Category: मनोरञ्जन

  • रेखाको उपहारलाई सांसद सुनिल शर्माको साथ

    रेखाको उपहारलाई सांसद सुनिल शर्माको साथ

    काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद सुनील शर्माले फिल्म ‘उपहार’ले नेपाली फिल्मको उचाई अझ माथि पु¥याउने बताएका छन् ।

    शुक्रबार सार्वजनिक भएको हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर शेयर गर्दै स्टाटस लेखेका छन् ।

    ‘नेपाली सिने जगतकी सुपरस्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टिमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आँउदैछ । सोहि अनुरुप फिल्मको ट्रेलर सार्वजनिक भयो, हेरियो । निक्कै कौतुहलता जगाउने टेलर हेरे पछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाईट अझै माथि पुर्याउने आशा एवम् बिस्वास राखेको छु’, उनले लेखेका छन् ।

    उनले अभिनेत्री रेखा थापालाई नेतृत्वदायी भूमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरुको पीर भावना बुझ्न सक्ने क्षमतावान नारीका रुपमा आफूले चिनेको उल्लेख गरेका छन् ।

    ‘रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को विराटचोक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भुमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरुको पिर भावना बुझ्न सक्ने क्षमतावान नारी हुन् । बहिनीलाई मेरो साथ सहयोग र शुभेच्छा सधै रहने छ । सहकार्य रहने छ । बहिनी रेखा तथा सिंगो उपहार टिमलाई बधाई तथा शुभकामना,’ उनले लेखेका छन् ।

    ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ । खास गरी बाटोमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेपछिको तनावलाई पनि ट्रेलरमा स्थान दिइएको छ ।

    अभिनेत्री रेखा थापालाई चिया बेच्ने महिलाको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता मुकुन भुषाललाई ट्याक्सी ड्राइभरका रुपमा देखाइएको छ । ट्रेलरका अधिकांश दृश्यमा कमेडीलाई स्थान दिइएको छ ।

    फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

    बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

  • भरतपुरको नौबिघा चौरमा लाउरे र प्रिति आलेका साथ झुमे दर्शक (फोटोफिचर)

    भरतपुरको नौबिघा चौरमा लाउरे र प्रिति आलेका साथ झुमे दर्शक (फोटोफिचर)

    भरतपुर, फागुन २

    एम.एन ईन्टरटेनमेन्ट प्रा.लिको आयोजनामा भरतपुर १० स्थित बिरेन्द्र बहुमुखी क्याम्पसको डिग्री भवन (नौबिघा) चौरको रमाइलो चोकमा भएको कन्सर्टमा नेपालका चर्चित र्यापर आशिष राना(लाहुरे) र चर्चित गायिका प्रिति आलेमा साथ दर्शकहरु झुमेका छन् ।
    हेर्नुहोस् तस्विर :

  • आजदेखि दयाहाङका ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा

    आजदेखि दयाहाङका ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा

    काठमाडौँ, २६ माघ
    आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शन भएका छन् । माघको अन्तिम शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन गरिएका हन् ।

    दुवै चलचित्रमा अभिनेता दयाहाङ राई हुनुहुन्छ । कलाकार राईको यो संयोग दोस्रो पटक हो । गत वैशाख १ गते पनि उहाँ अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो ।

    “दुवै चलचित्र फरक स्वादका छन् । यी दुई चलचित्र निर्माण तीनदेखि चार वर्षको फरकमा भएका हुन् । सायद यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ”, अभिनेता राईले भन्नुभयो ।

    सिमोस सुुनुवारको निर्देशनमा तयार भएको ‘हात्तीछाप’मा सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय वराललगायत कलाकारले अभिनय गर्नुभएको छ । “हामीले सामाजिक विषयसँगै यसमा मनोरञ्जनात्मक गतिविधि समेटेका छौँ । चलचित्र भवनसम्म पुग्ने दर्शकलाई यसले निराश बनाउँदैन”, निर्देशक सुनुवारले भन्नुभयो ।

    आजदेखि प्रदर्शन गरिएको अर्को चलचित्र ‘दयारानी’मार्फत कलाकार माओत्से गुरुङले निर्देशकीय यात्राको सुरुआत गर्नुभएको छ । निःसन्तान दम्पतीको कथामा आधारित रहेर तयार गरिएको यस चलचित्रमा अभिनेता राईसँगै दीया पुन, विजय वराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

