Category: मनोरञ्जन

  • मनीषाले दिइन् बेलायती प्रधानमन्त्रीलाई सगरमाथा क्षेत्रमा पदयात्राको निम्तो

    मनीषाले दिइन् बेलायती प्रधानमन्त्रीलाई सगरमाथा क्षेत्रमा पदयात्राको निम्तो

    काठमाडौं  जेठ ९,
    संजयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’बाट अभिनेत्री मनीषा कोइराला यतिबेला चर्चामा छिन् । सिरिजमा उनले मल्लिका जानको चरित्र निर्वाह गरेकी छन् । स्ट्रिमिङ सुरु भएयता यसको विश्वब्यापी चर्चा छ ।

    अभिनेत्री कोइराला यतिबेला लन्डनमा छिन् । मंगलबार उनको भेट बेलायती प्रधानमन्त्री ऋषि सुनाकसँग भएको छ । नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धको १०० औं वर्षगाँठ मनाउन बेलायती प्रधानमन्त्रीको लन्डन कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनाकले समारोह आयोजना गरेका थिए ।

    जहाँ, नेपाली राजदूत ज्ञानचन्द्र आचार्यदेखि बेलायतस्थित नेपाली डायस्पोराको उपस्थिती थियो । अतिथि बनेर मनीषा पनि टेन डाउनिङ स्ट्रिट पुगेकी थिइन् । प्राप्त तस्वीरमा प्रधानमन्त्री सुुनाक र मनीषालाई क्याजुअलरुपमा गफगाफ गरेको देख्न सकिन्छ ।

    मनीषा स्वयमले इन्स्टाग्रामबाट सुनाकसँगको भेटका तस्वीर र भेटमा भएको गफगाफबारेका कुरा पोस्ट गरेकी छन् । प्रधानमन्त्री सुनाकबारे नेपालबारे सुन्न पाउँदा आफूलाई खुसी लागेको उनको भनाई छ ।

    अनौपचारिक संवादमा प्रधानमन्त्री सुनाकबाट आफूले सगरमाथा आधार शिविरमा पदयात्राका लागि निम्तो गरेको समेत मनीषाले उल्लेख गरेकी छन् । समारोहमा उपस्थित धेरैजसाले ‘हीरामण्डी’ सिरिज हेरेको र यो थाहा पाएपछि आफू उत्साहित भएको पनि मनीषाले उल्लेख गरेकी छन् ।

  • गायिका विश्वकर्माको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

    गायिका विश्वकर्माको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

    काठमाण्डौं, ३० वैशाख
    गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन् ।

    सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

    आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ। सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।

    भिडियो लिङ्क्:

  • गायक रवि पक्राउ, ५ दिनको म्याद लिएर अनुसन्धान गर्दै प्रहरी

    गायक रवि पक्राउ, ५ दिनको म्याद लिएर अनुसन्धान गर्दै प्रहरी

    काठमाडाैं बैशाख ३०

    वैवाहिक बलात्कारसम्बन्धी मुद्दा गायक रवि वड चार दिनदेखि कञ्चनपुर प्रहरीको हिरासतमा छन् । उनले बिहीबार प्रहरीसमक्ष आत्मसमर्पण गरेकामा प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले वडले इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेको जानकारी दिए ।

    नेपाल आइडल सिजन २ का विजेता वडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।

  • बिहे गरेको १२ दिनपछि श्रीमती पुरूष भएको थाहा पाएपछि…

    बिहे गरेको १२ दिनपछि श्रीमती पुरूष भएको थाहा पाएपछि…

    भारत, वैशाख २८-
    नेपालमा गतवर्ष एउटा घटना भएको थियो, जहाँ बिहे गरेको ६ महिनापछि मात्रै नम्बर राई नामका युवकले आफ्नी श्रीमती पुरुष भएको थाहा पाएका थिए ।

    बिहे गरेको त्यति लामो समयसम्म पनि आफ्नै दुलही महिला नभएको थाहा नपाउने भनेर ती युवाको खिसिट्युरी निकै भयो । तर यो दुनियाँमा बिहे गरेको लामो समयसम्म पनि पत्नीको लिंग छुट्टाउन नसकेका पीडितहरु नम्बर राई मात्र होइन रहेछन् । इण्डोनेसियामा पनि हालै यस्तै घटना भएको छ । त्यहाँका एकजना व्यक्तिले बिहे गरेर ल्याएको १२ दिनपछि मात्रै आफ्नी श्रीमती पुरुष भएको पत्तो पाएका छन् ।

