Category: मनोरञ्जन

  • नेपालमा धेरै कमाउने चलचित्र बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’

    नेपालमा धेरै कमाउने चलचित्र बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’

    काठमाडौं, कात्तिक २८-

    चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ग्रसकलेक्सनमा सबै नेपाली चलचित्रको रेकर्ड ब्रेक गरेको छ ।

    घरेलु बक्सअफिसमा इतिहास बनाउँदै यो चलचित्र सबैभन्दा धेरै कमाउने चलचित्र बनेको हो ।

    फिल्मले मंगलबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मले बुधबार २ करोडभन्दा धेरै कमाउने प्रक्षेपण गरिएको छ ।

    यसअघि चलचित्र ‘कबड्डी’का नाममा रहेको रेकर्ड पनि यो चलचित्रले ब्रेक गरेको उनले बताए । ‘कबड्डी–४’ले नेपाली बक्सअफिसमा २३ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।

     

  • ओटीटी रिलिजको १० दिनमा ‘बेहुली फ्रम मेघौली’ले कमायो ७६ लाख

    ओटीटी रिलिजको १० दिनमा ‘बेहुली फ्रम मेघौली’ले कमायो ७६ लाख

    काठमाडौँ, २० कात्तिक :

    ओटीटीमा रिलिज भएको १० दिनमा निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर ‘बेहुली फ्रम मेघौली’लाई १९ हजारभन्दा धेरै दर्शकले हेरेका छन् ।

    यो भ्यूजअनुसार फिल्मले ७६ लाख रुपैयाँभन्दा धेरै कमाइ गरेको छ । निर्माता तथा अभिनेता निश्चल बस्नेतले मंगलबार बेलुका ओटीटी भ्यूजको तथ्यांक सार्वजनिक गरेका हुन् ।

  • ‘पूर्णबहादुरको सारंगी’को पाँच दिने कमाइ ४ करोड ८७ लाख

    ‘पूर्णबहादुरको सारंगी’को पाँच दिने कमाइ ४ करोड ८७ लाख

    काठमाडौं, २० कात्तिकः 
    ‘पूर्णबहादुरको सारंगी’ले घरेलु बक्स अफिसमा आक्रामक ब्यापार गरेको छ ।

    वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विजय बराल स्टारर फिल्मको ५ दिने कमाइ सार्वजनिक गरेको छ ।

    १५ कात्तिक, विहिबार लक्ष्मीपूजाको दिनमा प्रदर्शनमा आएको फिल्मले १९ कात्तिक, सोमबारसम्म ४ करोड ८७ लाख ग्रस (४ करोड नेट) कमाइ गरेको छ । यो कूल कमाइबाट निर्मातालाई २ करोड नेट आम्दानी हुन्छ ।

  • माडीमा लाउरे र तृष्णा गुरुङको लाईभ कन्सर्ट हुने

    माडीमा लाउरे र तृष्णा गुरुङको लाईभ कन्सर्ट हुने

    चितवन, कार्तिक ६
    चितवनको माडीमा चर्चित -यापर लाउरे र लोकप्रिय गायिका तृष्णा गुरुङको लाईभ कन्सर्ट हुने भएको छ । तिहारको अवसर पारी माडी इभेन्ट्सको आयोजनामा आगामी कार्तिक १६ गते माडीको बसन्तपुरमा लाईभ कन्सर्ट हुन लागेको हो ।

    कार्तिक १६ गते मंगलबार साँझ ५ बजेदेखि बसन्तपुरको खुल्ला चौरमा लाईभ कन्सर्ट हुने माडी इभेन्ट्सका अध्यक्ष पदम पन्तले जानकारी दिएका छन् ।

    कन्सर्टमा चर्चित -यापर लाउरे (आशिष राना) र युवा पुस्तामाझ लोकप्रीय गायिका तृष्णा गुरुङले माडीबासीलाई झुमाउने छन् ।

    -यापर लाउरेका दर्जनौं -याप र गायिका गुरुङका दर्जनौं पप मेलोडी गीतहरु अति लोकप्रीय रहेका छन् ।

    हालै मात्र तृष्णाको “नाम के हो” गीतले बजार तताई रहेको छ। यस्तै, कार्यक्रममा ब्याड कम्पनी र कोल्याब ब्याण्डको लाइभ म्युजिक समेत रहने छ ।

