Category: शिक्षा

  • मेट्स इन्टरनेशनल, चितवनको १७औँ  वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

    चितवन भदौ २२
    मेट्स इन्टरनेशनल, चितवनले आज ७ सेप्टेम्बरका दिन आफ्नो १७औँ वार्षिकोत्सव विशेष उत्सवका साथ सम्पन्न गरेको छ।

    सन् २००८ को आजकै दिन (७ सेप्टेम्बर) मेट्स इन्टरनेशनलले आफ्नो तेस्रो शाखा चितवनको भरतपुर–नारायणगढमा स्थापना गर्दै सेवा सुरु गरेको थियो। त्यही अफिसमार्फत विगत १७ वर्षदेखि हजारौं विद्यार्थीहरूको शैक्षिक यात्रा र भविष्य निर्माणमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ। विद्यार्थीहरूको विश्वास, परिश्रमी टिम र सहयोगी साझेदारहरूको साथले मेट्स इन्टरनेशनलले आजसम्मको सफल यात्रा तय गरेको छ।

    मेट्स इन्टरनेशनल नेपालमा मात्र नभई विश्वका विभिन्न मुलुकहरूमा आफ्नो सशक्त उपस्थिति कायम गर्दै आएको एक अग्रणी शैक्षिक परामर्श संस्था हो। हाल संस्थाका कार्यालयहरू नेपालका प्रमुख शहरहरूसँगै अष्ट्रेलिया, फिजी, फिलिपिन्स, भारत लगायतका देशहरूमा सञ्चालनमा छन्। यी कार्यालयमार्फत विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षण संस्थामा भर्ना, भिसा प्रक्रिया, छात्रवृत्ति अवसर तथा करियर काउन्सिलिङमा निरन्तर सहयोग पुर्‍याइँदै आएको छ।

    विगत १७ वर्षदेखि विद्यार्थीहरूको शैक्षिक भविष्य निर्माणमा संलग्न मेट्स इन्टरनेशनलले हजारौं विद्यार्थीलाई अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजमा अध्ययन र करियरमा सफलतापूर्वक अघि बढ्न मद्दत पुर्‍याएको छ। यस अवधिमा प्राप्त विश्वास, सफलता र अनुभवकै आधारमा मेट्स इन्टरनेशनल आज दक्षिण एसियाली क्षेत्रकै सबैभन्दा विश्वसनीय शैक्षिक परामर्श संस्था मध्ये एकको रूपमा स्थापित भएको छ।

    यस यात्रालाई सम्भव बनाउन विद्यार्थी र अभिभावकको विश्वास, टिम सदस्यहरूको अथक परिश्रम, सञ्चार माध्यमको सहयोग, सहकर्मी तथा परिवारजनको निरन्तर समर्थनले महत्वपूर्ण भूमिका खेलेको छ।

    यस विशेष अवसरमा, मेट्स इन्टरनेशनल परिवारले सम्पूर्ण विद्यार्थी, अभिभावक, टिम सदस्य, सञ्चार माध्यम, सहकर्मी तथा परिवारजनप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

  • ‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

    ‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

    चितवन,१८ भदौ –
    सङ्घीय संसद्मा पेस भएको विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलित निजी विद्यालयहरूका संगठन प्याब्सन, एनप्याब्सन, हिसान, अपिनलगायतका संस्थाद्वारा बुधबार विरोधस्वरूप खबरदारी सभाको आयोजना गरिएको छ । भरतपुरस्थित चौबिसकोठी चोकमा भएको खबरदारी सभामा चितवनका सम्पूर्ण पालिकास्थित निजी विद्यालयहरूमा कार्यरत, प्रधानाध्यापक, शिक्षक÷शिक्षिका तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

    निजी विद्यालयहरू बन्द हुनेगरी ल्याउन खोजिएको ऐनले निजी विद्यालयहरूको घाँटी निमोठिने र यो ऐन लगानीमैत्री नरहेको भन्दै साउन २९ गतेदेखि निरन्तर आन्दोलनमा रहेका निजी विद्यालयहरूमा नियमित कक्षाहरू भने सञ्चालनमै छन् । विधेयकमा समावेश भएको १५ प्रतिशत पूर्ण छात्रवृत्ति र गैरनाफामूलक शब्द तथा उच्च शिक्षाको छात्रवृत्तिमा भएको विभेदलगायतका विषयमा आपत्ति जनाउँदै निजी विद्यालयहरु आन्दोलनमा छन् ।