    २६ वर्षका ती युवकले १२ दिनअघि मात्रै आफुले बिहे गरेर ल्याएकी बेहुली पुरुष भएको थाहा पाएपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

    वास्तवमा उनीहरुबीच इन्टरनेटमा भेट भएर प्रेम सम्बन्ध कायम भएको थियो । त्यसपछि उनीहरु भौतिक रुपमै डेटिंगमा गए र केही समयपछि बिहे गरे । डेटिंगमा गएको बेला उनले गर्लफ्रेण्डको सरीरको पछिल्लो भाग अनौठो देखेका थिए, तर उनले शंका गरेनन् ।

    आफ्नो नाम एडिन्डा कान्जा अजाहारा बताएकी ती महिलाले अनुहार भने हिजाब लगाएर सधै छोप्ने गरेकी थिइन् । त्यसो गर्दा उनलाई आफ्नी गर्लफ्रेण्ड निकै लजालु भनेर झनै मन परेको थियो ।

    ती दुईले बिहे गर्ने निर्णय त गरे तर बिहे गरेर सम्बन्धित सरकारी निकायमा दर्ता गर्न भने अजाहाराले आनाकानी गरिन् । आफ्नी आमाको मृत्यु भएको र बुवा बेपत्ता भएकोले आफुले अभिभावकहरुलाई बोलाउन नसक्ने बताएपछि युवकका गाउँलेहरुले एउटा सानो समारोहमा धार्मिक गुरुलाई बोलाएर उनीहरुको बिहे गराइदिए ।

    बिहेपछि पनि उनको आनीबानी बदलिएन । उनले अनुहारमा हिजाब लगाउन छाडिनिन् र बेहुलाका परिवारसँग पनि घुलमिल भइनन् । साथै लोग्नेसँग शारीरिक सम्पर्क गर्न पनि उनले आनाकानी गरिन् ।

    त्यसपछि ती युवकलाई शंका लाग्यो र उनले परिवारसँग गुनासो गरे । छोराको भनाई अनुसार परिवारजनले ती नव बेहुलीमाथि अनुसन्धान सुरु गरे । त्यसक्रममा अजाहारा वास्तवमा पुरुष रहेको र उनले आफ्नो नाम र लिंग ढाँटेको खुलासा भयो । साथै उनका बुवा पनि बेपत्ता नभएको र घरमै रहेको थाहा भयो । बेहुलीको त्यस्तो करतुत थाहा पाएपछि उनीहरुले तत्कालै प्रहरीलाई खबर गरे।

    प्रहरीले पक्राउ गरेपछि बेहुली बनेका ती युवकले अपराध स्वीकार गरेका छन् र पैसाको लागि आफु महिला बनेर युवकसँग बिहे गरेको बताएका छन् । उनीमाथि फौजदारी कानून अन्तरगत मुद्दा चलाइएको छ । -एजेन्सीको सहयोगमा

  • अभिनेता सलोन बस्नेत र करिश्मालाई पुत्रीलाभ

    अभिनेता सलोन बस्नेत र करिश्मालाई पुत्रीलाभ

    काठमाडौं, ६ वैशाख
    अभिनेता सलोन बस्नेत र पत्नी करिश्माले सन्तान लाभ गरेका छन् ।

    बुधबार बिहान मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिएकी हुन् ।

    अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको सलोनका बुवा तथा निर्देशक शोभित बस्नेतले जानकारी दिए । ‘हामी अत्यन्त खुशि छौं । आमाको मुख हेर्ने दिनमा नातिनीको जन्म भयो’ शोभितले भने ।

    गतवर्षको मंसिर १२ गते सलोन र करिश्माको विवाह भएको थियो ।

  • प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

    प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

    गण्डकी, २४ वैशाखः

    गायन तथा अभिनयमा रमाइरहनुभएका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिनुभएको छ । निर्देशकका रुपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गर्नुभयो । काठमाडौँमा आयोजित एक समारोहबीच चलचित्रको शीर्षक भिडियो सार्वजनिक गरियो ।

