Category: वाग्मती प्रदेश

  • ब्याडमिन्टनको छनौट सुरु

    ब्याडमिन्टनको छनौट सुरु

    काठमाडौं, १५ वैशाख

    नेपाल ब्याडमिन्टन संघले १९औं एसियन गेमका लागि बिहीबारबाट खेलाडी छनौट सुरु गरेको छ ।

    ललितपुरको रिभाईभ लिजर पार्कस्थित ब्याडमिन्टन कोर्टमा सुरु गरिएको छनौट खेलमा उच्च १० वरीयतामा रहेका पुरुष तथा महिला खेलाडीहरूका बीच प्रतिस्पर्धा हुने संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।

    तीन दिन सम्म सञ्चालन हुने प्रतिस्पर्धा लिगका आधारमा खेलाइने समेत अध्यक्ष श्रेष्ठले जनाए ।ब्याडमिन्टनको छनौट सुरु
    न्युज कारखाना

     

  • काठमाडौं महानगरको प्रमुख हाम्रो मान्छे नहुँदा पीडा भोगेका छौं : गगन थापा

    काठमाडौं महानगरको प्रमुख हाम्रो मान्छे नहुँदा पीडा भोगेका छौं : गगन थापा

    काठमाडौं, १५ वैशाख

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिको प्रमुख आफ्नो मान्छे नहुँदा निकै पीडा भोगेको बताएका छन् । काठमाडौं जिल्लाबाट निर्वाचित थुप्रै कांग्रेस सांसद्हरूले काठमाडौं महानगरमा नेपाली कांग्रेसको प्रमुख नहुँदा निकै पीडा भोगेको बताए ।

    ‘काठमाडौंमा हामीले धेरै सांसद् भएर पनि काम गर्न सकेनौं । काठमाडौं महानगरपालिकाको मेयर हाम्रो मान्छे भएको भए पाँच वर्षमा धेरै काम गर्न सकिन्थ्यो । तर, नहुँदाको पीडा हामीले भोगेका छौं,’ थापाले भने ।

    काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई अत्यधिक मतले निर्वाचित गराउन अनुरोध गर्दै उनले भने, ‘उहाँले कुनै नौला सपना देखाउनु भएको छैन । दिनहुँ तपाईं हामीले देखेको र भोगेको पीडालाई समाधान गर्ने उहाँको संकल्प छ ।’

    सिर्जना सिंहबाट कुनै चमत्कार नेदख्न अनुरोध गर्दै अघिल्लो पटक सूर्यमा भोट हालेका मतदातालाई समेत यसपटक सिर्जना सिंहलाई मतदान गर्न अपिल गरे ।

    आफू पाँच वर्षमा स–साना काम गर्न नपाएर छट्पटाएको मान्छे भएको भन्दै थापाले भने, ‘हामी महानगरसँग सहकार्य गरेर स–साना काम गर्न आतुर छौं । त्यसका लागि पनि हामीलाई उहाँलाई भोट दिनै पर्छ ।’ न्युज कारखाना

  • बागमती प्रदेशका १० जिल्लामा सवारी दुर्घटना : एक वर्षमा ३६० जनाको मृत्यु

    बागमती प्रदेशका १० जिल्लामा सवारी दुर्घटना : एक वर्षमा ३६० जनाको मृत्यु

    चितवन, २ वैशाख –
    विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।

    कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । यस्तै तीन हजार ३८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई हजार ५२० सामान्य र ८६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्याङ्कले जनाएको छ ।

    गत वर्ष वैशाखमा भएको १३५ दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा २३१ घाइते भएका थिए । जेठमा भएका ८७ दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने १३० घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार असारमा भएका १२३ दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा २१२ घाइते भएका थिए । साउनमा १५० दुर्घटनामा २४ जनाको मृत्यु भयो भने २४२ घाइते भएका छन् । यस्तै भदौमा भएका ११८ दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका थिए । दुई सय ७८ जना घाइते भएका थिए ।