    खबरदारी सभालाई सम्बोधन गर्दै मेट्रो प्याब्सन भरतपुरका अध्यक्ष मीनराज बस्ताकोटीले निजी विद्यालयको मर्का बुझिदिन राजनीतिक दलका प्रतिनिधि, माननीय सांसदहरू, सञ्चारकर्मी तथा अभिभावक सबैलाई आग्रह गरे । कक्षाकोठामा हुनुपर्ने शिक्षक सडकमा उत्रिनु परेको भन्दै उनेले आफूहरूको यो वाध्यतालाई कमजोरी नठान्न आग्रह गरे । कम्पनी ऐनअनुसार नियमबमोजिम कर तिर्ने विद्यालयहरूलाई गैरनाफामूलक भनिनु आफैमा विरोधाभास रहेको उनको भनाइ थियो ।

    बस्ताकोटीले ‘सडकमा स्कुल बस ते¥स्याएर निजी स्कुलको रमिता’ भन्ने केही अनलाइन मिडिया र युट्युबहरूको समाचारप्रति आपत्ति जनाउँदै भने, ‘तपाईंको कलम भाँचिइयो, तपाईंको क्यामेरा तोडिइयो भने कसरी सञ्चारकर्म गर्नुहुन्छ ?’ उनले आग्रही–पूर्वाग्रही नभई तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गरिदिन सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकालले निजी विद्यालयहरूले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइरहेको र विद्यालयलमा उत्पादन नहुने र विद्यालयले पनि किन्नुपर्ने वस्तुहरू पोसाश, पुस्तक, खाना तथा प्रयोगशालालगायतका शुल्कमा छात्रवृत्ति प्रदान गर्न नसकिने बताए । राज्यले चाहेजस्तो छात्रवृत्ति उपलब्ध गराउन बाँकी विद्यार्थीले बढी शुल्क तिर्नुपर्ने अवस्था आउने बताउँदै उनले ‘एउटा छोराको गाँस काटेर अर्को छोरा पढाउन नसकिने’ बताए ।

    त्यस्तै खबरदारी सभालाई सम्बोधन गर्दै प्याब्सन बागमती प्रदेश सल्लाहकार टीकाराम चपाईंले समाजवाद उन्मुख भनिएको हाम्रो संविधानले स्वास्थ्य, शिक्षालगायतका आधारभूत आवश्यकतालाई निःशुल्क भनिए पनि व्यवहारतः त्यस्तो नभएको बताए । उनले भने, ‘राज्यले आफ्ना कर्तव्य पूरा गरोस्, हामी सरकारले भनेजस्तो गर्न तयार छौँ ।’ संविधानले व्यक्तिगत सम्पत्तिको अधिकार प्रत्याभूत गरेकोमा सरकार त्यसको बर्खिलाप हुनेगरी कार्य गर्न उद्यत रहेको भन्दै उनले आफूहरूको लगानी फिर्ता गरिए आफूहरू सरकारले भनेजस्तो गर्न तयार रहेको बताए । ‘कम्पनी ऐनअनुसार काम गर भनिएको छ, लगानी गर भनिएको छ तर फाइदा चै खान पाउँदैन भनिएको छ, यो चैँ ‘बाँदरले आफ्नो घर नबनाउने र अरूको घर पनि भत्काइदिएजस्तै हो’, उनले भने । आफूहरूको आग्रहलाई कमजोरी नठान्न चेतावनी दिँदै उनले भने ‘सरकारको यो कदम उद्यमशिलता विरोधी छ ।’ उच्च शिक्षाको ४५ प्रतिशत छात्रवृत्तिमा संस्थागत विद्यालयका विद्यार्थीलाई विभेद गरिएको बताउँदै उनले यो ऐनले धेरै क्षेत्रमा असर पु¥याउने भएकोले विरोधमा ऐक्यबद्धता जनाउन आग्रह गरे ।

    प्याब्सन केन्द्रीय समिति प्रतिनिधि कीर्तिनिधि अर्यालले शिक्षा क्षेत्रलाई तहसनहस पारेर समृद्धि नआउने भन्दै बताउँदै कानुन निर्माणको तहमा पुगेका निजी स्कुल पढेका माननीयहरूले त्यसलाई बिर्सिएको बताए । निजी विद्यालयले विश्वव्यापीरूपमा स्पर्धा गर्ने जनशक्ति निर्माण गरेको ९० प्रतिशत नतिजा दिएको बताए । उनले उच्च शिक्षाका लागि सरकारले उपलब्ध गराउने ४५ प्रतिशत छात्रवृत्तिमा निजी विद्यालयका विद्यार्थीलाई स्पर्धाबाट वञ्चित गरेर सरकार नै दुईथरि शिक्षाको अभ्यास गरेको बताए । उच्च शिक्षाको छात्रवृत्ति क्षमता र दक्षताको आधारमा हुनपर्ने उनको माग थियो ।
    आन्दोलनमा सहभागी विद्यालयका प्रअहरूको तर्फबाट विरोध कार्यक्रमलाई सम्बोधन गर्दै डेजी इङ्लिस स्कुलका प्रिन्सिपल प्रेमराज रिमालले निजी विद्यालयहरूले अभिभावकका जायज मागलाई सौहार्दपूर्ण सम्बोधन गर्ने र निजी विद्यालयप्रति देखिएको अभिभावकको आकर्षण नै निजी विद्यालय अब्बल रहेको प्रमाण भएको बताए । आफूहरूले पनि नारायणी नमुना माविजस्ता स्कुलहरूबाट सिक्ने मौका पाएको बताउँदै आफूहरू साझेदारीका लागि तयार रहेको बताए । ‘अङ्ग्रेजी बोल्दैमा र दुई÷चार विषयमा डिग्री गर्दैमा कोही पनि शिक्षाविद् हुँदैन’, उनले भने । उनको यो भनाई रास्वपा सांसद सुमना श्रेष्ठप्रति लक्षित थियो ।