    सपुत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाउनुभएको थियो । ‘वसन्त’मा पनि उहाँ आफै मुख्य पात्रका रुपमा देखिँदै हुनुहुन्छ । ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको सपुतले बताउनुभयो । चलचित्र निर्देशनलाई उहाँले आफ्नो अर्को सपना भएको रुपमा अथ्र्याउनुभयो ।

    गायनमा प्रवेश गर्दाताका नै सपुतले चलचित्रमा अभिनेता बन्ने सपना रहेको सुनाउनुहुन्थ्यो । गायनसँगै म्यूजिक भिडियोको अभिनय र नृत्यमा पनि सपुतलाई दर्शकले रुचाएका थिए । “अभिनेताका रुपमा ‘परदेशी २’लाई मैले परीक्षाका रुपमा लिएको थिएँ, निर्देशकीय हिसाबले ‘वसन्त’ अर्को परीक्षा हो”, सपुतले भन्नुभयो, “पहिलेदेखि सँगालेको सपना पूरा गर्न पाउँदा उत्तिकै उत्साहित पनि छु ।”

    चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको उहाँले सुनाउनुभयो । “चलचित्रमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन छ, लवज छ, मौलिक सङ्गीत छ”, सपुतले भन्नुभयो, “चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।” चलचित्रमा आफ्नै जन्मथलो बागलुङको धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उहाँको भनाइ छ ।

    सपुतले आफ्नो भोगाइ र अनुभवलाई चलचित्रको कथामा ढालेको बताउनुभयो । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको सपुतले सुनाउनुभयो ।

     

    “मैले गायकका रुपमा जुन परिचय बनाएको छु, त्यसको सफलताको भारी कहीँ न कहीँ मेरो चलचित्र निर्माण, निर्देशन र अभिनयमा पनि जोडिन्छ”, उहाँले भन्नुभयो, “यो मेरा लागि अवसर र चुनौती दुवै हो, बाँकी त दर्शकको हातमा छ ।” कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उहाँको भनाइ छ ।

     

    चलचित्रमा ‘वसन्त’ पात्रका रुपमा सपुत स्वयंको मुख्य भूमिका रहेको छ । अर्को मुख्य पात्र ‘शान्ति’का रुपमा अभिनेत्री स्वस्तिमा खड्का हुनुहुन्छ । चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ ।

     

    गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने उक्त चलचित्र आउँदो वसन्त याममा प्रदर्शनमा आउने सपुतले जानकारी दिनुभयो । “आउँदो चतै दसैँ र नयाँ वर्षको छेको पारेर चलचित्र प्रदर्शन ल्याउने तयारीमा छौँ”, उहाँले भन्नुभयो । चलचित्रको कथा र सङ्गीत पनि सपुत आफैले तयार पार्नुभएका हो । चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनुभएको छ ।

     

    बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपुतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिनुहुन्छ । सपुतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ ।

     

    विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक यात्रा तय गर्नुभएका सपुत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिनुहुन्छ । मौलिक गीत ‘गलबन्दी’बाट चर्चाको उचाइमा पुग्नुभएका उहाँका गीतका म्यूजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ पाएका छन् । साङ्गीतिक यात्राका क्रममा देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ नहुने सपुतलाई चलचित्र लेखन, निर्माण तथा निर्देशन कत्तिको फाप्ने हो त्यसका लागि भने आउँदो वसन्तु ऋतु कुर्नैपर्छ ।

  • अनन्या पाण्डे र आदित्य रोय कपुरको ‘ब्रेकअप’ !

    अनन्या पाण्डे र आदित्य रोय कपुरको ‘ब्रेकअप’ !

    काठमाडौं, २३ वैशाख
    केही समययता बलिउड अभिनेत्री अनन्या पाण्डे र आदित्य रोय कपुर दुवैको ब्रेकअप भएको चर्चा छ । भारतीय मिडियाका अनुसार एक महिनाअघि दुवैको ब्रेकअप भएको थियो ।

    टाइम्स अफ इण्डियाले मार्चमै यी दुई अलग भएको लेखेको छ । ब्रेकअपको खबरले निकट साथी समेत स्तब्ध छन् । यी दुवै स्टारका एक नजिकका साथीले एक महिनाअघि ब्रेकअप भएको पुष्टि गरेका थिए ।