    असोजमा भएका १५८ दुर्घटनामा ३६ जनाले ज्यान गुमाए भने ३७५ जना घाइते भएका थिए । कात्तिकमा भएका १६३ सवारी दुर्घटनामा ४३७ जना घाइते भएका थिए भने ४१ ज्यानले ज्यान गुमाएका छन् । मङ्सिरमा भएका १५५ दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा ३६३ घाइते भएका छन् । पुसमा भएका दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । एक सय १४ दुर्घटनामा २२० जना घाइते भएका थिए । माघमा ३४ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ भने १२२ दुर्घटनामा १७७ जना घाइते भएका छन् ।

    फागुनमा भएका १७५ दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएका छन् भने ३८९ घाइते भएका छन् । चैतमा भएका १४७ दुर्घटनामा ३२ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोही दुर्घटनामा परी ३३५ घाइते भएका छन् ।

    बागमती प्रदेशमा वर्षभरि भएका दुर्घटनामा दुई हजार ४०७ सवारीसाधन परेका छन् । ती दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयका प्रमुख राठौरका अनुसार एक हजार २०१ मोटरसाइकल दुर्घटनामा परेका हुन् । यस्तै जीप, कार र भ्यान ३६३, ट्रक, ट्याङ्कर ३०२, बस १६१, ९७ टिपर, ८४ ट्र्याक्टर, ७३ ट्याम्पो, ६४ शारीरिक शक्तिबाट चल्ने, ३४ माइक्रो र २८ अन्य सवारीसाधन दुर्घटनामा परेको उहाँले बताउनुभयो । (रासस)

  • बागमती प्रदेश प्रमुख यादवचन्द्र द्वारा नयाँ वर्षको शुभकामना

    बागमती प्रदेश प्रमुख यादवचन्द्र द्वारा नयाँ वर्षको शुभकामना

    मकवानपुर, १ वैशाख-
    बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको हो ।

    प्रदेश प्रमुख शर्माले मुलुकको विकासका लागि सबैले साझा सङ्कल्प लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रो देश यस वर्षदेखि ती साधनको समुचित उपयोग गरी समुन्नत राष्ट्र निर्माण गर्न तथा अतिकम विकसित राष्ट्रबाट माथि उठाउन सबैले साझा सङ्कल्प गर्नुपर्छ ।”

    शुभकामना सन्देशमा उहाँले अर्थतन्त्रमा देखिएको सङ्कट समाधानका लागि प्रत्येक प्रदेशको राजधानी वा उपयुक्त स्थानमा ठूला–ठूला उद्योग, आयोजना सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश प्रमुख शर्माले देशलाई आर्थिक, सामाजिक एवं राजनीतिकरूपमा प्रगतिको गोरेटोतर्फ लम्काउनका लागि सबैले अहम् भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभएको छ । (रासस)

  • बागमती प्रदेशले जारी गर्‍याे चार अध्यादेश

    बागमती प्रदेशले जारी गर्‍याे चार अध्यादेश

    राजन कटुवाल
    हेटौंडा, ३० चैत

    बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ ।

    प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश, स्थानीयतहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेको छ ।

    जारी अध्यादेशलाई प्रदेश सभाको आगामी बैठक सुरु भएको ६० दिनभित्रप्रतिस्थापनविधेयक पेश गरी प्रदेश सभा बैठकबाट पारित गर्नुपर्नेछ । चारै अध्यादेश २४ चैतमै प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकण गरेका थिए ।

    प्रदेश प्रमुखको कार्यालयकाअनुसार २२ चैतमा बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेका अध्यादेश प्रदेश प्रमुख शर्माले २४ चैतमा प्रमाणीकरण गरेका हुन् ।

    बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थापना गरेको प्रदेशकै गौरवको योजनाको रुपमा लिइएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पताललाई अलग गर्ने गरी अध्यादेश जारी भएको छ । अहिले उक्त विधेयकको विभिन्न राजनीतिक दल तथा संघ संस्थाले विरोध गरिरहेका छन् ।