    उनले आफूहरूको यो लडाइँ निजी शिक्षण संस्थाको मात्र नभएको र सरकार लाखौँ बालबालिकाको भविष्य बर्बाद पार्न उद्यत रहेको आरोप लगाए । उच्च शिक्षाको ४५ प्रतिशत छात्रवृत्तिमा कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमै पढेको हुनुपर्ने विभेदकारी नीतिले योग्य विद्यार्थी वञ्चित हुनुपर्ने अवस्था रहेको बताउँदै उनले निजी विद्यालयले बालबालिकाको सिर्जनात्मक सीपमा लगानी गरिरहेको बताए । ‘शुल्क लिन नपाउने, जबरजस्ती छात्रवृत्ति दिनुपर्ने अनि सरकारले भनेजस्तो सुविधासम्पन्न भवन, प्रयोगशाला, खेलमैदान र कक्षाकोठा पनि बनाउनुपर्ने’ भन्ने कुरा आफैमा विरोधाभासपूर्ण छ । उनले आफूहरूलाई सक्काउने हो भने सरकारले सामुदायिक विद्यालयको नतिजा राम्रो बनाउन चुनौती दिए ।

    धन्यवाद मन्तव्य व्यक्त गर्दै प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले आफूहरूले शिक्षामा गरेको लगानी अवैध नभएको बताउँदै उनले यो वैध सेवामूलक व्यवसाय गर्नबाट बञ्चित गरिनु नहुने बताए । उनले भने, ‘नीति निर्माताहरूको अर्कमण्यताले ११ वटै युनिभर्सिटीहरू खाली छन्, अब सरकारले माध्यमिक शिक्षाका लागि पनि नैनीताल, दार्जीलिङ्गलगायतका भारतीय सहरमा नेपाली विद्यार्थी लखेट्ने खेल खेल्दैछ ।’ उनले निजी विद्यालयले राम्रो नतिजा दिँदादिँदै पनि राज्यबाट सौतेलो व्यवहार हुने गरेको आरोप लगाए । अध्यक्ष पुरीले अब हुने काठमाडौँकेन्द्रित आन्दोलनमा सबैको सक्रिय सहभागिताको लागि आह्वान गरे ।

    भदौ २५ गतेदेखि केन्द्रीकृत आन्दोलनको तयारीमा रहेका निजी विद्यालयहरूले विद्यालयको पठनपाठनलाई भने असर नगर्ने गरी कार्यक्रम सञ्चालन

    गरिरहेका छन् ।

  • गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

    गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

    गैँडाकोट १६ भदौ
    लुम्बिनी ICT क्याम्पस मातहत रहेको लुम्बिनी ICT क्लबले प्रविधि क्षेत्रमा सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको “LICT Hackathon Vol. 1” आजदेखि सुरु भएको छ।

    आजदेखि १८ गतेसम्म लुम्बिनी ICT क्याम्पस परिसरमा सञ्चालन हुने यस तीन दिने कार्यक्रममा विद्यार्थी, डेभलपर, डिजाइनर, स्टार्टअप इनोभेटर र प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा ल्याई स्थानीय समस्या समाधानका लागि नवीनतम प्रविधिमूलक उपाय प्रस्तुत गर्ने अवसर बिद्यार्थीहरुलाई प्राप्त भएको छ ।

    ह्याकाथनमा प्रथम हुने समूहले ३० हजार रुपैँया द्धितीय हुने समुहले २५ हजार तृतीय हुने समूहले १५ हजार र सान्तवना स्थान हाँसिल गर्ने समूहलाई ५ हजार रुपैँया पंदान गरिने छ भने उत्कृष्ट टोलीहरूले प्रमाणपत्र र आकर्षक पुरस्कार प्राप्त गर्नेछन्। महोत्सवमा चितवन, नवलपुर, रुपन्देही लगायतका जिल्लाबाट १६ कलेजकाे सहभागिता रहेकाे छ ।