    कुराकानीका क्रममा आदित्य रोय कपुर र अनन्या पाण्डेका एक साथीले भने, ‘करिब एक महिनाअघि उनीहरुको ब्रेकअप भएको थियो । उनीहरु सम्बन्धमा गम्भीर थिए । तर ब्रेकअपको खबरले हामी स्तब्ध छौं । अनन्या अगाडि बढ्न खोजिरहेकी छिन्, यसले पक्कै उनलाई चोट दिएको छ । उनी नयाँ साथीहरुसँग समय बिताइरहेकी छिन् । आदित्य पनि परिस्थितिसँग जुध्न खोजिरहेका छन् ।’

    आदित्य र अनन्या दुई वर्षदेखि डेट गरिरहेका थिए । गत महिना अभिनेत्रीको एक पोस्टले इन्टरनेटमा चर्चा बटुल्यो । उक्त पोस्टपछि दुवै स्टारको ब्रेकअप भएको अड्कलबाजी चलिरहेको थियो ।

    तर दुवैले आफ्नो सम्बन्धलाई कहिल्यै आधिकारिक भनेका छैनन् । यसैबीच ब्रेकअपको खबरमा दुवै स्टारले मौनता कायम राखेका छन् ।

    उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘यदि यो साँच्चै तपाईंको लागि हो भने यो तपाईंमै फर्कनेछ । यसबाट मात्र तपाईंले पाठ सिक्न सक्नुहुन्छ । जुन तपाईं आफ्नै क्षमतामा मात्र सिक्न सक्नुहुन्छ ।’

    गत वर्ष ‘कफी विथ करण ७’ मा अनन्या देखा परेपछि उनीहरुको सम्बन्धको खबर आउन थाल्यो । करण जोहरले अनन्या र आदित्य एकसाथ हुनसक्ने संकेत गरेका थिए । त्यसपछि यी दुवै युरोपमा छुट्टी मनाउन पुगेका थिए । बिदा मनाएको तस्वीर भाइरल समेत बनेको थियो ।

  • सलमान खानको घरबाहिर गोली चलेको प्रकरणमा पक्राउ परेका व्यक्तिको हिरासतमै मृत्यु

    सलमान खानको घरबाहिर गोली चलेको प्रकरणमा पक्राउ परेका व्यक्तिको हिरासतमै मृत्यु

    काठमाडाैं  बैशाख २०

    बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डका एक अभियुक्तको हिरासतमै मृत्यु भएको छ । बुधबार प्रहरी हिरासतमै आत्महत्या गर्ने प्रयास गरेका अभियुक्त अनुज कुमारलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ । उनी पञ्जाबका बासिन्दा हुन् ।

    बिहान करिब ११:३० बजे ३२ वर्षीय अनुजले लकअप नजिकै रहेको शौचालयमा पाना लिएर आत्महत्या गर्ने प्रयास गरेका थिए ।

    खबर पाएलगत्तै प्रहरीले आरोपीलाई गोकुलदास तेजपाल अस्पताल लगेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार डाक्टरहरूले आरोपीलाई मृत घोषणा गरेका थिए।

    समाचार एजेन्सी पीटीआईका अनुसार आरोपीले आत्महत्याजस्तो कदम किन उठाए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सलमानको घरबाहिर भ‍एको गोलीकाण्डमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका दुई व्यक्तिमाथि सलमान खानको बान्द्रास्थित घरमा आक्रमण गर्ने अभियुक्तलाई दुईवटा पेस्तोल उपलब्ध गराएको आरोप छ ।

  • बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

    बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

    काठमाडौँ, १४ वैशाखः

    महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् ।

    मेयर बालेनले आफ्नो कविता संग्रह अश्र सार्वजनिक भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् ।

    बालेनको कविता संग्रह ‘अश्र’ बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । अश्रमा बालेनले लेखेका सयभन्दा बढी कविता संग्रहित छन् । संग्रहमा पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेम वियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शन सम्बन्धी छोटा-छोटा कविताहरु छन् ।

    संग्रहमा हरेक पृष्ठमा कवितासँग मिल्दा स्केच पनि कोरिएका छन् । कविता संग्रहको मूल्य ६६६ रुपैयाँ तोकिएको छ । कविता संग्रह अश्र शनिबारदेखि बजारमा उपलब्ध हुनेछ ।

     

  • आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा

    आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा

    काठमाडौँ, वैशाख १४
    आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा मुख्य भूमिकामा उहाँ नै हुनुहुन्छ ।

