Category: नवलपरासी पूर्व

  • वर्षाका कारण बाटो हिलो र चिप्लो भएपछि बुटवल–नारायणगढ सडक अवरुद्ध

    वर्षाका कारण बाटो हिलो र चिप्लो भएपछि बुटवल–नारायणगढ सडक अवरुद्ध

    मध्यविन्दु (नवलपरासी), चैत २८

    पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।

    विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् ।

    दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो । त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ । रासस

     

  • नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता

    नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता

    नवलपुर (नवलपरासी), २६ चैतः
    नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर आज साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वप्निल सेर्पुञ्जा नदी डुबेर बेपत्ता भएको बताउनुभयो । “दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका हुन्”, उहाँले भन्नुभयो, “भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएको जानकारी आएको छ ।” बेपत्ता दुवै जनाको खोजी भइरहेको विष्टले जानकारी दिनुभयो ।

    प्रहरीसँग गोताखोर नभएकाले आजको लागि खोजीकार्य रोकिएको र भोलि बिहानैदेखि गोताखोरको टोलीसहित खोजी गरिने प्रहरीले जनाएको छ ।

  • दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    काठमाडौं २४ फागुन
    नारायणगढ-बुटवल सडक खण्डको दाउन्नेमा ट्रक र बस ठोक्किएका छन् ।

    गएराति ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको छ । सवारी साधनको लाइन पूर्वतर्फ दुम्कीबासम्म छ ।

    अहिले ठोक्किएका दुवै गाडी हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    यो क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडक भत्किएर खाल्डाखुल्डी भएकाले लामो समयदेखि यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।

    चालकहरुले लेन मिचेर सवारी चलाउनाले पनि यस क्षेत्रमा दुर्घटना हुने गरेको छ ।

  • पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै

    पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै

    नवलपरासी, २९ माघः 
    पश्चिम नवलपरासीमा वर्षौंदेखि निर्माण सुरु भएका ५० वटा खानेपानी योजना अझै अधुरै छन् । सङ्घ र प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका ७२ योजनामध्ये २२ वटा मात्रै सञ्चालनमा छन् भने अन्यको काम सम्पन्न हुन सकेको छैन । तीमध्ये सनई, रगरगञ्ज, गेरमी, पाल्ही, हरपुर खानेपानीलगायतका योजना चार वर्षभन्दा लामो समयदेखि करिब अलपत्र अवस्थामा छन् ।

    पाल्हीनन्दन–६ का स्थानीय धरेन्द्र यादवले निर्माणाधीन योजनाका बाँकी काम सम्पन्न गर्न बजेट अभाव हुँदा थप काम अगाडि बढ्न नसकेको जवाफ पाइने गरेको गुनासो गर्नुभयो । जसकारण आफूहरू आर्सनिकयुक्त चापाकलको पानी पिउन बाध्य भएको उहाँले दुखेसो पोख्नुभयो ।

    सरावल गाउँपालिका–५ का वडाध्यक्ष लक्ष्मणप्रसाद चौधरीले योजनामा धेरै लगानी भइसकेकाले तीनै तहका सरकारको समन्वयनमा योजनाको बाँकी कायम चाँडै अगाडि बढाउनुपर्ने बताउनुभयो । वर्षौंदेखि काम सम्पन्न नहुँदा यहाँका नागरिक आर्सनिकयुक्त चापाकलको पानी पिउन बाध्य भएको उहाँको गुनासो छ ।

    सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले योजना निर्माण सुरु भएको दश वर्षसम्म पनि धेरैजसो योजना बजेट अभावका कारण अधुरै रहेका बताउनुभयो । उहाँले आफ्नो क्षेत्रमा पनि दुई वटा खानेपानी योजना भौतिक पूर्वाधार निर्माण भइसकेको अवस्थामा पाइप तथा विद्युतीकरणको काम बाँकी रहेकाले सञ्चालनमा आउन नसकेका बताउनुभयो ।

    नवलपरासी बर्दघाट सुस्ता पूर्व खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख प्रकाश न्यौपानेका अनुसार यहाँ सङ्घीय सरकारका २५ योजनामध्ये १२ वटा सञ्चालनमा छन् भने १३ वटा अझै निर्माणकै अवस्थामा रहेका छन् । यस्तै, प्रदेश सरकारका ४७ योजनामध्ये १० वटा सञ्चालनमा छन् भने ३७ वटा योजना अझै सम्पन्न भएका छैनन् । “सङ्घीय सरकारले कार्यान्वयन गरिरहेका योजनामा समग्रमा तीस प्रतिशत काम बाँकी छ । यसका लागि रु ३५ करोड बजेट भए योजना सम्पन्न हुन्छन्”, उहाँले भन्नुभयो, “प्रदेश सरकारअन्तर्गतका योजनाको ६० प्रतिशत काम बाँकी छ । यसमा रु ७० करोड अझै आवश्यक छ । त्यसैले बजेट अभावकै कारण योजनाको काम करिब ठप्प छ ।”

