बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले

काठमाडाैं, भदौ २
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

पच्चीस वर्षदेखि निरन्तर कानुन व्यवसायीका रुपमा कार्यरत उनले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्व महिला तथा समाजकल्याणमन्त्री लीला कोइरालाको सल्लाहकार भएरसमेत काम गरिसकेका छन् ।

नेपाल बार एशोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एसोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा रहेर काम गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *