Category: मनोरञ्जन

  • नेपाल फर्किदै रेखा, नयाँ फिल्म बनाउने तयारी

    नेपाल फर्किदै रेखा, नयाँ फिल्म बनाउने तयारी

    ९ चैत, काठमाडौं ।

    सर्बाधिक हिट चलचित्र उपहार बनाएकी नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छिन । उनले फिल्मको नाम सोचिरहेको बताईन ।

    नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफुबाट कदापि नहुने उल्लेख गरिन ।

    मेरो अझै दर्बिलो उपस्तिथि हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ, रेखाले भनिन् । रेखा थापा वैशाखको १८ गते नेपाल फर्किदैछिन । उनी, नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने वुझिएको छ ।

    फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यसैले, यी सबै कुरालाई ध्यानमा राखेर उनी नयाँ फिल्म बनाउने तयारीमा लागेकी छिन् ।

    फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ । अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन् । फिल्मले राम्रो व्यापार गरेपछि रेखा दंग छिन् ।

  • होलीको मौलिकता हराउँदै,  परम्परागत होलीका गीतहरु बज्नै छाडे

    होलीको मौलिकता हराउँदै, परम्परागत होलीका गीतहरु बज्नै छाडे

    धनुषा, ७ चैत
    “कौन तालपर ढोलक बाजे कौन ताल मृदङग ?
    कौन तालपर गोरिया नाचे कौन तालपर हम ?
    जोगीरा सर र र !!!”

    (कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदङ्ग, कुन तालमा कान्छी नाच्छे कुन ताल म) वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेमभाव भएका होली गीत मासिँदै गएका छन् । होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ ।

    मिथिलाञ्चलमा गाइने यसप्रकारको जोगिराले होली पर्व खेल्नेहरुबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने संस्कृतिविद किशोरी साह बताउँनुहुन्छ । उहाँले भन्नुभयो, “होली पर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन । होली मनभित्र रहेको कुण्ठित विचार समाप्त पार्ने पर्व हो ।”

    क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका ७० वर्षीय बेचन विराजले परम्परागत बाजा मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएको चित्त बुझेको छैन । उहाँ भन्नुहुन्छ, “पहिले गाउँगाउँ, टोलटोल घुमेर फागुपर्वको आगमन भएकोबारे जोगिरा गाएर जानकारी दिने परम्परा थियो तर अहिले गीत गाउनेहरु नै नहुँदा न ढोल र मृदङ्ग बज्छ, न त फागुगीत नै गाइन्छ ।”

    “यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ..न जोगिरा..का स्वर नै सुनिन्छन्न् !”, वर्षौंदेखि जोगिरा गाउँदै आउनुभएका महेन्द्रनगरका ७२ वर्षीय पचकौरी साह भन्नुहुन्छ, “मेरा समूहका धेरै साथीको परलोक पुगिसके, कोही थलिएका छन् । गीत गाउने रहर अझै छ तर साथ दिने कोही छैनन ।”

    वसन्तपञ्चमीसँगै होली (फागु) पर्वको सन्देश छर्ने जोगिरा..(फागु गीत) अब सुनिन छाडेपछि धनुषासहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ ।

    किनका के हाथ कनक पिचकारी,
    किनका के हाथ अबीर झोरी ?
    रामजी के हाथ में कनक पिचकारी,
    सियाजी के हाथ अबीर झोरी‘!!
    जोगिरा..सररर..!!’

    (कसको हातमा सुनजडित पिचकारी (लोला) छ र कसको हातमा अबीरको झोला ? रामजीको हातमा सुनजडित पिचकारी छ र सीताजीको हातमा अबीरको झोला) पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) अब मिथिलाञ्चलमा निकै कम गाइन्छ । होलिया (फागु गीत गाउने गायक)का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोपहुँदै गएपछि फागुपर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलिया बताउँछन् ।

    सामाजिक छुवाछूत, ठूला साना जात र भिन्नभिन्न धर्मसंस्कृति नभनी एकअर्कोलाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अङ्ग जोगिरा लोपहुँदै गएर पछिल्लो समय होलीमा ‘डिजे’ बज्न थालेपछि मैथिली मौलिकता हराउँदै गएकोमा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले चिन्ता व्यक्त गर्नुभयो ।

