Category: वाग्मती प्रदेश

  • बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले

    बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले

    काठमाडाैं, भदौ २
    बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

    पच्चीस वर्षदेखि निरन्तर कानुन व्यवसायीका रुपमा कार्यरत उनले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्व महिला तथा समाजकल्याणमन्त्री लीला कोइरालाको सल्लाहकार भएरसमेत काम गरिसकेका छन् ।

    नेपाल बार एशोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एसोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा रहेर काम गरेका छन् ।

  • बागमतीका ७१ हजार ९ सय पशुलाई खोप, सबैभन्दा बढी चितवनमा लगाइयो खोप

    बागमतीका ७१ हजार ९ सय पशुलाई खोप, सबैभन्दा बढी चितवनमा लगाइयो खोप

    हेटौंडा, भदौ १
    लम्पी स्किनविरुद्धको सप्ताहव्यापी खोप कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा ७१ हजार नौ सय बढी पुशलाई खोप लगाइएको छ ।

    प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत साउन २४ गतेदेखि ३२ गतेसम्म खोप अभियानमा सञ्चालन गरेको थियो ।

    अभियानमा प्रदेशका विभिन्न जिल्लाका ७१ हजार नौ सय ८७ पुशचौपायालाई खोप लगाइएको मन्त्रालयका पशुपक्षी विकास महाशाखाका पशु सेवा अधिकृत डा. सन्तोष अधिकारीले जानकारी दिए ।

    उनका अनुसार सप्ताहव्यापी अभियानका क्रममा सबैभन्दा बढी चितवनमा १० हजार दुई सय १९ र सबैभन्दा कम सिन्धुपाल्चोकमा एक हजार तीन सय दुई पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको हो ।

    चालू आर्थिक वर्षमा ७६ हजार दुई सय ७५ पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाउने लक्ष्य रहेको जनाउँदै डा. अधिकारीले अभियानको शुरूमा नै ७१ हजार नौ सय ८७ मा खोप लगाइएको बताए ।

  • बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

    बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

    बागमती, साउन १५

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

    मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो ।

    उनको विपक्षमा  भने ३५ मत प्राप्त भएको थियो। तीन सांसद तटस्थ बसेका थिए ।

    बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए ।

  • बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

    बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

    मकवानपुर, साउन १५-
    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज विश्वासको मत लिने भएका छन्।

    नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट लामा ८ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए। लामाले आज विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालय हेटौंडामा १३ साउनमा दर्ता गराएका थिए। विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आज अपरान्ह तीन बजेका लागि बोलाइएको छ।

    मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका हुन्।

    मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम संसद्बाट विश्वासको मत लिने तयारी गरेका हुन्।

    साउन १२ मा एक जना बिनाविभागीयमन्त्रीसहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थन रहेको छ।

  • अर्किड कलेज विरुद्ध एपेक्स एकेडेमी ४-१ गोलले विजयी

    अर्किड कलेज विरुद्ध एपेक्स एकेडेमी ४-१ गोलले विजयी

    चितवन साउन १४
    अनेरास्ववियु नारायणी माध्यमिक विद्यालयले आयोजना गरेको प्रथम वैदिक आयुर्वेद नाइन ए साइड (नाइन ए साइड) फुटबल प्रतियोगिताको आज भएको एपेक्स एकेडेमी र अर्किड कलेज बीचको पहिलो नकआउट खेलमा एपेक्स एकेडेमी ४-१ गोलले विजयी भएको छ। साउन १० गते देखि साउन १६ गते सम्म संचालन रहने खेलमा कुल २८ वटा कलेजका टीम रहेका छन्।

    एपेक्स एकेडेमीका लागि विश्वास गुरुङ, निशान्त विक , अशोक महतो र सुजल मिजारले १-१ गोल गरेर कुल ४ गोल गर्न सफल भएको कलेजका विज्ञान संयोजक तुलसीराम न्यौपानेले जानकाी दिए।

    खेलमा प्रथम हुने टिमले एक लाख र दोस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने छन्।

  • बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै

    बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै

    भक्तपुर, साउन ११-
    बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने जानकारी दिनुभएको छ ।

    आफ्नो सम्मान आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उहाँले प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “ सिटामोलसमेत नपाएर ज्यानै जाने अवस्था गाउँगाउँमा अब आउँदैन । माडबारी सेवा समितिसँगको सहकार्यमा उपत्यकाभित्रका अस्पतालमा मृत्यु भएकाको शवलाई निःशुल्क आर्यघाटसम्म पुर्याउने व्यवस्था गर्ने तयारी गरेको छु । ” मन्त्री थापाले आफूले प्रदेशका सबै जिल्लाका सरकारी अस्पतालको अनुगमन गरेर थप सुधारको लागि प्रयास गर्ने बताउनुभयो । रासस

  • बागमतीका मुख्यमन्त्री लामाले गरे पदभार ग्रहण

    बागमतीका मुख्यमन्त्री लामाले गरे पदभार ग्रहण

    काठमाडाैं, साउन ९
    बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पदभार ग्रहण गरेका छन् ।

    मुख्यमन्त्री लामालाई मन्त्रिपरिषद्का प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायत अधिकृत तथा कर्मचारीहरूले स्वागत गरेका हुन् ।

    त्यसैगरी, नवनियुक्त मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयमा आजै पदभार ग्रहण गरेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका प्रमुख सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।

  • बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

    बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

    काठमाडौँ, ८ साउनः

    बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् ।

    मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लामाले आज नै बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन रहेको छ ।

    मुख्यमन्त्री लामाले भोलि बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने पनि बताईको छ ।

    कूल १३ वटा मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसिहत ७ र एमालेले ६ वटा मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।

  • यी हुन् बागमतीमा कांग्रेसको भागमा परेका ७ र एमालेका ६ मन्त्रालय

    यी हुन् बागमतीमा कांग्रेसको भागमा परेका ७ र एमालेका ६ मन्त्रालय

    काठमाडाैं, साउन ८
    बागमती सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच मन्त्रालय बाँडफाँट भएको छ ।

    कांग्रेसले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, सामाजिक विकास, संस्कृति पर्यटन तथा सहकारी, श्रम रोजगार तथा यातायात र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिए ।

    नेकपा एमालेले भौतिक पूर्वाधार, खानेपानी, ऊर्जा तथा सिँचाइ, वन तथा वातावरण, स्वास्थ्य, उद्योग वाणिज्य भूमि तथा प्रशासन र कृषि तथा पशुपक्षी विकास मन्त्रालय लिने सहमति भएको उनले बताए ।

    बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामाले दाबी पेश गरेका छन् ।

  • वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

    वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

    मकवानपुर, ६ साउन
    वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आज प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले आफूले आजै प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने बताए ।

    प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए ।

    प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरे । रासस