Category: शिक्षा

  • ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    चितवन साउन २७
    शैक्षिक परामर्श संस्था ग्लोबल रिचले यही आउंँदो भदौ २ गते भरतपुरमा शैक्षिक मेला गर्ने भएको छ । हरेक बर्ष जस्तै जनवरी फेब्रुअरी इन्टेकलाई लक्षित गर्दै भरतपुर ओरालो स्थित आफ्नै कार्यालय परिषरमा उक्त मेला गर्न लागेको हो ।

    संस्थाका चितवन शाखा प्रमुख सुरेश पौडेलले अष्ट्रेलिया जाने विद्यार्थी एव अभिभावकलाई कलेजका प्रतिनिधीसंँग प्रत्यक्ष परामर्श दिने उद्धेश्य सहित शैक्षिक मेला गर्न लागिएको चितवन आजलाइ जानकारी दिनुभयो । ‘

    हामीले चितवनमा हरेक बर्ष दुईपटक शैक्षिक मेला गर्दै आएका छौं, उहांँले भन्नुभयो, कलेज तथा युनिभर्सिटीका प्रतिनिधीसंँग प्रत्यक्ष परामर्श गर्न पाउनेछन ।’

    शैक्षिक मेलामा ८ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधिले परामर्श दिने उहांँले बताउनु भयो । मेलामा कुनैपनि संकायका व्याचलर देखि पिएचडीसम्मका विद्यार्थीले स्कलरसिप, फि स्ट्रक्चर , कोर्स लगायतका बिषयमा परामर्श लिनसक्ने छन ।

    सहभागी विद्यार्थी तथा अभिभावकलाई मायाको चिनो उपलब्ध गराइने छ । शैक्षिक डकुमेन्ट तयार भएका विद्यार्थीले अन द स्पट एप्लाई गर्न सकिने उहांँले बताउनु भयो ।

  • ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    चितवन साउन २७
    अथक एवम् पृथक पहलबाट आफ्नो समुदायमा रचनात्मकता प्रदर्शन गरेका तथा शैक्षिक उपलब्धिभन्दा माथि उठेर समाजमा सकारात्मक प्रभाव पार्ने १३ देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरीहरूलाई पहिचान गरी सशक्त बनाउन गोल्छा ग्रुपद्वारा हरेक वर्ष सञ्चालन गरिने ‘ग्लोकल टीन हिरो’को २०२५ को ११औँ संस्करणमा ‘२० वर्षमुनिका २० जना’मा चितवनका युवा अभियन्ता साजन अधिकारी चयन भएका छन् ।

    किशोर–किशोरीहरूलाई सुखसयलको भोगभन्दा माथि उठेर उद्यमशील सोच राख्न र नेतृत्व क्षमताको विकास गर्ने लक्ष्यका साथ आयोजना गरिने उक्त मञ्चमा सूचना प्रविधिमार्फत दिगो विकासको लक्ष्य प्राप्तिका लागि विविध क्रियाकलाप सञ्चालन गरिरहेका चितवनको भरतपुर महानगरपालिका–१४ का अधिकारी यसपटक चितवनबाट छनोट भएका हुन् ।

    ११औँ संस्करणमा प्रतिस्पर्धा गर्न देशभरबाट आवेदन दिएका ७ सय ८६ जनामध्ये उनी २० जनाभित्र पर्न सफल भएका हुन् । आवेदकहरूले समाजमा पुर्‍याएको योगदानको समीक्षापश्चात ती २० जना छनोट भएका हुन् । आयोजकले आवेदकहरूबाट पेस भई दाबी गरिएका तथ्यउपर विस्तृत समीक्षा गरी अन्तिम २० जनाको नाम सार्वजनिक गरेको हो ।

    प्रविधि, सामाजिक सक्रियता, उद्यमशीलता, वातावरण संरक्षणसम्बन्धी क्रियाकलाप, कला क्षेत्र र स्वास्थ्य सचेतनासम्बन्धी अभियान सञ्चालन गरेका देशभरका आवेदकहरूबाट छानिएका २० जना मध्येका साजन अधिकारी विशेषतः सूचना प्रविधिमार्फत देश तथा विदेशमा सचेतता फैलाउन प्रयासरत किशोर हुन् । उनले सञ्चालन गरेको ‘इनिसिएसन लक्ष्य’ले नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, जाम्बियालगायतका देशमा साइबर सुरक्षाबारे दिगो विकास लक्ष्यको अभियान सञ्चालन गरिरहेको छ । आयोजकले यी २० जना मध्येबाट छ जना चुन्नेछ । फाइनलका लागि चुनिएका छ जनाबीच स्पर्धा हुनेछ ।

    चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीबाट भर्खरै कक्षा १२ को परीक्षा उत्तीर्ण उनले विश्वप्रसिद्ध ‘टेड’अन्तगर्त ‘टेडएक्स अङ्कुरम् एकेडेमी युथ’ इभेन्टको मुख्य आयोजककर्ता भई ‘लाइसेन्सी’को भूमिका निर्वाह गरेका थिए । उक्त इभेन्टमा सात जना वक्ताले ‘टेडएक्स टक’ गरेका थिए । काठमाडौँ उपत्यकाबाहिर विद्यालयस्तरमा नेपालमै पहिलोपटक आयोजित उक्त इभेन्टका सातवटै भिडियो ‘टेडएक्स’ मा अपलोड हुन सफल उनले बताए ।

    अध्ययन सँगसँगै अतिरिक्त क्रियाकलापमा विशेष दख्खल राख्ने उनी विद्यार्थी गुणीय चक्र (एसक्युसी) चितवन हवका सचिवसमेत हुन् । विद्युतीय साक्षरता, युवा सशक्तीकरण र शिक्षाको सहज पहुँचका लागि क्रियाशील उनी नेपाल स्काउटको रोभर तथा स्क्र्याबलको मेन्टर पनि हुन् ।

    उनले विश्वकै सबैभन्दा धेरै विद्यार्थी भएको सिटी मन्टेश्वरी स्कुल लखनउबाट ‘कोफास’मा कम्युटर भाइरससम्बन्धी सचेतना फैलाउने गेम निर्माण गरी दोस्रो स्थान हासिल गरेका थिए ।
    युवाहरूलाई डिजिटलरूपमा सक्षम, मानसिकरुपमा सुदृढ र सामाजिकरूपमा जिम्मेवार बनाउन अनवरत प्रयास गरिरहहेका अधिकारी विश्वप्रसिद्ध ‘कोर्ष प्रोभाइडर’ ‘कोर्सेरा’ले ‘रिकोग्नाइज’ गरेका हालसम्म नेपालका एक जना मात्र व्यक्ति हुन् ।

  • गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

    गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

    गैँडाकोट साउन २६
    अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ‘अक्सफोर्ड मेला २०२५’ गैँडाकोटस्थित कलेज प्राङ्गणमा भव्य रूपमा सुरु भएको छ।

    तीन दिनसम्म सञ्चालन हुने यस मेलाको उद्घाटन पोखरा विश्वविद्यालय व्यवस्थापन विभागका डिन, एसोसिएट प्रोफेसर डा. दयाराज ढकालज्यूले गर्नुभयो। उद्घाटन सत्रमा उहाँले अक्सफोर्ड कलेजलाई पोखरा विश्वविद्यालय अन्तर्गतको सर्वोत्कृष्ट शैक्षिक संस्थामध्ये एक रहेको उल्लेख गर्दै, अध्ययन-अध्यापनसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा यसको योगदान प्रशंसनीय भएको बताउनुभयो। साथै, मेलाले विद्यार्थीहरूलाई नवप्रवर्तन, अनुसन्धान र व्यावहारिक सीप विकासमा संलग्न हुन प्रेरणा दिने अपेक्षा व्यक्त गर्नुभयो।

    गैँडाकोट नगरपालिकाका नगर प्रमुख श्री मदनभक्त अधिकारीज्यूले अक्सफोर्ड कलेजको विभिन्न सामाजिक र शैक्षिक पहलले गैँडाकोटको प्रतिष्ठा उच्च बनाएको उल्लेख गर्दै, गैँडाकोटलाई शैक्षिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न यस मेलाले महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।

    गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री अमृत भट्टचनज्यूले मेलाले विद्यार्थीको क्षमता विकासमा कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्दै, वैदेशिक शिक्षातर्फको बढ्दो प्रवृत्ति न्यूनीकरण गर्न नीतिगत पहल आवश्यक रहेको बताउनुभयो।