    ख्यालठट्टा गरिने नाताबीचका नवयौवना मात्र नभइ होलियाबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन । मथिलाञ्चलमा बसन्तपञ्चमीदेखि होली गीत (जोगिरा) सुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भङ्गाहा नगरपालिका–९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबीर खेलेपछि होली पर्व सुरु हुने यहाँको परम्परा छ ।

    जनकपुरधाम–१२ का सतीशलाल कर्ण भन्नुहुन्छ, “होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पिरती तथा उन्मुक्ति थियो तर अब उच्छृङ्खल गीत आएकाले होलीमा माधुर्य र प्रेमभाव मिसिएको गीत विरलै सुन्न पाइन्छ ।

    “दोहोरी गीत झैँ गाइने जोगिरा र होलीका गीतका कारण तराई–मधेसका हरेक गाउँको वातावरणमा एक किसिमको रौनक छाएको हुन्थ्यो तर ती गीत भने अहिले लोप हुने अवस्थामा पुगेका छन् । ग्रामीण क्षेत्रमा कुनै–कुनै गाउँ घरमा मात्र यस्तो जोगिरा सुन्न पाइन्छ”, धनुषाका पूर्वजिल्ला समन्वय समितिका सभापति ७५ वर्षीय रामदेव यादव बनरैतले भन्नुभयो ।

    उहाँका अनुसार होलीको पौराणिकता अब हराउन थालेको छ । अहिले होली गीत गाउन छाडिएको छ । होलीको तर्क, दर्शन, मौलिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा सङकीर्णता छाएको उहाँको भनाइ छ । अहिलेको होली भोगवादी र सहरमुखी भएकाले यसको पौराणिकतासंँग जोडिएको गीत पनि मासिँदै गएको उहाँले बुझाइ छ ।

    पहिलेका बूढापाका रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रुपमा जोगिरा गाउने गरेको सखुवाबजारका सत्यनाराण साहले स्मरण गर्नुभयो । अधिकांश युवा कामका लागि विदेशी मुलुक गएकाले होली गीत गाउनेहरु पनि नभएको धनुषाधाम नगरपालिकाका पर्वताका ६५ वर्षीय जयकिशोर कर्णको तर्क छ ।

    उहाँले भन्नुभयो, “अहिलेको होली प्रेम र सद्भावको नभएर वैमनस्यतापूर्णतामा पुगेको छ । भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखापरेकाले होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ ।”

    परम्परागत होली गीतमा पाइने धार्मिक तथा सद्भाव भेट्न मुस्किल छ । अहिलेको होलीमा आधुनिक र पप गीतले स्थान लिएको मिथिला नगरपालिकाका रामखेलावन महतोको अनुभव छ । मिथिलाको सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्ध रुपमा ग्रामीण होलीको महत्व हुने भएकाले त्यस्ता गीत संरक्षण गर्नु आवश्यकता भइसकेको संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडीको विचार छ ।

    यद्यपि केही वर्षदेखि जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद् (मिनाप)ले गाउँ गाउँबाट होलियालाई झिकाएर जोगिरा प्रतियोगिता गराउँदै परम्परागत जोगाउने प्रयासमा छ ।

    पौराणिक कथानुसार सत्ययुगमा राजा हिरण्यकश्यपु आफूलाई देवताभन्दा ठूलो ठान्थे । तर उनका छोरा प्रह्लाद भने भगवान् विष्णुका परमभक्त थिए । हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णुभक्तिबाट अलग गराउन होलिकासँंगै आगोमा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन । सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फाल्गुण शुक्लपूर्णिमाको रात होलिकाको दहन गर्ने चलन छ । -राष्ट्रिय समाचार समिति (रासस)

  • हुम गैरेको निर्देशनमा रहेको ‘ सहारा ’ गित सार्वजनिक (भिडियोसहित)

    हुम गैरेको निर्देशनमा रहेको ‘ सहारा ’ गित सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ, चैत ६

    श्रीप्रसाद थापाको शब्द तथा लय रहेको ‘ सहारा ’ बोलको गीत सार्वजनिक भएको छ ।

    उक्त्त गीतमा गायक रामचन्द्र चन्दको स्वर रहेको छ । प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजक रामचन्द्र चन्द कै रहेको छ ।

