Category: मनोरञ्जन

  • प्रधानमन्त्री ओलीले गरे’नमेटिने घाउ’मा संवादको डबिङ

    प्रधानमन्त्री ओलीले गरे’नमेटिने घाउ’मा संवादको डबिङ

    काठमाडौँ, साउन १९

    प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र  ‘नमेटिने घाउ’ मा आफुले गरेको अभिनयको डबिङ गरेका छन् ।

    शनिबार प्रधानमन्त्री ओलीले  स्टुडियोमा उपस्थिति भएर  नेपालले चलचित्रको आफुले अभिनय गरेको संवादको डबिङ गरेका हुन् ।

    अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीसहित  पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।

    प्रदर्शनको तयारीमा रहेको चलचित्र “नमेटिने घाउ’’ एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित छ ।चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ ।

    लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।

    चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानी,एलिसा गुरुङ,बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ ।चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ।

    रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘नमेटिने घाउ’मार्फत  सासॅदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।

    चलचित्रमा निरज कंडेलको छायांकन ,बनिश शाहको सम्पादन ,ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ ।

  • ‘बिस्ताराले पोल्यो’ गीत विवादित भएपछि शान्तिश्रीले मागिन् माफी

    ‘बिस्ताराले पोल्यो’ गीत विवादित भएपछि शान्तिश्रीले मागिन् माफी

    काठमाडौँ, १६ साउन :
    गायिका शान्तिश्री परियारले आफ्नो पछिल्लो तीज गीत ‘बिस्ताराले पोल्यो’लाई लिएर व्यापक आलोचना भएपछि दर्शकश्रोतासँग माफी मागेकी छन् ।

    बुधबार ‘जो जससँग सम्बन्धित छ’ शीर्षकमा वक्तव्य जारी गर्दै शान्तिश्रीले उक्त गीतको भिडियोको केही दृश्यांशको कारण दर्शक, श्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्ष्यमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी आइरहेकाले माफी मागेको उल्लेख छ ।

    “सामाजिक संजालहरूमा धेरै नकारात्मक टिकाटिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र शुभचिन्तकहरूप्रति आँच पुग्न गएको आभास भएकाले क्षमाप्रार्थी छु,” उनले भनेकी छन् ।

  • “मिस ब्युटी अफ चितवन” सिजन ३ को ताज कृष्टिनालाई

    “मिस ब्युटी अफ चितवन” सिजन ३ को ताज कृष्टिनालाई

    चितवन, साउन १३
    वान मिडियाले आयोजना गरेको “मिस ब्युटी अफ चितवन” सिजन ३ को ताज कृष्टिना सिग्देलले जित्न सफल भएकी छिन् ।

    अर्किड कलेज भरतपुरमा कक्षा १२ मा पड्दै गरेकी कृष्टिनाले बिजेता संगै “मिस कन्फिडेन्स को टाइटल समेत हात पारेकी छिन ।

    नारायणी रिसोर्टमा भएको उक्त प्रतियोगिता को फस्ट रनरअप न्यु क्यापिटल कलेज कि “बिनिता शर्मा” बनेकी छिन भने सेकेन्ड रनरअप प्रेसिडेन्सी कलेजकि “आर्या सापकोटा” ले जित्न सफल भएकी छिन ।

    त्यसैगरी अर्गानाईजर च्वाइस इच्छा थापा, मिस ट्यालेन्ट सिवानी परियार, मिस पपुलर निकिता धिताल, बेस्ट फिगर रिया लामा, मिस फ्रेन्ड्ली स्वेता शर्मा, बेस्ट आई पुजा पौडेल, मिस इन्टरलेक्चुवल इच्छा थपा, भिवर च्वाइस आर्या सापकोटा. मिस फोटोजेनिक बिनिता शर्मा” ले जित्न सफल भए।

    कार्यक्रमको बिजेताले अफिसियल म्युजिक भिडियोमा अभिनय गर्ने मौका संगै अन्य थुप्रै अवसरहरु प्राप्त गर्ने आयोजक टप वान मिडियाका प्रबन्ध निर्देशक तथा कार्यक्रम जनाएका छन।

    गैडाकोट नगरप्रमुख मदन भक्त अधिकारी प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको निर्णायकमा मिस नेपाल फाइनलिस्ट तथा मिस ग्लोबल इन्टरनेशनल आयुष्मा श्रेष्ठ,
    पत्रकार एवम नारयणी पब्लिक कलेज कि डाइरेक्टर अनिता खनाल, मिस्टर नेपाल रनरअप ड्क्टर विजय दवाडी, रहेका थिए।

    रबि सापकोटाको कोरियोग्राफी रहेको उक्त कार्यक्रम को कोडिनेटरमा कल्पना थापा, र टिममा ममता गुरुङ, मोना आले मगर, सुस्मिता अधिकारी, रस्मिता अधिकारी,शितल पौडेल, रोहित दास, शाश्वत सिग्देल, प्रणय राज काफ्ले,करण तामाङ, रहेका थिए।