    यस अवसरमा प्रज्ञा एकेडेमी, मध्यविन्दु बहुमुखी क्याम्पस, वाइज भिजन स्कूल, सेन्ट्रल इङ्लिस स्कुल, नोबेल एकेडमी, सिद्धि विनायक आवासीय माध्यमिक विद्यालय, नेपाल आदर्श शिक्षा सदन, ग्लो साइन एकेडमी, मदरल्याण्ड एकेडमी, ओशन एकेडमी र भ्याली स्टेट कलेजलगायत ११ प्रतिष्ठित शैक्षिक संस्थासँग अक्सफोर्ड कलेजबीच शैक्षिक सहकार्यसम्बन्धी सम्झौता (MOU) हस्ताक्षर गरिएको छ। कलेजका प्राचार्य प्रा. डा. ई. हरि भण्डारीज्यूले सम्झौता अन्तर्गत शिक्षक तथा कर्मचारी तालिम, विद्यार्थी तालिम, गेस्ट क्लास, प्रयोगशाला तथा स्रोतको साझेदारी र पुस्तकालय पहुँच जस्ता पहलहरू सञ्चालन गरिने जानकारी दिनुभयो। साथै, यस वर्ष २५ विद्यालयसँग सहकार्य गर्ने लक्ष्य राखिएको समेत बताउनुभयो।

    अक्सफोर्ड कलेजका सहायक प्राचार्य कृष्णहरि पौडेलज्यूले उद्घाटन सत्रका सम्पूर्ण गतिविधि सुमधुर र समन्वित ढंगले सञ्चालन गर्दै, कक्षा १२ पास गरेपछि सीपबिना विदेश जानुभन्दा देशमै अध्ययन गर्दै दक्षता हासिल गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। मेलामा कोड वार, ब्रिज मोडलिङ, सर्किट डिजाइन, बिजनेस पिच प्रतियोगिता, मोकटेल, कुकिङ विथआउट फायर, आर्ट तथा पोस्टर डिजाइन, क्विज, पब्लिक स्पिकिङ च्यालेन्ज, प्यानल डिस्कसन, करियर गाइडेन्स सेसन, पब्जी टुर्नामेन्ट र बास्केटबल टुर्नामेन्टसहित १३ विविध कार्यक्रम समावेश छन्। पहिलो दिन पब्जी र बास्केटबल प्रतियोगिता तथा सांस्कृतिक प्रस्तुति सम्पन्न भएका छन् भने आगामी दिनहरूमा शैक्षिक प्रदर्शनी, नृत्य–संगीत, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू हुनेछन्।

    वि.सं. २०५७ सालदेखि पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गर्दै उच्च शिक्षा क्षेत्रमा प्रवेश गरेको अक्सफोर्ड कलेजले हाल स्नातक तहका ६ र स्नातकोत्तर तहको १ कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थापना कालदेखि नै शैक्षिक उत्कृष्टता कायम राख्दै आएको यस कलेजले डीन लिस्ट, गोल्ड मेडल तथा राष्ट्रियस्तरका उपलब्धिहरू हासिल गर्दै आफ्नो शैक्षिक पहिचान मजबुत पारेको छ।

     

  • प्याराडाइज इन्फोटेकको ५औं वार्षिकोत्सव : एक युवाको सपना, सयौँको विश्वास, र आईटीको उज्ज्वल भविष्य!

    प्याराडाइज इन्फोटेकको ५औं वार्षिकोत्सव : एक युवाको सपना, सयौँको विश्वास, र आईटीको उज्ज्वल भविष्य!

    चितवन, ८ अगस्ट —
    नेपालको प्रमुख सूचना प्रविधि कम्पनी प्याराडाइज इन्फोटेकले स्थापना भएको ५ वर्ष पूरा भएको अवसरमा उत्साहका साथ आफ्नो ५औं वार्षिकोत्सव मनाएको छ।

    सन् २०१९ मा एक युवाले सुरु गरेको सानो आईटी स्टार्टअप आज ४० भन्दा बढी दक्ष र समर्पित सदस्यहरूको बलियो टिममा विकसित भएको छ। कम्पनीका CEO गबिश खनाल र उहाँकी जीवनसंगीनी सबिना कार्कीको दूरदृष्टि, माया र निरन्तर सहयोग यस यात्राको मूल प्रेरणा बनेको कम्पनीले जनाएको छ।