    “यसमा एउटा अह्मकारी पुरुषको कथालाई पर्दामा ल्याएका छौँ । गुरुङ संस्कार र संस्कृति पनि यसमा समेटेको छ । चलचित्र मनोरञ्जनसँगै समाजमा भएको एउटा उदाहरण पनि हो”, निर्देशक गुरुङले भन्नुभयो ।

  • लक्की मिडिया हाउसद्वारा ‘हात्तीछाप’को रेड कार्पेट प्रिमियर शो

    लक्की मिडिया हाउसद्वारा ‘हात्तीछाप’को रेड कार्पेट प्रिमियर शो

    चितवन, २६ माघ
    मोफसलकै चर्चित मिडिया लक्की मिडिया हाउस चितवनले नेपाली कथानक चलचित्र ‘हात्तीछाप’ को द जिएमआई रेड कार्पेट प्रिमियर शो गरेको छ । मिडिया हाउसले भरतपुरको चितवन सिनेप्लेक्स (सिजी मल) मा चलचित्रको रेड कार्पेट प्रिमियर शो गरेको हो । सो कार्यक्रमलाई द जिएमआई एकेडेमीले मुख्य प्रायोजन गरेको थियो ।

    कार्यक्रममा आयोजक लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि काठमाडौँ बाहिरको एक मात्र संस्थाको रुपमा लक्की मिडिया हाउस चितवन स्थापित हुँदै गएको बताउनु भयो ।

    मिडिया हाउसले नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि चर्चित कलाकारहरुको साथमा पत्रकार सम्मेलन, रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो गर्दै आइरहेको कार्कीको भनाइ छ । लक्की मिडिया हाउसले विभिन्न विधामा सम्मान कार्यक्रम, विभिन्न गायन, नृत्य प्रतियोगिता साथै मिडियाले प्रत्येक वर्ष लक्की फिल्मी अवार्ड कार्यक्रम गर्दै आएको कार्कीले बताउनु भयो । मिडिया हाउसकै आयोजनामा आगामी २०८१ असार ८ गते भरतपुरमै लक्की फिल्मी अवार्डको अर्को संस्करण गर्ने तयारी गरिरहेको कार्कीले जानकारी दिनुभयो ।

    चलचित्र ‘हात्तीछाप’ को द जिएमआई रेड कार्पेट प्रिमियर शो लक्की मिडिया हाउस चितवनका सल्लाहर वरिष्ठ समाजसेवी हेमराज पौडेलको अध्यक्षतामा भएको थियो । लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले संयोजन गर्नु भएको कार्यक्रममा चलचित्र ‘हात्तीछाप’ का निर्माता तथा अभिनेता किरण नेपाली, चलचित्र ‘हात्तीछाप’ का कलाकार तथा निर्माता पुष्कर गुरुङ, चर्चित अभिनेता सौगात मल्ल, चलचित्र ‘हात्तीछाप’ का अभिनेता विनोद न्यौपाने, चर्चित अभिनेत्री उपासना सिंह ठकुरी, द जिएमआई एकेडेमीका प्रमुख कार्यकारी निर्देशक महेश लामिछने लगायतका अतिथिहरु उपस्थित रहनु भएको थियो । कार्यक्रम सञ्चालन आयुष न्यौपानेले गर्नु भएको थियो ।

  • राजेन्द्र सापकोटा र शान्ती श्री परियारको ‘हैन भन्नि लाई’ गीत सार्वजनिक

    राजेन्द्र सापकोटा र शान्ती श्री परियारको ‘हैन भन्नि लाई’ गीत सार्वजनिक

    भरतपुर,माघ २२

    गायक राजेन्द्र सापकोटा र गायिका शान्ति श्री परियारको स्वरमा ‘हैन भन्नि लाई’ बोलको गीत सार्वजनिक भएको छ ।

    शुक्रबार राजेन्द्र सापकोटाको युट्युब च्यानमार्फत यो गीत सार्वजनिक गरिएको हो।

    सापकोटाकै शब्द र संगीत रहेको उक्त गीतको भिडिओमा तेजस रेग्मी, निता ढुंगाना र रवि कार्कीले अभिनय गरेका छन्।

  • नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो  इण्डियन आइडलबाट बाहिरिइन्

    नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो इण्डियन आइडलबाट बाहिरिइन्

    काठमाडौं,माघ २२

    नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । उनी लेख्छिन्- मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’