  • एमालेका मन्त्रीले बालुवाटार पुगेर बुझाए राजीनामा

    एमालेका मन्त्रीले बालुवाटार पुगेर बुझाए राजीनामा

    १९ असार, काठमाडौं-

    नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् ।

    बुधबार साँझ एमालेका आठ मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन्।

    उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, खानेपानी मन्त्री राजेन्द्र राई, कृषि मन्त्री ज्वालाकुमारी साह, महिला मन्त्री भगवती चौधरी, उद्योग मन्त्री दामोदर भण्डारी, रक्षामन्त्री हरि उप्रेती र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राजीनामा दिएका हुन्।

  • सुन्दर हमालको लोक गीत ‘तातो पानी’ सार्वजनिक

    सुन्दर हमालको लोक गीत ‘तातो पानी’ सार्वजनिक

    काठमाण्डौं, १९ असार
    सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ ।

    डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि क्षेत्रीले गरेका हुन् । अजय रेग्मीको छायाङ्कन र अमृत चापागाईको सम्पादन भिडियोमा छ ।

    सुन्दरको यस अगाडि सुन ठिटा हो , पारी ठुली भिर , उखुमै भयो नी लगायतका दजनौं गीत चर्चामा रहेका थिए ।

    गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस:

  • करणलाई प्रधानमन्त्री प्रचण्डले दिए गितार उपहार

    करणलाई प्रधानमन्त्री प्रचण्डले दिए गितार उपहार

    काठमाडौं, असार १२-
    नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाइ दिएका छन्।

    उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिए। बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए।

    सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे।

  • चितवनका अटो रिक्सामा नेपाली चलचित्र ‘घर ज्वाइँ’को प्रचार

    चितवनका अटो रिक्सामा नेपाली चलचित्र ‘घर ज्वाइँ’को प्रचार

    चितवन, ९ असार
    आगामी असार २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘घर ज्वाइँ’ले प्रचारको लागि अटो रिक्साको प्रयोग गरेको छ ।

    फिल्मको बारेमा सबै दर्शकलाई थाहा होस् भन्दै निर्माण टिमले प्रोमोसनको कामलाई तीब्र बनाउँदै लगेको हो । प्रोमोसनको काम राजधानीमा मात्र केन्द्रित नभई राजधानी बाहिर पनि नेपाली चलचित्रलाई माया गर्ने दर्शक भएका कारण उनै दर्शकलाई मध्यनजर गर्दै निर्माण टीमले प्रोमोसनको यस्तो शैली प्रयोग गरेको हो ।

    शुक्रबार चितवनका विभिन्न स्थानमा रहेका अटो रिक्साको पछाडि ‘घर ज्वाइँ’ को पोस्टर टाँसेर फिल्मको थप प्रोमोसन गरिएको छ । चितवनको नारायगढको शहिद चोक, चौबीसकोठी,पुलचोक हुँदै पर्सा बजारमा रहेका अटोको पछाडि पोस्टर टाँसिएको हो। अटो रिक्सा शहर देखी गाउँ-गाउँसम्म पुग्ने साथै सामाजिक सञ्जालको पहुँच नहुने ठाउँमा पनि अटो रिक्साको प्रयोग हुने हुँदा यस्ता किसिमको प्रोमोसन शैलीले सबै बर्गका दर्शकलाई फिल्मको बारेमा सुचना पुग्ने निर्माण टीमले बताएको छ ।

    पछिल्लो समयमा मोफसलमा फिल्मको सेयर कलेक्सनसङ्गै चहलपहल बढ्दै गएको छ । धेरै फिल्मले राजधानी बाहिरबाटै लगानी उठाएका छन् । झनै चितवनको कुरा गर्ने हो भने,धेरै निर्माताको रोजाई चितवन बन्दै गएको छ । फिल्मको व्यापारको हिसाबले चितवन ठूलो आशा लाग्दो स्टेशन हो । यँहाका दर्शकले नेपाली फिल्मलाई माया गर्दै आएका छन् । नयाँ फिल्म चल्दा चासो लिने र फिल्म हेर्दै प्रतिक्रिया दिने र सधैं राम्रा नेपाली फिल्मलाई सहयोग गर्ने चितवनका दर्शक हरेक पल नेपाली फिल्म प्रति सकारात्मक छन् । चितवनको नारायगढमा तीन वटा फिल्म हल र पूर्वी चितवनको पर्सामा एउटा हल गरी चार वटा हलमा दर्शनको बाक्लो उपस्थितीले फिल्म चल्दा निर्माताको गोजी भरिदिएका छन् ।

    दर्शकलाई मध्यनजर गर्दै चितवनमा पनि ‘घर ज्वाईँ’को प्रचारलाई तीब्र पारिएको छ । चितवन सङ्गै राजधानी बाहिर बुटवल,पोखरा, दाङ, नेपालगन्जमा पनि फिल्मको प्रचारको काम तीब्र पारिदैछ ।