    ह्याकाथनले विद्यार्थी तथा युवाहरूलाई प्रविधि क्षेत्रमा सिर्जनशील सोच र नवप्रवर्तनको अवसर प्रदान गर्दै भविष्यमा उत्कृष्ट प्रविधि विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रम संयोजक आयुष घिमिरे, निर्देशक नरेन्द्र आले मगर र प्रमुख आयोजक अशोक भट्टराई हुन् भने लुम्बिनी ICT क्लबका विभिन्न प्राविधिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएका विशाल भण्डारीले समेत यस कार्यक्रमको जानकारी गराउनुभएको छ।

    उद्घाटन सत्रमा प्रोफेसर डाक्टर हरिहर पौडेल प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता कैलाश कोइरालाले गर्नुभएको थियो । अतिथिहरूमा क्याम्पस प्रमुख प्रताप कोइराला , सहायक क्याम्पस प्रमुख खिला देवकोटा, लुम्बिनी क्ष्ऋत् क्लबका अध्यक्ष अशोक भट्टराई, इभेन्ट कोअर्डिनेटर आयुष घिमिरे लगायतको उपस्थितिमा कार्यक्रम शुभारम्भ गरिएको हो।

     

  • भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

    भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

    १२ भदौ, काठमाडौं ।
    निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।

    विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् ।

    आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ ।

    निजी विद्यालयले क्रमश: गैरनाफामूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनु पर्ने माग राखेका छन् ।
    यस्ता छन् दोस्रो चरणका आन्दोलन :

    १) मिति २०८२ भाद्र १२ गते विहान ११ बजे हरेक जिल्ला सदरमुकाममा बान्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने। उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई याली हुँदै कोण सभामा परिणत हुने ।

    (२) मिति २०८२ भाद्र १४ र १५ गतेको आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी बैठक गर्ने ।

    (२) मिति: २०८२ भाद्र १६ गते विहान ११ बजे देशैभरिका स्कूलबसहरूमा कालोझण्डा/व्यानर सहित विद्यालयको पायक पर्ने चोकमा उतारी नगर परिक्रममा गर्ने। काठमाडौं उपत्यकाको हकमा २७ किमी चक्रपथ वरिपरि तथा जिल्लाहरूमा प्रतिघण्टा २० किमीको गतिमा भव्य याली गर्ने। उक्त यात्रीमा सबै सड़ठनका केन्द्रीय/प्रदेश/जिल्ला र पालिकाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सबै विद्यालय सञ्चालक, प्रिन्सिपलज्यूहरूको अनिवार्य उपस्थिति हुनु पर्नेछ ।

    (४) मिति २०८२ भाद्र १७ गते आगामी कार्यक्रमका लागि बा–आफ्ना संस्थाहरूले व्यापक तयारी तथा समिक्षा बैठक गर्ने ।

    (५) मिति २०८२ भाद्र १८ गते विहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बहुत खबरदारी संभा गर्ने। उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई याली हुदै कोण सभामा परिणत हुने ।

    (६) मिति २०८२ भाद्र १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने ।

     

  • चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

    चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

    चितवन,भदौ ११-
    ग्रेस इन्टरनेशनलको आयोजनामा ‘एडुभर्स २०२५’ एजुकेशन फेयर हुँदैछ । ग्रेसले नेपालका प्रमुख शहरहरुमा फेयर अयोजना गर्न लागिएको हो । चितवनको नारायणगढ स्थित ग्रेस इन्टरनेशनलको कार्यालयमा अगष्ट २९ तारिकदेखि फेयरको आयोजना हुनेछ ।

    पहिलो दिन क्यानडाका युनिभर्सिटी र कलेजका प्रतिनिधिहरुको सहभागितामा फेयर आयोजना हुने ग्रेस इन्टरनेशनल नारायणगढ शाखाका प्रमुख गणेश लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार सेक्टेम्बर २ तारिकमा न्युजिल्याण्ड, ५ तारिकमा युएसए, ९ तारिकमा अष्ट्रेलिया र १३ तारिकमा युकेका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिको उपस्थितिमा फेयर आयोजना हुनेछ । पाँच देशका ५० बढि कलेज, युनिभर्सिटीका प्रतिनिधिहरु फेयरमा प्रत्येक्ष सहभागि हुने लामिछानेले बताउनुभयो ।

    शिक्षा सेवामा सन् २००६ देखि सक्रिय ग्रेस इन्टरनेशनलले चितवन संगै काठमाडौँ (बागबजार), बुटवल, विराटनगर, इटहरी, पोखरा र बागलुङमा पनि फेयर आयोजना गर्दैछ । विद्यार्थी तथा अभिभावकहरूले विश्वस्तरीय शैक्षिक अवसरहरूको बारेमा प्रत्यक्ष जानकारी लिन सक्नेछन् । कार्यक्रम बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।