    गीतको भिडियोमा यशु भट्टराई र खिम खरेल (विष्णु) को अभिनय रहेको छ । पहिलोपटक अभिनय गर्दाको अनुभव सोचेअनुरुप भएको खरेलले बताए । उक्त्त गीतमा हेमनाथ खरालको परिकल्पना तथा बसन्त महर्जनको छायाकंन रहेको छ ।

    उक्त गीतको भिडियो हुम गैरेको निर्देशन तथा सम्पादन गीतको तारिफ गर्न लायक भएको परिकल्पनाकार हेमनाथ खरालले बताए । उक्त गीतमा मिक्स र मास्टरिङ श्याम स्वेत रसाइलीले गरेका हुन् । गीतको रेकर्डिष्टमा कमल थापा र गोविन्द अनेक रहेका छन् । उक्त गीतको भिडियो रामचन्द्र चन्द नामक युटुब च्यालनमार्फत सार्वजनिक गरिएको छ ।

  • पुर्खाले भोगेका घटना चित्रण भएको चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु

    पुर्खाले भोगेका घटना चित्रण भएको चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु

    खोटाङ, २९ फागुन
    ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु गरिएको छ ।

    खोटाङकै भूमिमा जन्मिएर ब्रिटिस आर्मी (बेलायती सेना)को विमान चालक क्याप्टेन रितेश चाम्सको मुख्य भूमिकामा निर्माण गरिएको चलचित्र ‘गोर्खा वारियर’ यही फागुन २८ गतेदेखि चैत १ गतेसम्म दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा विशेष च्यारिटी शोको व्यवस्था गरिएको हो ।

    दिक्तेलमा प्रदर्शन गरिएको चलचित्र गोर्खा वारियरको च्यारिटी शोको पहिलो दिन हल भरिएको आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिनुभयो । चार दिनसम्म सञ्चालन हुने विशेष च्यारिटी शोअन्तर्गत हरेक दिन बिहान ११, अपराह्न २ र बेलुका ५ बजे गरी तीन शो राखिएको आयोजकले जनाएको छ ।

    खोटाङकै निर्माता र खोटाङकै नायकले तयार पार्नुभएको चलचित्र गोर्खा वारियरको विशेष च्यारिटी शोअन्तर्गत पहिलो दिनको शोमा जिल्लास्थित उच्चपदस्थ व्यक्त सहभागी थिए । संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, जिल्लास्थित स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिलगायतले अवलोकन गरेका छन् ।

    चलचित्र गोर्खा वारियरले पुर्खाहरुले भोगेका वास्तविक घटनालाई चित्रण गरेको पाइएको संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य राईले बताउनुभयो । चलचित्र गोर्खा वारियर पुर्खाका इतिहास बुझ्न भावी पुस्ताका लागि सजिलो भएको दर्शकले प्रतिक्रिया दिएका छन् ।

    चलचित्र गोर्खा वारियर पुर्खाहरुको वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर निर्माण गरिएको नायक क्याप्टेन रितेशले बताउनुभयो । “चलचित्र गोर्खा वारियरमा ७० वर्षअघिको इतिहासलाई देखाउन खोजिएको छ, युद्धमा गोर्खाली सेनाले भोगेका वास्तविक कथावस्तुमा आधारित भएर चलचित्र निर्माण गरिएको हो”, उहाँले भन्नुभयो, “चलचित्रमा गोर्खाली सेनामा आबद्ध रहेकाहरुको जीवनको भोगाइ र पीडालाई समावेश गरिएको छ, चलचित्रमार्फत मौलिकपना देखाउन खोजिएको छ ।”

    चलचित्र गोर्खा वारियरका लागि सोलुखुम्बुका पहाडी क्षेत्र, सर्वोच्च शिखर सगरमाथा, सिन्धुलीको दरबार क्षेत्रका साथै मलेसियामा छायाङ्कन गरिएको छ । चलचित्र निर्देशक मिलन चाम्सले निर्देशन गर्नुभएको चलचित्र गोर्खा वारियर नेपालीले हेर्नैपर्ने चलचित्र बनेको निर्माता सुमन राईले दाबी गर्नुभयो ।

    चलचित्रमा नायक क्याप्टेन रितेशसँगै नायिका रेविका गरुङ, विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्रीलगायत कलाकारको अभिनय छ । चलचित्र गोर्खा वारियर ब्रिटिस एकेडेमी फिल्म एन्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा छनोट भएको चलचित्र हो ।