    प्रतिस्पर्धामा मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् ।

  • पातीहाल्नेमा हिउँ खेल्नेको भीड : हिउँमा खेल्न पाउँदा पर्यटक खुसि

    पातीहाल्नेमा हिउँ खेल्नेको भीड : हिउँमा खेल्न पाउँदा पर्यटक खुसि

    बागलुङ, २१ माघ
    बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो ।

    बागलुङबाट मात्रै होइन, पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न मानिसहरु यहाँ आएका छन् । भारी हिमपातका कारण तीनसम्म पनि यस क्षेत्रमा हिउँ पग्लिएको छैन । हिउँ खेल्न पातीहाल्ने हिँडेका सबै पर्यटक अत्यधिक हिमपातले सडक अवरुद्ध हुँदा त्यहाँ पुग्न सकेका छैन ।

    निसीखोला गाउँपालिकाले शुक्रबार र शनिबार दुई दिन मेसिन लगाएर सडक खुलाएपछि केही पर्यटक पातीहाल्ने पुग्न पाए । पर्यटकहरु पातीहाल्नेसँगै तिलाचन र रिगतालसम्म पुगेका छन् । पातीहाल्नेबाट करिब आधा घण्टाको पैदल यात्रामा तिलाचन र १५ मिनेटको पैदल यात्रामा रिगताल पुग्न सकिने निसीखोला–६ का स्थानीय वीरबहादुर विकको भनाइ छ । शुक्रबारदेखि दैनिक चार सयको हाराहारीमा पर्यटकहरु पातीहाल्नेतर्फ लागेको उहाँले बताउनुभयो ।

    “पोहोर परारतिर यतिको मान्छे आउँदैनथे, अहिले त टाढा–टाढाबाट गाडी लिएर आएका छन्”, उहाँले भन्नुभयो, “आज विहानदेखि पातीहाल्नेमा हिउँ खेल्नेको भिड छ ।”

    गुल्मीको मुसिकोटबाट हिउँ खेल्न आउनुभएका अभय घिमिरेले पहिलो पटक यही आएर हिउँ देखेको बताउनुभयो । “बुटवलबाट घर आएको बेलामा साथीहरुसँग पातीहाल्नेमा आउने मौका जु¥यो”, उहाँले भन्नु्भयो, “हामी आउँदा सडक सजिलो भएकाले समस्या भने भएन ।”

    उहाँले पहिलो पटक हिउँमा खेल्न पाउँदा निकै रमाइलो लागको अनुभव सुनाउनुभयो । “बागलुङ र रुकुमको सिमानामा धेरै मान्छेहरु घुम्न जान्छन् भन्ने सुनेको थिए तर यसपाली यहाँ आउने सपना पूरा भयो, त्यसमाथि हिउँसँग रमाउँदा निकै मज्जा लाग्यो”, उहाँले भन्नुभयो ।

    बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि करिब ४२ किलोमिटर पश्चिममा रहेको पातीहाल्ने मध्यपहाडी लोकमार्गमा पर्छ । पक्की लोकमार्ग हुँदै यहाँ पुग्न करिब ४० मिनेट लाग्छ । हिमपातपछि पातीहाल्ने क्षेत्र निकै सुन्दर देखिएको रोल्पाको उवाखोलाबाट आउनुभएका महेश बुढाथोकीले बताउनुभयो । आफू यसभन्दा पहिले पनि पातीहाल्ने हुँदै धेरै पटक यात्रा गरेको स्मरण गर्दै उहाँले हिमपातले यहाँको सुन्दरता बढाएको बताउनुभयो । -राष्ट्रिय समाचार समिति (रासस)

  • दयाहाङका दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

    दयाहाङका दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

    काठमाडौँ, १९ माघ
    नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसक्नुभएको छ । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गर्नुभएका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ माघ २६ गते प्रदर्शन हुँदैछन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । यसवर्षको सुरुकै दिन वैशाख १ मा पनि उहाँ अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो ।

    दोस्रो पटक पनि उस्तै संयोग परेपछि पनि कलाकार राईले उस्तै जवाफ दिनुभयो, “दुवै चलचित्र फरक स्वादका छन्, यी दुई चलचित्र निर्माण नै तीनदेखि चार वर्षको फरक छ, सायद यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ, दुवै चलचित्रमा फरक विषय र परिवेशलाई प्रस्तुत गरिएको छ, एउटा विशुद्ध पारिवारिक कथामा छ भने अर्कोमा समसामयिक विषयवस्तु छ, दर्शकलाई दुवै चलचित्रले निराश बनाउँदैन ।”