    फेयरमा सहभागि हुने विद्यार्थीका लागि हात खाली नहुने उपहारको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि स्वीमिङ भौचर, आइएलटिए पिटिइमा ५० प्रतिशत छुट, मुभी टिकट र अरु थु्रपै गिफ्ह्याम्परको समेत व्यवस्था गरिएको ग्रेसले जनाएको छ ।

    सो अवसरमा विद्यार्थीले विश्वविद्यालय तथा कलेज प्रतिनिधिसँग व्यक्तिगत एक–एक परामर्श गर्न सक्नेछन भने सय प्रतिशतसम्म छात्रवृत्तिको अवसर प्रदान गरिनेछ ।

    यस्तै अन द स्पट एड्मिसन सुविधा, निःशुल्क प्रोफाइल मूल्याङ्कन समेत गरिनेछ । ग्रेस इन्टरनेशनलले पछिल्ला १८ वर्ष देखि सयौं विद्यार्थीलाई शैक्षिक परामर्श र भाषा कक्षाको सेवा प्रदान गर्दै आइरहेको छ । चितवनमा विश्वासिलो शैक्षिक परामर्शदाता संस्थाको रुपमा स्थापित ग्रेसले थुप्रै सामाजिक कामहरु समेत गर्दै आइरहेको छ । “एडुभर्स २०२५ ले नेपाली विद्यार्थी तथा अभिभावकलाई विश्वस्तरीय शैक्षिक संस्थासँग प्रत्यक्ष सम्पर्क गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ, जसले उनीहरूलाई भविष्यका लागि सूचित र सही निर्णय लिन सहयोग पु¥याउनेछ ।”

  • सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    चितवन भदौ ९
    भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबारदेखि सुरु भएको दोस्रो संस्करणको तीनदिने ‘अङ्कुरम्– नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ सम्पन्न भएको छ । काठमाडौँसहित नवलपुर र चितवनका १८ संस्थागत र पाँच सामुदायिक विद्यालयका २४८ जना विद्यार्थीको सहभागिता रहेको नमुना अभ्यास कार्यक्रमबाट राष्ट्रसंघ का छवटा कमिटीमार्फत अनुसन्धान गरिएका छ विषयमा छलफलपश्चात सङ्कल्प पारित गरिएको छ । नमुना कार्यक्रमका महासचिव अर्जुन जी शर्माले छ विषयका संकल्प ग्रहण गरिएको बताए ।

    नमुना कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै प्रमुखअतिथि भरतपुर महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले यस्ताखाले रचनात्मक कार्यक्रले विद्यार्थीको समग्र विकासमा टेवा पुग्ने बताए । ‘विश्वव्यापीरूपमा स्पर्धा गर्नसक्ने योग्य नागरिक बनाउनका लागि यस्ता किसिमका कार्यक्रम अत्यन्तै फलदायी हुने उनको जिकिर थियो । ‘बाबुनानीहरूको अध्ययन, अनुसन्धान र प्रस्तुतीकरण वास्तवमा सराहनीय तथा अनुकरणीय छ’, उनले भने । अभिभावकीय भूमिका निर्वाह गर्दै सामुदायिक विद्यालयहरूमा यस्ताखाले रचनात्मक कार्यक्रमको लागि समन्वय गरिदिन प्रमुखअतिथि काफ्लेले आग्रह गरे ।

    कार्यक्रमबाट संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्का सभापति अविप्श्या कार्की र उपसभापति स्नेह कर्माचार्य नेतृत्वको कमिटीले ‘सामूहिक बसाइँसराइँको समयमा मानवअधिकारको संरक्षण ः विदेशीप्रति घृणा, नजरबन्द र सिमानाको हरियारीकरण’ विषयमा अध्ययन तथा अनुसन्धान गरी संकल्प प्रस्ताव पारित गरेको छ । सो कमिटीले ‘हिरासतको मानवीय विकल्पहरूलाई प्रवद्र्धन गर्ने, सेवाहरूमा पहुँचमार्फत आप्रवासी अधिकारहरूको सुरक्षा गर्ने र सीमा सुरक्षालाई कहिल्यै पनि हतियार बनाउनु हुँदैन’ भन्ने तथ्यमा जोड दिइएको प्रस्ताव पास गरेको छ ।