    गोर्खालीको इतिहास, बहादुरी, हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र गोर्खा वारियर निर्माण गरिएको निर्देशक मिलनले बताउनुभयो । “विगतमा नेपालीहरुले गोर्खा लाहुरे हुनुपर्ने बाध्यतालाई चलचित्रको विषयवस्तु बनाइएको छ, चलचित्र गोर्खा वारियरमा अभिनय, कला र मार्सलआर्टसमेत समेटिएको छ”, उहाँले भन्नुभयो, “चलचित्र गोर्खा वारियर नेपाली चलचित्र इतिहासमै सबैभन्दा बढी लगानीमा तयार भएको चलचित्र हो, चलचित्र गोर्खा वारियरमा लगानी गरेअनुसार दर्शकको मन जित्न पनि उत्तिकै सफल भएको छ ।”

    लन्डनको आइम्याक्स सिनेमा घरमा प्रिमियर शो गरिएको चलचित्र गोर्खा वारियर फागुन ११ गतेदेखि देशभर प्रदर्शन भइरहेको जनाइएको छ । चलचित्र गोर्खा वारियर हङकङ, अमेरिका, दक्षिण कोरियालगायत ठाउँमा विशेष प्रिमियर शो गर्ने तयारी गरिएको निर्माता राईले जानकारी दिनुभयो ।-राष्ट्रिय समाचार समिति (रासस)

  • आजदेखि तीन नेपाली चलचित्र प्रदर्शनमा

    आजदेखि तीन नेपाली चलचित्र प्रदर्शनमा

    काठमाडौँ, २५ फागुन
    आजदेखि तीन नेपाली चलचित्र ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ को सार्वजनिक प्रदर्शन गरिएको छ । महाशिवरात्रिलाई लक्षित गर्दै प्रदर्शनमा आएका तीनै चलचित्रको विधा भने फरक छ । सोही कारण पनि दर्शकले रोजाइअनुसारको चलचित्र हेर्न पाउने विश्वास निर्माण पक्षको छ ।

    रेखा थापाले निर्माणसँगै अभिनय गर्नुभएको चलचित्र ‘उपहार’ मा काठमाडौँमा जीविकोपार्जनका लागि तीन महिलाले गर्ने सङ्घर्षको कथा देखाइएको छ । अभिनेत्री थापाले चिया बेचेर पनि स्वदेशमै आम्दानी गर्न सकिने सफलतालाई मुनाको पात्रमार्फत व्यक्त गरिएको बताउनुभयो ।

    “चलचित्रका महिला पात्रले स्वरोजगारसँगै मेहनत र सङ्घर्षले प्राप्त हुने सफलतालाई दर्शाएका छन् । यसले विदेश मात्र विकल्प नभई स्वदेशमै गर्न सकिने व्यवसाय प्रति युवालाई आकर्षित गर्छ”, अभिनेत्री थापाले भन्नुभयो, “मैले महिलाको सक्षमतालाई पर्दामा ल्याएको छु । यो काठमाडौँमा आएर सपना देख्ने तीन महिलाको कथा हो ।”

    ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रमा पुजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजङ्ग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन र विनोद पौडेलले अभिनय गर्नुभएको छ । चलचित्रमा विष्णु घिमिरे छायाङ्कन, मित्र गुरुङले सम्पादन, सुलक्षण भारतीले कथा लेखन, अभिमन्यू निरवी र माधव शर्माले पटकथा तथा संवाद लेख्नुभएको छ ।

    आजैदेखि प्रदर्शन गरिएको चलचित्र ‘रङ्गेली’ मा बोर्डर छेउमा हुने आपराधिक घटनाक्रमलाई देखाइएको छ । अर्जुन सुवेदीले लेखनसँगै निर्देशन गर्नुभएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले अभिनय गर्नुभएको छ ।

    चलचित्रले समाजमा बढिरहेको विकृतिलाई मुख्य विषयवस्तु बनाएको निर्देशक सुवेदीले बताउनुभयो । “हामीले आपराधिक समूहको घटनाक्रम र त्यसले समाजमा परिरहेको प्रभावलाई चलचित्रको शैलीमा प्रस्तुत गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले मनोरञ्जनसँगै त्यसतर्फ आकर्षित भइरहेका युवालाई सचेत गर्छ । चलचित्रमा रङ्गेली र आसपासका मनोरम दृश्यलाई समेटेका छौँ ।”