    नेपालमा आईटी क्षेत्रमा असीम सम्भावनामा दृढ विश्वास राख्दै, प्याराडाइज इन्फोटेकले विगत पाँच वर्षमा वेब तथा सफ्टवेयर विकास, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन लगायत विविध प्रविधि आधारित समाधानहरू प्रदान गर्दै आएको छ। कम्पनी काठमाडौं र चितवन कार्यालयबाट सेवा उपलब्ध छन्।

    विशेषतः, चितवन शाखा, जुन २ वर्ष पुरा भइसकेको छ, शाखा प्रमुख प्रमेेश्वर धरेलको नेतृत्वमा वेब तथा सफ्टवेयर विकास, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन लगायत विभिन्न तालिमहरू सञ्चालनमा छ। यी तालिमहरूले चितवनका विद्यार्थी र आईटी क्षेत्रमा आफ्नो भविष्य बनाउने इच्छुक युवाहरूलाई अत्यावश्यक सीप र ज्ञान प्रदान गर्दै आएका छन्।

    पाँच वर्षको छोटो अवधिमा, प्याराडाइज इन्फोटेकले आफ्नै उत्पादनहरू पनि विकास गरेको छ — ‘Sajilo Attendance’ नामक हाजिरी व्यवस्थापन प्रणाली, जसले ग्राहकहरूबाट व्यापक प्रशंसा पाएको छ। कम्पनीले निरन्तर नयाँ र आधुनिक प्रणालीहरू विकास गर्दै नेपालका व्यवसाय र संस्थाहरूलाई अझ सहज र प्रभावकारी समाधान प्रदान गर्ने लक्ष्य लिएको छ।

    CEO गबिश खनालले भने—

    “हाम्रो सफलता टिमको अथक मेहनत, ग्राहक र साझेदारहरूको विश्वास, र परिवार तथा साथीहरूको माया र समर्थनको परिणाम हो। एक जना बाट सुरु भएको यो यात्रा आज ४० सदस्यको परिवारमा परिणत हुनु हामी सबैका लागि गर्वको विषय हो।”

    प्याराडाइज इन्फोटेकले भविष्यमा नयाँ प्रविधि र नवप्रवर्तनमार्फत नेपालको आईटी क्षेत्रलाई अझ सशक्त र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित सबै ग्राहक, साझेदार, टिम सदस्य र समर्थकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

  • वीरेन्द्र बहुमुखी क्याम्पस र प्याराडाइज इन्फोटेकबीच सम्झौता, आईटीका विद्यार्थीले लाभ लिन सक्ने

    वीरेन्द्र बहुमुखी क्याम्पस र प्याराडाइज इन्फोटेकबीच सम्झौता, आईटीका विद्यार्थीले लाभ लिन सक्ने

    चितवन, साउन २१ –
    सूचना प्रविधि क्षेत्रमा पारस्परिक सहकार्यको अभिप्रायले वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन र प्याराडाइज इन्फोटेक प्रा.लि. (Paradise IT Solution Pvt. Ltd.) बीच मिति २०८२ साल साउन २१ गते औपचारिक रूपमा समझदारीपत्र (Memorandum of Understanding – MOU) मा हस्ताक्षर गरिएको छ ।

    यस समझदारी अनुसार, प्याराडाइज इन्फोटेक प्रालिले विद्यार्थीहरूलाई व्यवहारिक आईटी (IT) तालिम, इन्टर्नसिप, काउन्सेलिङ सेवा साथै रोजगारीका अवसरहरू प्रदान गर्नेछ भने क्याम्पसले यी गतिविधिहरूका लागि आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउने व्यवस्था मिलाउनेछ ।

    सम्झौता कार्यक्रममा क्याम्पस प्रमुख डा. प्रेमसागर भण्डारी र प्याराडाइज इन्फोटेकका चितवन शाखा प्रबन्धक प्रमेश्वर धरेलले हस्ताक्षर गरेका छन् ।

  • चितवन प्रशासनको कडा कदम : ४५ कन्सलटेन्सी भोलिबाट सिल हुने (सूचि सहित)

    चितवन प्रशासनको कडा कदम : ४५ कन्सलटेन्सी भोलिबाट सिल हुने (सूचि सहित)