    त्यसैगरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सभापति प्रिसा न्यौपाने र उपसभापति युरिका पौडेलको कमिटीले ‘सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षा’ विषयमा अध्ययन, अनुसन्धान र छलफल गरेको थियो । उक्त कमिटीले ‘शरणार्थीहरूको लागि सुरक्षित क्षेत्रहरू स्थापना गर्ने, द्वन्द्वग्रस्त क्षेत्रहरूमा खाना, पानी र शिक्षाको पहुँच सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्ने र नागरिक जीवनको रक्षा गर्न विश्वव्यापी सहयोगलाई सुदृढ पार्ने विषयमा अध्ययन, अनुसन्धान र छलफल गरी पारित भएको छ ।

    त्यसैगरी दिमिसा विष्ट र अनाघा श्रेष्ठ सभापति तथा उपसभापति रहेको संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमअन्तर्गत ‘प्लाष्टिक प्रदूषणको सम्बोधन र विश्वव्यापी ऊर्जा संकटको अन्त्यका लागि क्रियाशीलता’ विषयमा अध्ययन, अनुसन्धान र बहस भई प्लास्टिक प्रयोगलाई चरणबद्धरूपमा निरुत्साहित गर्दै नवीकरणीय ऊर्जालाई तीव्र पार्ने र विश्वव्यापी सहयोगलाई प्रवद्र्धन गर्ने प्रस्ताव पास गरिएको छ ।

    युएनकै अर्को कमिटी संयुक्त राष्ट्रसंघीय बाल कोषका सभापति एवम् उपसभापति शुभांशराज केसी र विशाल सापकोटाको कमिटीले ‘युद्धग्रस्त क्षेत्रमा बालकालिकाको सुरक्षा’ विषयमा अध्ययन, अनुसन्धान र बहस गरी ‘बालसैनिक भर्तीको निन्दा गर्दै, शिक्षा, स्वास्थ्यसेवा र मनोसामाजिक सहयोगमा मानवीय पहुँच सुनिश्चित गर्दै युद्धबाट प्रभावित बालबालिकाको संरक्षण र पुनस्र्थापनाको लागि बलियो विश्वव्यापी सहयोगको लागि आह्वान गर्ने प्रस्ताव पास गरेको छ ।

    त्यसैगरी विश्व स्वास्थ्य संगठनको नेतृत्व गरेका सभापति सिर्जना लम्साल र उपसभापति रुपेश घिमिरे को कमिटीले ‘नसर्ने रोगहरू र मानसिक स्वास्थ्य ः विश्वव्यापी स्वास्थ्यसेवामा समानताको वकालत’ विषयमा बहस गरी संकल्प पास गरेको छ । उक्त कमिटीले पास गरेको संकल्पअनुसार ‘ बृहत्तर मानसिक स्वास्थ्य सेवा, स्वास्थ्य सेवामा समान पहुँच र सोसम्बन्धी जागरूकता कार्यक्रमहरूलाई सुदृढ पार्न आह्वान’ गर्नेछ ।

    त्यस्तै संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठनका सभापति आकर्षा सापकोटा र उपसभापति सौर्य पौडेलको कमिटीले ‘विज्ञान शिक्षा र सांस्कृतिक संरक्षण मार्फत जलवायु परिवर्तनको सामना गर्ने’ एजेन्डासँग जलवायु परिवर्तन शिक्षालाई एकीकृत गर्ने, आदिवासी ज्ञानको संरक्षण गर्ने र वैज्ञानिक सहकार्यलाई प्रवद्र्धन गर्नेगरी प्रस्ताव पारित गरेको छ ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष आयोजित नमुना कार्यक्रम–२.० मा पाँचवटा सामुदायिक विद्यालयहरू प्रेमबस्ती मावि प्रेमबस्ती, राष्ट्रिय मावि कृष्णपुर, लक्ष्मी मावि लंकू, नारायणी नमुना मावि र मोहन मावि भरतपुरका विद्यार्थीहरूलाई निःशुल्करूपमा सहभागी गराइएको कार्यक्रमका सल्लाहकार प्राचार्य सुमन पौडेलले जानकारी दिए ।

    कार्यक्रममा महासचिव शर्मा, उपमहासचिव रीताकुमारी उपाध्याय, सल्लाहकार सुमन पौडेल, निर्देशक सरला पौडेललगायतले सम्पूर्ण कमिटीका उत्कृष्ट प्रतिनिधि, न्युज एजेन्सी, अन्तर्राष्ट्रिय प्रेस प्रतिनिधिलगायतलाई प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए । तीनदिने कार्यक्रम अवधिभर उत्कृष्टता प्रदर्शन गरेका सिर्जन रेग्मीलाई ‘सबैभन्दा सक्रिय समिति सदस्य’को रूपमा र ‘उत्कृष्ट समिति सदस्य’को रूपमा सक्षम सुवेदीलाई पहिचान गरी पुरस्कृत गरिएको थियो ।

     

  • अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    भरतपुर भदौ ८
    भरतपुर १० मा रहेको अर्किड स्कुलद्वारा आयोजित अन्तर स्कुल तीज गीत प्रतियोगितामा सन राइज स्कुल प्रथम भएको छ।

    कार्यक्रममा सहभागी मध्यबाट ग्रीनल्यान्ड स्कुल दोस्रो , सेन्ट पोल चिल्ड्रेन होम तेस्रो र डन एकेडेमीले सान्त्वना स्थान प्राप्त गरेका थिए।

    विद्यालयका प्रबन्ध निर्देशक आकाश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्कुल सह प्राचार्य पुरुषोत्तम दवाडीले सहभागीलाई स्वागत मन्तव्य गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन हरिराम रेग्मीले गरेका थिए ।

    विद्यालय अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवम् कार्यक्रम संयोजक अमित भुसालका अनुसार कार्यक्रममा २२ स्कुलले सहभागिता जनाएका थिए।

    त्यस्तै, अर्किड स्कुलले तीजको अवसरमा अन्तर स्कुल स्तरीय तिज प्रतियोगितात्मक कार्यक्रम गर्दै आइरहेको उनले बताए ।

  • फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

    फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

    चितवन ५ भदौ,
    भरतपुर -२ क्षेत्रपुर चितवनमा रहेको फोर्ब्स कलेजले सुदूरपश्चिम विश्वविद्यालय संग संबंधन लिएर बिबिए कार्यक्रम यस वर्ष देखि संचालन गर्ने भएको छ । ६६ जनाको कोटा रहेको कार्यक्रममा भर्ना कार्यक्रम संचालन भैरहेको र यस वर्षका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी गराउनु भयो ।

    छात्रबृतिबाट जेहेन्दार, गरिव , जनजाति, शहीद परिवार , अल्पसंख्यक,फ़रक क्षमता भएका आदि विद्यार्थीहरू लाभान्वित हुन सक्ने छन् । साथै पहिलो २० जना भर्ना हुने विद्यार्थीलाई विशेष छात्रबृति रहेको पनि जानकारी प्राचार्य पाठकले गराउदै समयमा नै कलेजमा सम्पर्क गर्न विद्यार्थी तथा अभिभावकलाई आव्हान गर्नू भएको छ ।

    कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सैध्दान्तिक शिक्षा मात्र नभई प्रयोगात्मक शिक्षा , अतिरिक्त क्रियाकलाप , इण्डस्ट्रीयल एक्सपोजर , व्यक्तिगत विकास, बिज़नेस स्टार्टअप आदिको माध्यमबाट अध्यापन गराउने र पास भएका संपूर्ण विद्यार्थीहरुलाई आफ्नै व्यवसाय गर्न ,रोजगारी प्राप्त गर्न विभिन्न संघ , संस्था आदि संग समन्वय गरी सहयोग गर्रनकलेजले जनाएको छ।

  • अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    चितवन, साउन ३१ –
    भरतपुर महानगरपालिका ५ विकास चोकमा रहेको अर्बिट स्कुलका कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ ।

    शुक्रबार कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई भरतपुरको सिएमटी होटलमा आयोजित कार्यक्रमकाबीच स्वागत गरेका हुन् । कक्षा ११ का ३०० भन्दा बढी विद्यार्थीलाई स्वागत गरिएको हो । स्वागत कार्यक्रममा विद्यार्थीहरुले आआफ्नो सांगितिक प्रस्तुती समेत गरेका थिए ।

    कक्षा १२ मा अध्ययनरत विद्यार्थी रिदेश पाठकको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रमुख अतिथिका रुपमा संघीय सांसद अन्जनी श्रेष्ठ, अतिथिहरुमा भरतपुर महानगरपालिका ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठ, भरतपुर ५ का निवर्तमान वडाध्यक्ष पदमपाणी सुवेदी, अर्बिट स्कुलका प्राचार्य रामप्रसाद अधिकारी, अर्बिट स्कुलका अध्यक्ष दिपेन्द्रराज ढकाल, अर्बिट स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र अधिकारी, विकास चोक टोल विकास संस्थाका अध्यक्ष रञ्जित भट्टराई, अर्बिट स्कुल इन्चार्ज नारायण गौतम, अर्बिट स्कुलका जनसम्पर्क अधिकृत अरुणेश्वर खनाल लगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमलाई अर्बिट स्कुलका प्लस टु संयोजक देवीप्रसाद बन्जाराले सञ्चालन गरेको थिए भने आनौपचारिक कार्यक्रमलाई विद्यार्थीहरुले सञ्चालन गरेका थिए ।

  • पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    भरतपुर साउन २९
    संघीय सरकारले संसद्मा पेस गरी विचाराधीन रहेको शिक्षा विधेयकप्रति संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सनले आपत्ति जनाएको छ । निःशुल्क शिक्षाका नाममा सरकारले पास गर्न लागेको विधेयकप्रति कडा आपत्ति जनाउँदै प्याब्सनले आफ्ना जायज माग सम्बोधन नभए आन्दोलनमा जानुको विकल्प नरहेको जनाएको छ ।

    भरतपुर मेट्रो प्याब्सनका अध्यक्ष मीनराज बस्ताकोटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै महानगरमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । विचाराधीन विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै उक्त विज्ञप्तिमा भनिएको छ, ‘निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाइनेछ भन्ने वाक्यांश आफैँमा विरोधाभाषपूर्ण छ, व्यक्तिगत तथा संस्थागत लगानीमा सञ्चालित विद्यालयहरूलाई गैरनाफामूलक विद्यालय बनाउनका लागि राज्यले निजी विद्यालयहरूको लगानी फिर्ताको वातावरण नबनाएसम्म असम्भव छ ।’

    त्यसैगरी जबरजस्ती लादिएको ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्दप्रति विज्ञप्तिमा आपत्ति जनाइएको छ । संस्थागत विद्यालयप्रति पूर्वाग्रही ढङ्गले आएको उक्त शब्दले निजी विद्यालयहरूले बर्सेनि उपलब्ध गराउँदै आएको ठूलो रकमबराबरको छात्रवृत्तिको अवमूल्यन भएको प्याब्सनको ठहर छ । विज्ञप्तिमा अहिले निजी विद्यालयहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत छात्रवृत्तिलाई कायम राख्नुपर्ने माग गरिएको छ । निजी विद्यालयहरूले विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन् ।

    अहिले विचाराधीन विधेयकअनुसार विद्यालयले १५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ । यो व्यवस्था लागु भएमा शुल्क वृद्धि गर्नुपर्ने वाध्यता आइपर्ने र त्यसले अभिभावकको ढाड सेक्ने भएकोले सो निर्णयउपर विचार गरिदिन आग्रह गरिएको छ । त्यसैगरी प्याब्सनले ‘छात्रवृत्तिअन्तर्गत मासिक शुल्क, भर्ना शुल्क र वार्षिक शुल्क मात्र समावेश गरिनुपर्ने माग गरेको छ । आफ्ना माग पूरा नभए आन्दोलनमा जानुको विकल्प नभएको बताउँदै अध्यक्ष बस्ताकोटीले भने, ‘हामीले विमन्रतापूर्वक सरकारसँग माग राखेका छौँ, हाम्रा जायज माग पूरा नभए आन्दोलन कस्तो हुन्छ हामी देखाउँछौँ ।’

    ज्ञापन पत्रमा उल्लेख छ, ‘सरकारले नियमन गर्नुको साटो नियन्त्रण गर्ने सोचले झन्झटिलो नियमकानुन निर्माण गर्नाले निजी क्षेत्र अस्थिरतातर्फ धकेलिएको छ, निजी क्षेत्रप्रति सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुको साटो अस्थिर राजनीतिले हरेक समय फेरिने सरकारसँगै बदलिने नीतिले निजी विद्यालयलाई अस्थिरता र अन्योलपूर्ण अवस्थामा काम गर्न वाध्य बनाइएको छ ।’ देशको जिडिपीमा ७.२ प्रतिशत योगदान पु¥याउने निजी विद्यालयलाई घोर बेवास्ता गरिएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘चार लाख रोजजागरी सिर्जना गरिरहेको क्षेत्रलाई सरकारले सौतेनी व्यवहार गरेको छ ।’ ‘सरकारले लगानीमैत्री कानुन निर्माण गर्नुको साटो निजी विद्यालयलाई अप्ठेरोमा पार्ने मनशायले ल्याएको शिक्षा विधेयक मान्य हुँदैन ।’

    प्याब्सन केन्द्रीय समितिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति, विभिन्न राजनीतिक दलका मुख्य सचेतकहरू, नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राजनीतिक दलका शीर्ष नेतृत्व, प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूलाई यसअघिनै ज्ञापन पत्र बुझाइसकेको छ ।

    देशभरका सम्पूर्ण पालिकामा सम्बन्धित स्थानका प्याब्सन कमिटीले ज्ञापन पत्र बुझाउने कार्यक्रमअनुसार बिहीबार प्याब्सन महानगर कमिटीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुखलाई उक्त ज्ञापन पत्र बुझाएको हो । भोलि (शुक्रबार) प्याब्सन चितवनले प्रमुख जिल्ला अधिकारी र शिक्षा समन्वय इकाइ चितवनलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको चितवन प्याब्सनका कोषाध्यक्ष युवराज पौडेलले जानकारी दिए ।