    कार्यक्रममा साधारण टिकट शुल्क रू. ५०० र भि.आई.पी. टिकट शुल्क रू १००० रहेको छ। माडीको इतिहासमा पहिलपटक हुन लागेको यस भव्य लाईभ कन्सर्टमा माडी बाहिरबाट पनि हजारौ दर्शकहरुको सहभागिता रहने अपेक्षा गरिएको छ। हाल माडी कन्सर्ट (सिजन वन)को तयारी तीब्र पारिएको छ ।

  • ‘१२ गाउँ’ को एकसाताको कमाइ १० करोड बढी

    ‘१२ गाउँ’ को एकसाताको कमाइ १० करोड बढी

    चितवन,कात्तिक २-
    विराज भट्टको फिल्मले ‘१२ गाउँ’ पहिलोसाता आक्रामक व्यापार गरेको छ। विराजका छोरा समीर भट्टको डेब्यु फिल्मले एकसातामा १० करोड ५ लाख कमाइ गरेको हो।

    फिल्मका वितरक गोविन्द्र शाहीले फिल्मले एकसातामा १० करोडको व्यापार गरेको जानकारी दिए।

    ‘फिल्मलाई दर्शकहरुले निकै मन पराएका छन्। एकसातामा फिल्मले १० करोड ५ लाख ग्रस कलेक्सन गरिसकेको छ। हिजो पनि नेपालभरि हाउसफुल थिए। आज नी बिहानैदेखिकै शोहरुमा शतप्रतिशत अकुपेन्ची छ,’उनले भने।

  • ‘छक्का पञ्जा-५’ले एक सातामा कति कमायो ?

    ‘छक्का पञ्जा-५’ले एक सातामा कति कमायो ?

    काठमाडौं, कात्तिक १-
    चलचित्र ‘छक्का पञ्जा–५’ले एक सातामा १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । निर्माणपक्षका अनुसार सात दिनमा ‘छक्का पञ्जा–५’ले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

    “एक सातामा हाम्रो चलचित्रले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिनुभएको छ,” ‘छक्का पञ्जा–५’का कलाकार तथा निर्माता दीपकराज गिरीले भने ।

    गत बिहीबार अथवा फूलपातीका दिनदेखि यो चलचित्र रिलिज भएको थियो । ‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । जसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।

    ‘छक्का पञ्जा–५’सँगै ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ पनि रिलिज भएका थिए । ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले भने बक्सअफिस रिपोर्ट सार्वजनिक गरेका छैनन् ।

  • भोलिदेखि हलमा बेहुली फ्रम मेघौली नचलाउने निश्चल बस्नेतको घोषणा

    भोलिदेखि हलमा बेहुली फ्रम मेघौली नचलाउने निश्चल बस्नेतको घोषणा

    काठमाडौं, असोज ३०-
    फिल्म बेहुली फ्रम मेघौली हलबाट उतार्ने निर्माता एवं अभिनेता निश्चल बस्नेतले घोषणा गरेका छन्। उनले बिहीबारदेखि आफ्नो फिल्म कुनै पनि हलमा नरहने जानकारी दिएका हुन्।

    भोलिदेखि हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौं, निश्चलले फेसबुकमा लेखेका छन्।

    बेहुली फ्रम मेघौली घटस्थापनाको अवसर परेर असोज १७ गते रिलिज भएको थियो। निश्चल र स्वस्तिमा खड्काको लगानी रहेको यो फिल्मको शीर्ष भूमिकामा उनीहरूकै मुख्य अभिनय छ।

  • ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो मा टक्कर, क्यूएफएक्समा बराबरी शो

    ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो मा टक्कर, क्यूएफएक्समा बराबरी शो

    काठमाडौं असोज २९,
    चलचित्र ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो मा टक्कर देखिएको छ । सुरुमा ‘१२ गाउँ’को भन्दा धेरै शो ‘छक्का पञ्जा’ले पाएको छ ।

    देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा छैटौँ दिनमा आइपुग्दा ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो बराबरी छ । सुरुमा शो बाँडफाँट गर्दा क्यूएफएक्सले काठमाडौंका आफ्ना आउटलेटमा ‘छक्का पञ्जा–५’लाई ३८ शो दिएको थियो । ‘१२ गाउँ’ले २२ शो पाएको थियो ।