    पाल्हीनन्द गाउँपालिका–४ का वडाध्यक्ष रवीन्द्र सहानीले सरकारको ठूलो रकम खर्च भइसकेपछि बाँकी रकम पनि व्यवस्थापन गरेर योजना अगाडि बढाउनुपर्ने बताउनुभयो । सरकारले आवश्यक बजेटको व्यवस्था गरे स्थानीवासीले श्रमदान गर्ने अवस्था स्थानीय तहले निर्माण गर्ने उहाँको भनाइ छ ।

    निर्माणाधीन अधिकांश योजनामा पाइपलाइन, ट्याङ्की, विद्युतीकरणलगायत काम बाँकी छन् ।  चालु आर्थिक वर्षमा खानेपानीका लागि रु ११ करोड सात लाख ९२ हजार विनियोजन भएकाले केही योजना सम्पन्न हुने अपेक्षा गरिएको छ ।

  • प्यारा बटालियन कमाण्डो फोर्स चितवन–नवलपुरको पुर्नमिलन कार्यक्रम सम्पन्न

    प्यारा बटालियन कमाण्डो फोर्स चितवन–नवलपुरको पुर्नमिलन कार्यक्रम सम्पन्न

    चितवन, माघ २५ –
    प्यारा बटालियन कमाण्डो फोर्स (अ.प्रा.) नेपाली सेना चितवन नवलपुरद्वारा आयोजित चौंथो वार्षिक पुर्नमिलन कार्यक्रम २०८१ सम्पन्न भएको छ ।

    अवकास प्राप्त सहयाक रथी डा. प्रेमसिंह बस्न्यातको प्रमुख उपस्थितिमा अवकास प्राप्त प्यारा बटालियन अन्तर्गतका सैनिकहरुको जमघट र पुर्नमिलन कार्यक्रम गरिएको हो । नवलपुरको गैंडाकोटस्थिति नारायणी नदी किनारमा अवस्थित होटल रिभर क्राउनमा कार्यक्रम सम्पन्न गरिएको हो ।

    कार्यक्रममा अवकास प्राप्त सहयाक रथी डा. प्रेमसिंह बस्न्यातले नेपाली सेनाहरु कम तलबमा पनि काम गरिरहेको बताए । उनले अन्य देशको तुलनामा नेपाली सेनाको तलब निकै न्यून रहेकाले यसलाई बढाउनतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । अवकास प्राप्त सेनाहरुको पुर्नमिलन कार्यक्रम गर्नु निकै राम्रो भएको बताउँदै उनले यस्ता संस्थाहरु जंगे अड्डाका भगिनी संस्था जसरी रहेको बताए ।

    विशेष फौज मानिने अड्डा अन्तर्गतका लक्ष्मी निवास हाताभित्र रहेका श्री भैरवनाथ गण, युद्दभैरव गण र प्यारा तालिम शिक्षालयका भुपू तथा बहालवाला सैनिहरुको उपस्थिति कार्यक्रममा रहेको थियो ।
    कार्यक्रममा अवकास प्राप्त सह सेनानी लाल बहादुर बस्नेतलाई ज्येष्ठ व्यक्तिको रुपमा सम्मान गरिएको थियो । कार्यक्रममा अवकास प्राप्त बिरामी रहेका सैनिकहरुलाई कार्यक्रममा आर्थिक सहयोग समेत गरिएको अध्यक्ष चन्द्र प्रकाश पौडेलले जानकारी दिए ।

    प्यारा बटालियन कमाण्डो फोर्स (अ.प्रा.) नेपाली सेना चितवन नवलपुरका सचिव चन्द्र बहादुर विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष लेखनाथ लामिछानले स्वागत मन्तव्य राखेका थिए ।

  • इन्फिनिटी लघुवित्तको ८ औं स्थापना दिवस : मानव सेवा आश्रममा सहयोग

    इन्फिनिटी लघुवित्तको ८ औं स्थापना दिवस : मानव सेवा आश्रममा सहयोग

    चितवन, माघ ७
    गैँडाकोट नगरपालिका वडा नम्वर २ स्थित इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ८ औं वार्षिक स्थापना दिवस सम्पन्न भएको छ ।

    स्थापना दिवसको अवसरमा आज मानव सेवा आश्रम भरतपुरमा रहेका लक्ष्मीनारायणहरु र बालगोपालहरुलाई भोजन गराइएको हो ।

    २०७३ असार ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०७३/०९/१७ गते वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गरी विधिवत रुपमा मिति २०७३/१०/०७ गतेदेखि संस्थाले कारोबार शुभारम्भ गरेको थियो । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरी कारोवार गरेको वित्तीय संस्थाको चुक्ता पुँजी रु. ४९ करोड ७४ लाख १५ हजार ९४२ रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामाले बताए ।