    अभिनेता राईले यसमा एक आपराधिक समूहको नेतृत्वकर्ताको भूमिका निर्वाह गर्नुभएको छ । उहाँले धेरै समयपश्चात् यस किसिमको भूमिका निर्वाह गरेको बताउनुभयो । “पैसा र शक्तिले एक सामान्य व्यक्तिको जीवनमा पार्ने प्रभाव र त्यसले निम्त्याउने घटनाक्रमले क्षणिक लाभ र दीर्घकालीन असरलाई मेरो पात्रले देखाउने प्रयास गरेको छ”, अभिनेता राईले भन्नुभयो ।

    प्रदर्शन गरिएको चलचित्र ‘काँडेतार’ राष्ट्रियता र राजनीतिका विषयमा आधारित छ । नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको कथावस्तुमा चलचित्र निर्माण गरिएको निर्देशक तथा कलाकार नवल खड्काले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “राष्ट्रवादी, चेतनामूलक एवं ऐतिहासिक विषयवस्तुमा चलचित्र निर्माण गरेका छौँ । यो राष्ट्रवादी धाराको एक सशक्त चलचित्र हो । नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने सन्देश चलचित्रले दिन्छ ।”

    चलचित्रमा अभिनेता खड्कासँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदारलगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रलाई स्वयं निर्देशक खड्का र शिवम अधिकारीले लेख्नुभएको हो । -राष्ट्रिय समाचार समिति (रासस)

  • रत्यौली लोप हुँदै : बागलुङका आमा समूह जुटे रत्यौली संरक्षणमा

    रत्यौली लोप हुँदै : बागलुङका आमा समूह जुटे रत्यौली संरक्षणमा

    बागलुङ, २२ फागुन
    ‘हे……खुसी हुँदै जाउ है बाबु दुलही लिएर आए
    बाबा आमा दिदीबहिनी कहिल्यै नरुवाए
    आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…।
    हे…बिहे गरे छोरा विदेश सहरमा बुहारी
    घरमा भने बाउ आमा र बाँझो खेतबारी
    आफ्नै देश केही गरी खानु वृद्धाश्रम बा–आमा नलानु
    आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…।

    बागलुङ नगरपालिका–८ सिगाना सायकोटको सृजनशील आमा समूहले तयार पारेको रत्यौली गीतको टुक्का हो यो । विवाह संस्कारमा गाइने गीतमध्यको रत्यौली अहिले लोप हुने अवस्थामा आएपछि यहाँका आमा समूह मिलेर संरक्षणमा जुटेका छन् ।

    वैवाहिक सम्बन्धको विषय वरपर रहेर गाइने गीतलाई रातमा रमाइलो गरेर गाइने भएकाले यसलाई रत्यौली नामकरण गरिएको आमा समूहका अध्यक्ष डिलकुमारी कार्कीले बताउनुभयो । लोकगीतका विभिन्न भेदमध्यको संस्कार गीतमा पर्ने रत्यौली बिस्तारै लोप हुने खतरामा बढ््दै गएपछि यहाँका ‘रत्यौली समूह’ निर्माण गरेर मेला तथा पर्वमा रत्यौली गाउन र नाच्न थालिएको उहाँले बताउनुभयो ।

    मौलिक गीतका रुपमा रहेको रत्यौली पछिल्लो समय आधुनिकतासँगै लोप हुन थालेकाले आमा समूह बनाएर संरक्षणमा जुटेको यहाँका आमाहरुले बताएका छन् । वैवाहिक तथा परिवारको सम्बन्धको, विगत र भविष्यको सेरोफेरोमा घुमेका यस्तै गम्भीर र थुप्रै ठट्यौली अनि रमाइला खालका गीत गाउँदै रत्यौली संरक्षणमा जुटेको समूहका अध्यक्ष कार्कीले बताउनुभयो । पछिल्लो समय पार्टी प्यालेसबाट तथा भागी विवाह गर्ने चलन बढेकाले रत्यौली परम्परा पुस्तान्तरण हुन नसक्दा लोप हुनथालेपछि विवाह समारोहसँगै मेला पर्वमा रत्यौली प्रदर्शन गर्न थालिएको उहाँको भनाइ छ ।