    दुई चलचित्रमा विषयवस्तु र विधाका हिसाबले फरक भए पनि अभिनेता राई भने समान हुनुहुन्छ । “एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ, यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ, यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ”, राईले भन्नुभयो ।

  • पोप फ्रान्सिसले रक्सी र यौन सुखलाई ‘ईश्वरको उपहार’ भनेपछि…

    पोप फ्रान्सिसले रक्सी र यौन सुखलाई ‘ईश्वरको उपहार’ भनेपछि…

    काठमाडौँ , १९ माघ
    क्याथोलिक चर्चका वर्तमान प्रमुख, रोमका बिशप अनि भेटिकन सिटीका पोप फ्रान्सिसको ताजा अभिव्यक्ति अहिले निकै चर्चामा छ । पोप फ्रान्सिसले रक्सीलाई ‘ईश्वरको उपहार’ भनेका छन् ।

    ८७ वर्षीय पोपले रक्सीलाई ईश्वरको तर्फबाट एक उपहार भएको अनि मान्छेले यसलाई खुसीको साँचो स्रोत मान्ने भएकोले भगवानले हामीलाई रक्सी उपहार दिएको उनको भनाई छ । उनले अझै अगाडि जिस्किएर भनेका थिए, ‘तपाईँहरूलाई मेरो कुरा सुन्दा नसामा लठ्ठ पोपले बोलेको जस्तो लाग्ला । तर इटलीका रक्सी निर्माताहरुले भेटिकनमा आफूसँगको एउटा निजी बैठकमा युरोपेली स्वास्थ्य चेतावनी विरुद्धको लडाइँमा मेरो बयानको तारिफ गरेका थिए ।’

    ‘रक्सी, जमिन, खेती किसानीसम्बन्धी सिप र उद्यमशीलता भगवानको उपहार हुन् । यी सबै हामीलाई सुम्पिनुको कारण संवेदनशीलता र इमानदारीको साथ हामी यी सबैलाई खुसीको वास्तविक स्रोत बनाउँछ भनेर हो’ पोपले भनेका छन् । उनले स्वास्थ्यमा असर नपर्ने गरी रक्सी सेवनको बानी विकास गर्न प्रेरित गरेका थिए । यस अघि पोपले सन् २०१६ मा रक्सी वैवाहिक समारोहको महत्त्वपूर्ण हिस्सा भएको बताएका थिए । त्यतिबेला उनले बिहेको पार्टीमा रक्सी नहुँदा नवविवाहित जोडीलाई लाज लाग्ने अनि चिया पिउँदै बिहेको पार्टी सक्काउँदा कस्तो लाग्छ होला कल्पना गर्नुस् त पनि भनेका थिए ।

    यौन सुखलाई पनि ईश्वरको उपहार भनेका थिए:-
    केही दिन अघि पोपले यौन सुखलाई पनि ईश्वरको उपहार बताएका थिए । ‘यौन आनन्द लिनु र प्रेमको रक्षा गर्नु तपाईँहरूको कर्तव्य हो, किनकि यो बिना जीवन दुःखद र एक्लोपनाले भरपुर हुनेछ ।’ पोपले भेटिकन सिटीका जनताहरूलाई भनेका थिए । इसाई धर्ममा ‘सेक्सुअल इन्स्टिङ्क्ट’को निन्दा नगरिने पनि उनले भनेका थिए । (एजेन्सी)

  • करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने

    करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने

    काठमाडौं माघ १६
    चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् ।

    हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन देशभरका हल बन्द गर्ने जनाएको हो । सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको दाबी छ ।

    संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको छ भने मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरुको नलगाउने संहिता विपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रुपमा आगामी माघ २२ गते सोमबार एक दिन मुलुकभरका चलचित्र घरहरु बन्द गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछु ।’

    चलचित्र विकास बोर्ड स्थापना हुनुपूर्व देशमा ४५० हल भएपनि अहिले १५० हल मात्र सञ्चालनमा रहेको संघले जनाएको छ । कोरोना महामारीको कारण चलचित्र क्षेत्र धराशायी भएको उल्लेख गर्दै संघले सरकारले थोपरेको करले व्यवसाय सञ्चालन गर्न नसक्ने समेत उल्लेख गरेको छ ।