    चितवन साउन २२
    आवश्यक कानुनी कागजात नपेस गरेका कारण चितवन जिल्लामा सञ्चालित ४५ वटा शैक्षिक कन्सलटेन्सीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनले कडा कदम चालेको छ। कागजात पेस नगर्ने कन्सलटेन्सीहरूलाई तत्काल बन्द गर्न र उनीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको हो।

    प्रशासनले प्रशासकीय अधिकृत मदन थिङद्वारा जारी एक सूचना मार्फत ती कन्सलटेन्सीहरूलाई साउन २२ गतेसम्मका लागि तोकिएको अन्तिम समयसीमा दिँदै, आवश्यक कागजातहरू जस्तै दर्ता प्रमाणपत्र, नविकरण कागजात, कर विवरण, र कार्यान्वयन सम्बन्धी विवरणहरू पेस गर्न आग्रह गरेको थियो। तर, ४५ वटा कन्सलटेन्सीले सो समयमा कागजात पेस नगरेको पाइएपछि प्रशासनले कडा निर्णय लिएको हो।जिल्ला प्रशासनको निर्देशनपछि सम्भवत भोलिदेखि चितवन प्रहरीले ती कन्सलटेन्सीहरूमा ताला लगाउने छ।

  • शिक्षा समिति बैठक : शिक्षक बढुवा तीन प्रकारले गर्ने प्रस्ताव पारित

    शिक्षा समिति बैठक : शिक्षक बढुवा तीन प्रकारले गर्ने प्रस्ताव पारित

    काठमाडौं,२१ साउन –
    प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ ।

    समितिको आजको बैठकले विद्यायलय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित गरेको हो ।

    आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव बैठकबाट पारित भएको हो ।

    परामर्श उपसमितिमा भएको सहमतिको आधारमा प्रस्तुत उक्त प्रस्ताव समितिको बैठकमा छलफल भएको हो ।

  • शिक्षा समितिको बैठक सुरु, परामर्श उपसमितिको प्रतिवेदन पेस

    शिक्षा समितिको बैठक सुरु, परामर्श उपसमितिको प्रतिवेदन पेस

    काठमाडौं,२१ साउन-
    विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले बसिरहेको छ ।

    बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव सभापति अम्मरबहदुर थापाले प्रस्तुत गरेका छन् ।

    परामर्श उपसमितिले शिक्षक बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव गरेको छ भने शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव गरिएको छ ।

    यसैगरी परामर्श उपसमितिले शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने प्रस्ताव गरेको छ ।

    नेपाल शिक्षक महासंघको सदस्य भएकै कारणले थप सेवा सुविधा प्राप्त गर्न र आफ्नो जिम्मेवारी वा दायित्व निर्वाह गर्नबाट कुनै किसिमको छुट नपाउने प्रस्तावमा उल्लेख छ ।

    पूर्ण छात्रवृत्ति सम्बन्धी व्यवस्थामा निजी लगानीमा सञ्चालित विद्यालयले शिक्षा सम्बन्धी प्रचलित कानुनमा तोकिए बमोजिम प्रदान गर्नुपर्ने छात्रवृत्ति पूर्ण छात्रवृत्तिका रूपमा उपलब्ध गराउनु पर्ने प्रस्ताव छ ।

    गत २२ असारमै विधेयक पास गर्ने तयारी थियो । तर शिक्षक महासंघको मागका विषयमा फरक-फरक प्रस्ताव आएपछि शिक्षामन्त्री रघुजी पन्तले सहमतिका लागि समय मागेका थिए । समितिले ५ दिनको समय दिएको थियो ।

  • प्याराडाइज इन्फोटेक चितवनमा आईटी सम्बन्धी कक्षामा ५० प्रतिशत छुटको अवसर

    प्याराडाइज इन्फोटेक चितवनमा आईटी सम्बन्धी कक्षामा ५० प्रतिशत छुटको अवसर

    चितवन, साउन २१ –
    सूचना प्रविधि क्षेत्रमा चार वर्षदेखि निरन्तर सेवा गर्दै आएको प्याराडाइज इन्फोटेक (Paradise InfoTech) ले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा विशेष छुट घोषणा गरेको छ।