    “रत्यौलीका लागि लाहुरे, लुठो, मादले, खैजाडु, श्रीमान्श्रीमतीको जोडीसहितको समूह तयार पारेका छौँ । सचेतनामूलक सन्देश दिनेगरी सामाजिक र सांस्कृतिक कार्यक्रममा रत्यौली प्रदर्शन गर्दै आएका छौँ”, कार्कीले भन्नुभयो, “विद्यालयको वार्षिकोत्सव, क्लबको मेलालगायत कार्यक्रममा यस्ता गीत गाउँदा मनोरञ्जनका साथै सन्देश पनि दिन सकिन्छ र संस्कृति संरक्षण पनि हुन्छ भनेर अभियान नै थालेका छौँ ।”

    उहाँका अनुसार बालमैत्री अभियान, दाइजो प्रथा, बालविवाहविरुद्ध, महिला शिक्षालगायत विषयमा रत्यौली गीतका शब्द सङ्कलन गरेर गाइँदै आइएको छ । रत्यौलीका लागि आवश्यक सामग्री मादल, खैजाडी, नवविवाहितको जोडी, पण्डितको भेषसम्मका कपडा समूहले व्यवस्था गरेको उहाँले बताउनुभयो ।

    “उहिल्यै–उहिल्यै रतौली गीतमार्फत आमा, दिदीबहिनीहरू दुलाहा–दुलही र घरपरिवारलाई आशिष् दिन्थे । पारिवारिक अवस्थाको चित्रण गर्दै बह पोख्थे अनि खुलेरै रमाइलो गर्थे । पहिला प्रायः विवाह राति हुने भएकाले यसलाई रत्यौली भनिएको हो । अहिले विवाह दिनमा हुन थाल्यो र यो परम्परा पनि लोप हुँदै गयो”, समूहका सदस्य गङ्गा खड्काले भन्नुभयो ।

    समूहबाट सन्देशमूलक गीतका शब्द सङ्कलन गरेर मेला, पर्व, विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा रत्यौली गाउन थालेको भन्दै यसले यो परम्परा संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । समूहमार्फत रत्यौलीको परम्परालाई संस्थागत गर्न लागिएको उहाँको भनाइ छ ।

    हे…. सुन्नुहोला माइतीले हाम्लाई लोभ छैन,
    असल संस्कार छोरी दिनुहोस् दाइजो पर्दैन,
    आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…।
    हे….कर्म गरौँ आफ्नै भर परौँ
    दाइजो पर्था हटाउने काम गरौँ,
    आमाको पियारो छोरो ………….।

    रमाइलो हुने भएकाले यसको नाम रत्यौली भएको भन्दै समूहका सदस्य खड्काले अब रमाइलोसँगै सन्देशमूलक रत्यौली गाउँदै संरक्षणमा जुटेको बताउनुभयो । बिहे घरमा अचेल पहिलाजस्तो रमाइलो रत्यौली हुन छोडेपछि आमा समूह यसको संरक्षणमा जुटेको उहाँको भनाइ छ ।

    उहिल्यै रत्यौलीमा सुनिने रमाइला, ठट्यौली र मानवीय जीवनका दैनिकी समेटिएका यथार्थपरक गीतहरु आजकल सुनिन छोडेका छन् ।

    “छोराको बिहेमा दुलाहा अन्माएर लगेपछि बिहेघरको आँगनमा भेला भएर महिलाले मादल र झ््याली बजाउँदै मुजुराको तालमा गीत गाउँदै नाच्थे । पछिल्लो समय यो परम्परा तडकभडकमा मात्रै सीमित हुन थालेपछि चिन्तित भएर यसको संरक्षणमा लागेका हौँ”, समूहका गङ्गा गौतमले भन्नुभयो । विगतमा जस्तो मौलिक स्वाद र शैलीका रत्यौली अहिले नरहे पनि परम्परालाई जीवित राख्न विवाहबाहेक अन्य सभासमारोहमा सन्देशमूलक रत्यौली देखाउन थालिएको उहाँले बताउनुभयो ।

    “विवाहमा पहिला दिनरात रत्यौली हुन्थ्यो अहिले खासै गाउँदैनन्”, गौतमले भन्नुभयो, “सभा तथा समारोहमा विवाहको मण्डपसहित दुलाहादुलहीसहितको समूह बनाएर रत्यौलीको छोटो प्रस्तुति दिन थालेका छौँ ।”