    त्यसयता विस्तारै ‘१२ गाउँ’ले शो बढाउँदै गएर छैटौँ दिनमा आइपुग्दा काठमाडौं उपत्यकाको क्यूएफएक्स चेनमा ‘छक्का पञ्जा–५’ जति नै पुर्याएको हो ।

    आज काठमाडौं उपत्यकामा क्यूएफएक्सले यी दुवै चलचित्रलाई बिहान साढे ८ बजेपछि समान २५र२५ शो दिएको छ । सिंगल थिएटरमा भने सुरुदेखि नै ‘१२ गाउँ’मा बढी क्रेज रहेको वितरक गोविन्द शाहीले बताएका छन् ।

    अन्य मल्टिप्लेक्समा केहीमा ‘छक्का पञ्जा–५’को शो धेरै छ भने केहीमा ‘१२ गाउँ’को शो बढी छ ।

    ‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । यसमा बिराज र समीर भट्ट मुख्य भूमिकामा छन् ।

    ‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । जसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।

    यी दुईवटै चलचित्र अधिकांश शो हाउसफुल अकुपेन्सीमा चलिरहेका छन् ।

     

  • सञ्जयको पहिलो अफिसियल गीत ‘कुरा बुझिदेउ न’ सार्वजनिक

    सञ्जयको पहिलो अफिसियल गीत ‘कुरा बुझिदेउ न’ सार्वजनिक

    चितवन, असोज १८ –
    गायक सञ्जय देवकोटाको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । देवकोटाको पहिलो गीत ‘कुरा बुझिदेउ न’ सार्वजनिक भएको हो ।

    कावासोतीको कावासोती सिने म्याक्समा प्रिमियम शोकाबीच उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा देवकोटासँगै अहिलेकी चर्चित तथा सर्वाधिक व्यस्त गायिका एलिना चैहानको स्वर रहेको छ । श्रीधर अधिकारीको शब्द रहेको गीतमा अधिकारीले नै संगीत भरेका छन् ।

    गीतको भिडियोमा चर्चित गायक तथा मोडल दुर्गेश थापा, सञ्जय देवकोटा स्वयं, संचिता बोलाके, प्रिंसिका श्रेष्ठ फिचर्ड छन् । भरतपुर र नवलपुरका बिभिन्न क्षेत्रमा छाँयाकन गरिएको गीतको भिडियोमा सञ्जय विश्वकर्माको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

    गीतको भिडियो सुरेश काफ्ले र आरडी दुलालले खिचेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् । सांगितिक कार्यक्रमहरुमा प्रस्तोता र गायकको रुपमा परिचित देवकोटाले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिकृया दिन आग्रह गरेका छन् । देवकोटा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरमा पनि आवद्ध रहेका छन् ।

    भिडियो :

  • ‘बेहुली फ्रम मेघौली’को प्रिमियर

    ‘बेहुली फ्रम मेघौली’को प्रिमियर

    काठमाडौं, असोज १७-
    चलचित्र ‘बेहुली फ्रम मेघौली’को प्रिमियर सम्पन्न भएको छ । भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स सिनेमा हलमा बुधबार भएको प्रिमियरमा कलाकारको ठूलो संख्यामा उपस्थिति थियो ।

    चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुक्ष्साल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारीलगायतको अभिनय छ ।

    ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । चलचित्रमा लगानी पनि अभिनेत्री स्वस्तिमा र निर्देशक निश्चलको छ । कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

    अभिनेता हरिवंश आचार्य, निर्देशक दीपेन्द्र के खनाल, सुजित बिडारी, प्रदीप भट्टराई, निर्माता दीपेश खत्री म्याक्स, रोहित अधिकारी, अभिनेता सलिनमान बानिया, सलोन बस्नेत, हास्य कलाकार केदार घिमिरे, निर्देशक तथा कोरियोग्राफर रेनेशा बान्तवा राई राणा, नायिका निरुता सिंहलगायत सिनेकर्मीको उपस्थिति रहेको थियो ।

    चलचित्र हेरेपपछि धेरैले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । कलाकारको अभिनयको खुलेर तारिफ गर्दै समाजमा घरघरमा रहेको कथा सिनेमाले उठान गरेको बताएका छन् ।