    प्याराडाइज इन्फोटेकले आगामी साउन २४ गते (August 8) को दिन आफ्नै कार्यालय, प्याराडाइज इन्फोटेक चितवनमा आएर भर्ना हुने सम्पूर्ण विद्यार्थीहरूलाई वेभ डेभलपमेन्ट, ग्राफिक डिजाइन, एसईओ, डिजिटल मार्केटिङ् (Web Development, Graphic Design, SEO, Digital Marketing) लगायतका सबै कोर्सहरूमा पचास प्रतिशत (५०%) छुट दिने भएको छ।

    यो वार्षिकोत्सव विशेष अफर साउन २४ गते मात्र लागु हुनेछ । सिमित समयका लागि मात्र मान्य हुने भएकाले इच्छुक विद्यार्थीहरूले आफ्नो सीट तुरुन्तै बुक गर्न आग्रह गरिएको छ।

    आफ्नो नाम बुक गर्नका लागि तल दिएको नम्बरमा फोन गर्न सकिन्छ वा प्याराडाइज इन्फोटेकका सामाजिक सञ्जाल प्लेटफर्ममा मेसेज पठाएर पनि आफ्नो सीट सुरक्षित गर्न सकिन्छ। कार्यालयमा गएर सिधै पनि नाम दर्ता गर्न सकिन्छ।

    थप जानकारीका लागि सम्पर्क गर्नुस् :

    ???? 3rd Floor, Sarswoti Tower, Hakim Chowk, Bharatpur-10 (तेश्रो तला, सरस्वती टावर, हाकिम चोक, भरतपुर- १०)
    ???? 056-511432 | ???? 9802358601

  • OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

    गैँडाकोट साउन २२
    गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM) ले आगामी साउन २५, २६ र २७ गते आयोजना गर्न लागेको “Oxford Mela 2025” र शिक्षासेवी स्व. राम प्रसाद चापागाईं “चञ्चल” को स्मृतिमा घोषणा गरिएको ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक गरेको छ।

    आज आयोजित पत्रकार सम्मेलनमा कलेजका प्राचार्य प्रा.डा. ई. हरि भण्डारीले OCEM ले विगत २५ वर्षदेखि गुणस्तरीय, व्यवहारिक र उद्योगमैत्री शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै, “अब हामी ‘Oxford Mela 2025’ मार्फत युवाहरूमा सिर्जनशीलता, नेतृत्व क्षमता र करियर मार्गदर्शनको अवसर सिर्जना गर्न खोजिरहेका छौँ,” भने। उहाँले यो मेलाले विद्यार्थीहरूलाई प्राविधिक, शैक्षिक र खेलकुदका विभिन्न गतिविधिहरूमा सहभागी गराई उनीहरूको प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

    मेलामा १६ देखि २१ वर्ष उमेर समूहका प्लस टु सकेका विद्यार्थीहरूलाई लक्षित गरी कोड वार, ब्रिज मोडलिङ, सर्किट डिजाइन, व्यापार प्रस्तुति, पोस्टर डिजाइन, क्विज, पब्लिक स्पिकिङ, प्यानल छलफल, करियर गाइडेंस, PUBG र बास्केटबल टुर्नामेन्ट जस्ता कार्यक्रमहरू सञ्चालन हुनेछन्।

    कलेजले यसै अवसरमा शिक्षामा समर्पित प्रमुख सल्लाहकार स्व. राम प्रसाद चापागाईं “चञ्चल” को १३औँ पुण्य तिथिमा उहाँको नाममा ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक गरेको छ। योजना अन्तर्गत BE Civil र BE Electrical & Electronics अध्ययनरत एक–एक छात्र तथा छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। छात्रवृत्तिको कुल वार्षिक मूल्य रु. २० लाख ४५ हजार रहेको छ। छनोट प्रक्रियामा शैक्षिक योग्यता, आर्थिक अवस्था र अनुशासनलाई प्रमुख आधार मानिनेछ।

    कार्यक्रम सञ्चालन गरेका भाइस प्रिन्सिपल कृष्णहरि पौडेलले सञ्चारकर्मीहरूलाई शिक्षा क्षेत्रप्रति निरन्तर सहयोग र सहकार्यका लागि धन्यवाद दिएका थिए भने कलेजले शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राखेर आगामी दिनमा अझ प्रभावकारी शिक्षण प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।