    पहिला रात ढल्दै क्षितिजमा प्रभातकालीन रश्मी देखिन थालेपछि विभिन्न देवीदेवता पुकार्दै दुलाहाका आमाबाबु, परिवारजन र आफन्तलाई आशिष् दिने र दान सङ्कलन गर्ने परम्परा रहेकामा अहिले त्यो हराउँदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

    “बिहानीपख रत्यौली सकेर महिला आ–आफ्नो घरतर्फ जाने र बेलुकी दुलही भित्र्याउने बेलामा फेरि तिनै महिलाहरू भेला भएर दुलहीको स्वागत गर्ने, आशीर्वाद दिने र रत्यौलीको समापन गर्ने चलन थियोे”, गौतमले भन्नुभयो, “हिजोआज एकदिने विवाह हुन्छ । रातिमा रत्यौली खेल्ने चलन लोप नै भइसकेको छ ।” दिउँसोमा नाचगान गर्ने गरे पनि मौलिक गीत गाउनुभन्दा आधुनिक गीत बजाउने प्रचलन बढेको उहाँको भनाइ छ ।

    समूहले सन्देशमूलक रत्यौलीका गीत गाउन थालेपछि यसको रमाइलो नै फरक हुन थालेको भन्दै स्थानीय महिलाको सहभागिता बढ्दै गएको आमा समूहका सदस्य बताउँछन् । -राष्ट्रिय समाचार समिति (रासस)

  • नाजिर हुसेनको बढ्दो व्यस्तता, ‘केटी हराएको सूचना’मा सृष्टीसँग जोडी बाँध्दै

    नाजिर हुसेनको बढ्दो व्यस्तता, ‘केटी हराएको सूचना’मा सृष्टीसँग जोडी बाँध्दै

    काठमाडौं, फागुन २१-

    अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् । नाजिरले अब नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् । सोमबार लिएर स्कृपट पूजा गर्दे नयाँ फिल्म ‘केटी हराएको सूचना’ घोषणा गरिएको हो ।

    यस फिल्ममा नाजिरसँगै अभिनेत्री सृष्टी श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । उनीहरूले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् ।

    ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको छ । गौचनले यस अघि चर्चित टेलीसिरियल ‘उजेली’ निर्देशन गरेका थिए ।

    ‘केटी हराएको सूचना’मा नकिम उद्दिमको लगानी रहेको छ । अम्बर महर्जन छायाँकार रहेको फिल्मको बिहीबार देखि काठमाडौँ र जनकपुरमा गरिने निर्माण पक्षले जनकारी दिएको छ ।

    अभिनेता नाजिरको यति बेला हलहरूमा फिल्म अगस्त्य च्याप्टर १ प्रदर्शनरत छ । यो फिल्मबाट उनको तारिफ भइरहेको छ ।

    दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । जसबाट नाजिर निकै उत्साहित देखिन्छन् ।

  • चलचित्र ‘महाजात्रा’को टिजर सार्वजनिक

    चलचित्र ‘महाजात्रा’को टिजर सार्वजनिक

    काठमाडौँ ।  आगामी चैत्र ९ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘महाजात्रा’ टिजर सार्वजनिक भएको छ ।

    सार्वजनिक टिजरमा फिल्म का मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँले पैसा प्राप्तीको लागि गरेको संघर्षलाई देखाएको छ । टिजरमा अभिनेता हरिवंश आचार्यलाई नेताको रुपमा देखाउदै पैसाको लागि आफ्नो पावरको समेत दुरुपयोग गरेको पाईएको छ ।

    सफल निर्देशक प्रदिप भट्टराईको लेखन निर्देशन रहेको फिल्मको सार्वजनिक टिजरले दर्शकमा उत्सुक्ता थपिदिएको छ । जात्रा र जात्रै जात्रा सुपरहिट भएपछी जन्मिएको “महाजात्रा”ले पनि बक्स अफिसमा दर्शकमा अपार माया पाउने देखिएको छ ।

    रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । फिल्ममा वर्षा राउत, राजाराम पौडेल, अर्जुन जंग शाही, शिशिर वाङ्देल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कोइराला, अर्विन खड्का लगायतका कलाकारको अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्म मित्र डी गुरुङको सम्पादन छ ।