    चलचित्र क्षेत्रमा स्थापित नाम बनिसक्नुभए तापनि उहाँ उक्त भूमिका निर्वाह गर्न अभिनयको कक्षा लिएर चरित्र निर्माणका लागि छ महिना कार्यशालामा बस्नुभएको थियो । त्यसपछि अडिसनमार्फत् निर्देशक तथा लेखक सुलक्षण भारतीले अभिनेत्री अधिकारीलाई शीर्ष भूमिकामा सहमति दिनुभएको हो । सयौँ साङ्गीतिक श्रव्यदृश्य ९म्युजिक भिडियो० मा अभिनय गरेपछि झन्डै डेढदशक अगाडि ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रुपमा ठूलो पर्दामा आउनुभएकी अभिनेत्री अधिकारीले यस किसिमको अनुभव पहिलो पटक सङ्गाल्नु भएको हो ।

    “मलाई त्यो भूमिका निर्वाह गर्नु थियो । मैले गरिरहेको काम भन्दा फरक भएकाले मैले नयाँ कलाकार जस्तै अभिनय सिकेर, अडिसन दिएर काम गरेकी हुँ”, अभिनेत्री अधिकारीले भन्नुभयो । डेढ दशकपछि अडिसन दिनुको कारण उहाँलाई उक्त पात्रको भूमिका निर्वाह गर्दा देखाउन सकिने कलाकारिता र चलचित्रले उठान गरेको विषय नै थियो । कोरोना महामारी अगाडि उहाँले मण्डला नाटकघरमा नै उक्त नाटक हेर्नुभयो । नाटक हेरेपछि शीर्ष भूमिका निर्वाह गर्नुभएकी सरिता गिरी र निर्देशक भारतीलाई बधाई दिनुभयो ।

    गम्भीर विषयलाई मनोरञ्जनात्मक प्रस्तुति दिन सकिन्छ भन्ने उहाँलाई लागेको थिएन । त्यसपछि कोरोना महामारीका कारण भएको बन्दाबन्दीमा अभिनेत्री अधिकारीले चलचित्र बनाउने सोच आउँदा ‘बोक्सीको घर’लाई भुल्न सक्नुभएन । पहिलो निर्माण गरेको चलचित्र भारतीय चलचित्रको नक्कल रहेको आरोप खेप्नुभएकी अभिनेत्री अधिकारीले यसपटक मौलिकसँगै सामाजिक विषयलाई पर्दामा ल्याउने अठोट गर्नुभयो ।

    “मैले यो कथालाई बढीभन्दा बढी दर्शकलाई देखाउनु पर्छ भनेर चलचित्र बनाउने प्रस्ताव लिएर निर्देशक भेटेँ । उहाँले सुरुमा अस्वीकार गर्नुभयो तर मैले निरन्तर प्रयास गरेर सहमत गराएँ । तर, उहाँले केही सर्त राख्नुभयो । सोही कारण मैले अभिनय यात्रा सुरू गरेको डेढ दशकपछि नयाँ झैँ सुरुआत गरेँ । कपालसमेत मुण्डन गरेकी थिएँ”, अभिनेत्री अधिकारीले भन्नुभयो ।

    प्राय नेपाली चलचित्रमा अभिनेत्रीलाई अभिनेताका लागि मात्र राखिने गरेकोबारे उहाँ अवगत नै हुनुहुन्छ । उहाँले पनि यस्तै भूमिका निर्वाह गर्दै आउनुभएको छ । त्यसैले पनि अभिनेत्रीले निर्माण गर्ने चलचित्रले महिला सशक्तीकरणको विषयसँगै मौलिक कथालाई अगाडि ल्याउनुपर्छ भन्नेमा उहाँ स्पष्ट हुनुहुन्थ्यो ।

    “धेरै चलचित्रमा अभिनेत्रीले परनिर्भर भूमिका खेलेका छन् । सायद, पुरुष हिरो हुँदा चलचित्र चल्छ भन्ने मान्यता पनि होला । त्यही कारण पनि यसपटक चलचित्रमा अधिकांश मुख्य पात्र महिला नै छन् । यो हाम्रो समाजमा भइरहेको तर हामीले ध्यान नदिएको कथा हो”, अभिनेत्री अधिकारीले भन्नुभयो । चलचित्रमा रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बाँस्तोला लगायतका कलाकारले अभिनय गर्नुभएको छ । रासस