    अनिल बुढामगर निर्देशित फिल्म ‘घर ज्वाईँ’का निर्माता जनक घर्ती मगर हुन् । जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन ।

    पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका हुन्।

    ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय रहेको छ ।

  • सन्तोष सुनारको ‘अर्को जुनी’ म्युजिक भिडियो सार्वजनिक हुँदै

    सन्तोष सुनारको ‘अर्को जुनी’ म्युजिक भिडियो सार्वजनिक हुँदै

    चितवन, २६ जेठ
    ‘अर्को जुनी’ म्युजिक भिडियो सोमबार सार्वजनिक हुने भएको छ ।

    सन्तोष सुनारको निर्देशनमा रहेको उक्त गीतमा श्री कृष्ण आले र मेलिना राईको स्वर रहेको छ । गीतको संगीत रल्ली अर्यालले गरेका छन् ।

    गीतको सम्पादन ओम प्रकाशले गरेका छन् भने कोरियोग्राफी अबी वाग्ले र सुरेश देवलले गरेका छन्। म्युजिक भिडियो कमल थापाले रेकर्डिस्ट गरेका छन् ।

    म्युजिक भिडियो ‘अर्को जुनी’ सोमबार दिउँसो ४ बजे SHREE KRISHNA ALE नामक युट्युव च्यानलबाट सार्वजनिक गरिनेछ ।

  • नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : महामन्त्री थापा

    नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : महामन्त्री थापा

    मोरङ, २५ जेठ : 
    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक एवं सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।
    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले  कांग्रेस प्रतिपक्षमा  रहेकाले सोहीअनुसार भूमिका निर्वाह गर्ने र योबाहेक अन्य  कुनै विकल्पमा नजाने प्रष्ट पार्नुभयो ।
    महामन्त्री थापाले नेकपा (एमाले) अथवा नेकपा माओवादीसँग मिलेर सरकार बनाउने कुनै प्रयास र छलफल नगर्ने बताउनुभयो ।  पार्टी सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेका नेतृत्वसँग शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधानका कतिपय विषयमा पुनरावलोकन गरेर सङ्घीय गणतन्त्रलाई बलियो बनाउने विषयमा कुराकानी गरिरहेको जानकारी दिनुभयो ।
    महामन्त्री थापाले सरकारले सत्ताको दुरुपयोग गरी नागरिक समाजका व्यक्ति र सञ्चारकर्मीहरुमाथि प्रश्न उठाउने कार्य अविलम्ब बन्द गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेस दलीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएको चर्चा गर्दै संसद्मा अन्य पार्टीहरुले कांग्रेसको नीति, नेता, निर्णयका विरोध एवं प्रश्न गर्न पाउने अधिकारको सम्मान गर्ने बताउनुभयो ।
    उहाँले असारको तेस्रो हप्ताभित्र पार्टीभित्र थाति रहेका भातृ एवं वर्गीय सङ्गठनका महाधिवेशन गरी नेतृत्व समझदारीबाट टुङ्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
  • मिस प्लस साइज चितवन २०२४ को अडिसन भोलि नारायणगढमा हुने

    मिस प्लस साइज चितवन २०२४ को अडिसन भोलि नारायणगढमा हुने

    चितवन जेठ १५

    प्लस  साइज नेपालको आयोजनामा प्लस साईज ६० केजी भन्दा माथि तौल भएका १६ वर्ष देखि ३५ वर्ष सम्मका विवाहित तथा अविवाहित महिलाहरुको सुन्दरतालाई निखारता ल्याउने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने र नेतृत्वदायी भूमिका निर्वाहा गर्ने उद्येश्यले प्लस साइज नेपालले पहिलो पटक मिस प्लस साइज चितवन गर्न लागेको हो।

    हाल सम्म ४० भन्दा बढी प्लस साइज महिलाहरुले अडिसनको लागि आवेदन भरेका छन् भने ३० जना भन्दा बढी प्लस साइज महिलाहरु अडिसनमा सहभागिता हुने अनुमान गरिएको मिस प्लस साइज चितवनका निर्देशक रञ्जित क्षेत्रीले बताए।

    अडिसन भोलि दिउँसो १ बजेबाट हुने क्षेत्रीले जनाएका छन्।
    अडिसन बाट छनोट हुने प्लस साइज महिलाहरुलाई १५ दिनको तालिम दिइने छ। प्लस साइज चितवन २०२४ को ग्रान्ड फिनाले भने असारको दोस्रो साता हुने छ।

    चितवनसँगै पोखरा, धरान, बिर्तामोड, नेपालगञ्जमा पनि यो कार्यक्रम हुने प्लस साइज नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले बताए । यी शहरबाट छानिने विजेता र फर्स्ट रनर अपले काठमाडौंमा हुने मिस प्लस साइज नेपालमा सहभागी हुने अवसर पाउनेछन् । यस्तै मिस प्लस साइज नेपाललाई अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता सहभागी गराइने बस्नेतले जानकारी दिए ।