  • ‘अगस्त्य च्याप्टर-१’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ

    ‘अगस्त्य च्याप्टर-१’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ

    काठमाडाैं । आगामी फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ । फस्टलुक र टिजर सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले ट्रेलर रिलिज भएपछि हाइप झनै उच्च भएको छ । फस्टलुक, टिजर हुँदै ट्रेलरबाट मिलेको सर्वत्र तारिफ र सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ ।

    यस फिल्मकालागि कलाकार सौगात मल्ल र नाजिर हुसेनले गरेको मिहिनेतको सर्वत्र प्रशंसा भइरहेको छ । यो फिल्मका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाएका थिए । उनले तौल घटाएर बनाएको शरीर, ४५ डिग्री तापक्रममा पनि गरेको कामले नयाँ हाइप कायम गरेको छ ।

    अभिनेता सौगातको चरित्रमा देखिएको विविधताले दर्शकको मन झनै जितेको छ । ट्रेलर हेर्दा उनलाई रोमान्टिक, एक्सन र मानसिक सन्तुलन गुमेको चरित्र गरी तीनवटा अवस्थामा देखाइएको छ । ‘अगस्त्य’मा उनले गरेको भूमिका लामो समयसम्म दर्शकको दिमागमा बस्ने अनुमान लगाउन सकिन्छ ।

    यसै गरी, अर्का नायक नाजिरले फिल्मकै लागि २० किलो तौल बढाउनुले आफ्नो चरित्रका लागि कति मेहनत गरेका छन् भन्ने प्रस्ट्याउँछ । फिल्ममा सौगात र नाजिरको एक्सनलुक्स, प्रमोद अग्रहरिको भिलेन लुक्स र र निश्चल बस्नेतको झलकले पनि फिल्मको महत्त्व बढाइदिएको छ । टिजर र ट्रेलरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोर उत्तिकै दमदार छ । कूल मिलाएर यो फिल्मले सबैको ध्यान तान्न सफल भएको छ ।

    टिजरमा समावेश ‘मानव सभ्यताको सुरुवात जङ्गलबाट भयो, जङ्गल जङ्गल मासेर गाउँ बन्यो, गाउँबाट सहर सबै कुरा बद्लियो यहाँ, तर बद्लिएन मान्छे भित्रको जनवार’ भन्ने संवादलाई दर्शकले मन पराएका छन् । यस्तै, अभिनेता प्रमोद अग्रहरिले बोलेको ‘म आज् स्वयम्, म अन्त्य स्वयम्, जनम हुँ म, मरण स्वयम्, निर्माता हुँ, संघार स्वयम्’ संवाद दर्शकहरूले औधी मन पराएका छन् ।

    फागुन ३ गते युट्युबमा सार्वजनिक भएको ट्रेलर ६ लाख १६ हजारभन्दा बढीले हेरेका छन् । करिब १४ सय जनाले ‘उत्कृष्ट’ रहेको प्रतिक्रिया दिनुका साथै र ‘बहुमुखी अभिनेता सौगात मल्ल’ भन्दै प्रतिक्रिया दिएका छन् । सार्वजनिक ट्रेलरले दर्शकलाई फिल्मप्रति अझै उत्सुकता पैदा गराएको छ । यस हिसाबले फिल्म आम दर्शकका लागि फागुनको १८ गते प्रतीक्षित बन्न सफल भएको देखिन्छ ।

    फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरी र उनको टिमले ट्रेलर बनाउन धेरै मिहिनेत गरेका थिए । जसअनुसार फिल्म क्षेत्रका मेकरहरुले सकारात्मक प्रतिक्रिया र दर्शकहरूको ट्रेलर प्रतिको उत्सुकताले आफूलाई थप जिम्मेवार बनाएको निर्देशक चौधरीको तर्क छ ।

    विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

    डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो फिल्म फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ । फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुनेछ ।

  • गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” सार्वजनिक

    गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” सार्वजनिक

    काठमाडौँ, ६ फागुन
    प्रेम र रोमान्स समेटिएको गीत “आखाँ झुम्न थाल्यो” सार्वजनिक गरिएको छ ।

    बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए ।

    सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन गीतमा रहेको छ ।

    सार्वजनिक भिडियोमा कमल र स्नेहा रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ ।

    भिडियो हेर्नुहोस्:-