    चिकित्सा शिक्षा अध्यापन गराउने गरी हेटौंडा अस्पतालमा अहिले संरचना निर्माणको काम भइरहेको छ । प्रदेश सरकारले प्रतिष्ठानको आफ्नो अलग्गै अस्पताल बनाउने भन्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने गरी कानुन ल्याएको हो ।- न्युज कारखाना

  • वर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना

    वर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना

    बागमती, २४ चैत-
    मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ । उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुँमागार्इंले उद्घाटन गर्नुभयो ।

    कुुखुरामा वर्डफ्लु रोग देखिएपछि त्यसको रोकथामका लागि चेकपोष्ट स्थापना गरिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । सो अवसरमा मन्त्री हुमागार्इंले वर्डफ्लु रोगका कारण कुखुरा व्यवसायी समस्यामा परेको उल्लेख गर्दै उक्त रोग नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको छ भन्नुभयो ।

    कार्यक्रममा निर्देशनालयका निर्देशक मुगलप्रसाद शाह, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेलगायतको उपस्थिति रहेको थियो । (रासस)

  • बागमतीका १० जिल्लामध्ये चितवनमा दुर्घटना बढी

    बागमतीका १० जिल्लामध्ये चितवनमा दुर्घटना बढी

    चितवन, १० फागुन –
    बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ । प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो ।

    कार्यालयको तथ्याङ्कानुसार बागमती प्रदेशका १० जिल्लामा गत सात महिनामा ९८० दुर्घटना भएका छन् । ती दुर्घटनामध्ये चितवनमा मात्रै २९५ दुर्घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिनुभयो । राठोरका अनुसार चितवनपछि दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो स्थानमा छ । धादिङ तेस्रो स्थानमा रहेको उहाँले जानकारी दिनुभयो । मकवानपुरमा १६५ दुर्घटना भएको छ भने धादिङमा १५९ दुर्घटना भएको छ ।

    यस्तै सिन्धुलीमा १५७ वटा दुर्घटना भएको राठोरले जानकारी दिनुभयो । कार्यालयको तथ्याङ्कानुसार काभ्रेमा ७९, नुवाकोटमा ४५, सिन्धुपाल्चोकमा ४०, दोलखामा १८, रामेछापमा १६, रसुवामा छवटा दुर्घटना भएका छन् । प्रदेशमा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै सडकको अवस्थाका कारण भएको कार्यालयले जनाएको छ । बागमती प्रदेशमा रहेका सडक जीर्ण बन्दै जाँदा सडकका कारण बढी दुर्घटना भएका हुन् । सडकका कारण ४८९ वटा दुर्घटना भएको राठोरले बताउनुभयो । उहाँका अनुसार सडकको अवस्था, तीव्रगति, ओभरटेकलगायत कारण दुर्घटना बढी हुने गरेको छ । तीव्रगतिका कारण २३८ वटा दुर्घटना भएको उहाँले बताउनुभयो ।

    चालकको लापरवाहीका कारण ६५ वटा दुर्घटना भएका छन् । यात्रुको गल्तीका कारण ५१, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ४१, यान्त्रिक खराबीका कारण २९ दुर्घटना भएको कार्यालयको तथ्याङ्कले जनाएको छ । कार्यालयका अनुसार प्रदेशमा भएका दुर्घटनामा एक हजार ४१५ सवारी परेका छन् । जसमा सबैभन्दा धेरै मोटरसाइकल छन् । प्रदेशभित्र भएका दुर्घटनामा ७२५ मोटरसाइकल परेको उहाँले बताउनुभयो ।

    यस्तै कार, जीप २४१, ट्रक ट्याङ्कर १६१, बस १०५, टिपर ५३, ट्र्याक्टर ४५, टेम्पो ४०, शारीरिक शक्तिबाट चल्ने ३५ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । यी दुर्घटनामा परी ३७४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८ जना घाइते भएका छन् । घाइतेमध्ये ५३० गम्भीर र एक हजार ५६२ जना सामान्य घाइते भएका हुन् । (रासस)