आयोगमा उपलब्ध गराउन’ निर्देशन दिइएको छ ।

    करको दरमा हेरफेर गर्ने निर्णय प्रक्रियामा संलग्न गण्डकी प्रदेशका मुख्यमन्त्री, अर्थ मन्त्री, प्रमुख सचिव र अर्थ मन्त्रालयका सचिवलाई समेत छुट्टाछुट्टै स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण पत्रमा ‘निर्वाचन आचारसंहिता २०७९ को दफा ५ को खण्ड (ख) को उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम निजहरूलाई कारबाही किन हुनु नपर्ने हो ? आफ्नो तर्फबाट २४ घण्टाभित्र छुट्टाछुट्टै स्पष्टीकरण पेश गर्न’ निर्देशन दिइएको छ ।

  • बदर मत कम गर्न लमजुङमा नमुना मतदान

    बदर मत कम गर्न लमजुङमा नमुना मतदान

    लमजुङ, १९ कात्तिक –

    लमजुङमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिबार नमुना मतदान गरेको हो ।

    नमुना मतदानमा ३८ जना सहभागी भएका थिए । जसमा ९ मत पूर्ण रूपमा बदर भएको थियो भने २९ मत सदर भएको थियो ।

    बेँसीसहरको वडा नम्बर ८ फूलबारीमा गरिएको नमुना मतदानमा महिला, पुरुष, अशक्त र बृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिन सिकाइएको थियो । मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो ।

    नमुना मतदानका सबै विधि र प्रक्रियाहरू अवलम्बन गर्ने गरिन्छ। यो निर्वाचनमा ८ वटै पालिकामा नमुना मतदान हुँदैछ ।

    स्थानीय चुनाव र अहिलेकाे मतपत्र फरक भएकाे र बदर मत कम गर्ने उदेश्यले नमुना मतदान कार्यक्रम गरिएकाे मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले बताए ।

    जिल्लाका सबै पालिकामा नमुना मतदान आयोजना गरिएकाे जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाले बताए । सापकोटाका अनुसार जिल्लामा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० वटा मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन् । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन् ।

    कार्यक्रममा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी सुशील बैद्य,जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण सापकोटा , सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी र स्थानीयको उपस्थिति थियो ।

  • राप्रपा अध्यक्ष लिङदेन भन्छन् : देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो

    राप्रपा अध्यक्ष लिङदेन भन्छन् : देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो

    गोरखा, १९ कार्तिक –

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताएका छन् । शनिबार गोरखामा आयोजति राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले वाइडबडी, ललिता निवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाएको बताए ।

    अध्यक्ष लिङदेनले विभिन्न पार्टी भनेर देखावटी भनाभन गरे पनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलमा रहने गरेको बताए । राजनीतिक दलहरूको मनोमानीका कारण समाज विभाजित भइरहेको र देशको एकता संकटमा परेको लिङदेनको भनाइ छ ।

    उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै अहिले ठूला भनिएका राजनीतिक दलहरूले जनताको लागि नभइ विदेशीहरूका लागि सरकार बनाउँछु भन्ने भाषण गर्दै हिँडेको समेत बताए ।

    उनले नेपालको संविधान कस्तो हुनुपर्छ भन्नेकुरा विदेशीहरुलाई भन्ने गरेको उल्लेख गरे । उनले नेपालको राजनीतिमा विदेशीको आशीर्वाद, समर्थन बिना मन्त्री, प्रधानमन्त्री हुनसक्ने स्थिति नरहेको पनि दाबी गरे । उनले नेपाली नेताहरूमा विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भएको बताए ।

    अध्यक्ष लिङदेनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आम जनताको आकंक्षा पूरा गर्ने र देश बचाउने मौका भएको दाबी गरे । न्युज कारखाना