    यस संस्थाले देशभरी नै लघुवित्त सेवा विस्तार गर्ने अठोट लिए अनुसार कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थाहरुमा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी नेपालका सातै प्रदेशका ४८ जिल्लामा कार्यक्रम संचालन गरेको छ ।

    वित्तीय संस्थाले हालसम्म विपन्न वर्गका सदस्यहरुलाई सहज रुपमा लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । हालसम्म संस्थाले १०,५०७० सदस्यहरुलाई सेवा दिई विभिन्न उद्देश्यमा ३५६३४ जना ग्राहकहरुमा बाँकी कर्जा रु. ५ अर्व ६५ करोड रहेको छ भने ग्राहक सदस्यहरुको बचत रकम रु.१ अरब ३३ करोड रहेको उनले बताए ।

  • सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती

    सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती

    नवलपरासी, १४ पुसः
    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ मा पर्ने भेँडाबारी फाँटमा सिँचाइ सुविधा पुगेपछि यहाँको पहिचान विस्तारै फेरिँदै गएको छ । केही वर्ष अगाडिसम्म हिउँदमा सुक्खा भएर गौचरनका रूपमा प्रयोगमा आउने उक्त फाँट अहिले तोरीले पहेँलपुर भएको हो ।

    पहिलो स्थानीय तहको निर्वाचन २०७४ बाट निर्वाचित भएर आउनुभएका जनप्रतिनिधिको प्रयासले विस्तारै यस ठाउँमा परिवर्तन देखिन थालेको स्थानीय बताउँछन् । गैँडाकोट नगरपालिकाले यहाँको जमिनलाई सिँचाइ सुविधा पु¥याउन बोरिङ गाड्ने र सिँचाइको कुलो बनाउने काम गरेसँगै परिवर्तन आएको हो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चैतेधानको पकेट क्षेत्रका रूपमा परेको यो ठाउँ धानजोनमा परिणत हुन लागेको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले जानकारी दिनुभयो । यहाँ बोरिङ र सिँचाइको व्यवस्था गर्दै दुईखेती धान फल्ने वतावरण सिर्जना गरिएको उहाँले बताउनुभयो ।

    “धानसँगै तोरी पनि उत्पादन गर्नका लागि तोरी पकेट क्षेत्र बनाउन हामीले यो वर्ष तोरीमा लगानी गरेका छौँ”, नगरप्रमुख अधिकारीले भन्नुभयो, “कृषकहरूलाई करिब चार सय बिघामा तोरीखेती गर्न ५० प्रतिशत अनुदानमा बीउ वितरण गरेका छौँ ।” नगरपालिकाले यहाँको खेतबारीमा सिँचाइ सुविधासँगै बीउमा अनुदान दिँदा पूरै फाँटमा तोरी फुलेर पहेँलै भएको उहाँले बताउनुभयो ।

    भेँडाबारीमा चैतेधानसँगै बर्खेधान पनि लहलह झुल्दै आएको अधिकारीले बताउनुभयो । पालिकाले निरन्तर रूपमा सिँचाइको व्यवस्था गरेको भन्दै पालिकाले सहयोग गरेकाले किसान पनि उत्साहित भएर धान, तोरी, विभिन्न जातका तरकारी र सागसब्जी खेती गरिरहेका उहाँले उल्लेख गर्नुभयो ।

    भेँडाबारीको केही क्षेत्रमा अझै सिँचाइ नपुगेको भन्दै यस वर्षको बजेटले भत्किएको बाँध मर्मत तथा थप बोरिङ निर्माणको व्यवस्था गरिएको नगरप्रमुख अधिकारीले बताउनुभयो । “हामीले क्रमशः अन्य वडामा खेती विस्तार गर्दै ठूला बोरिङहरू निर्माण गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “नमुनाका लागि वडा नं ११ मा उन्नत जातको तोरीको बीउ वितरण गरिएको छ । उत्पादन राम्रो भएमा तोरीखेतीलाई अझै विस्तार गरेर लैजाने योजनामा छौँ ।”

    नवलपरासी, १४ पुसः

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ मा पर्ने भेँडाबारी फाँटमा सिँचाइ सुविधा पुगेपछि यहाँको पहिचान विस्तारै फेरिँदै गएको छ । केही वर्ष अगाडिसम्म हिउँदमा सुक्खा भएर गौचरनका रूपमा प्रयोगमा आउने उक्त फाँट अहिले तोरीले पहेँलपुर भएको हो ।

    पहिलो स्थानीय तहको निर्वाचन २०७४ बाट निर्वाचित भएर आउनुभएका जनप्रतिनिधिको प्रयासले विस्तारै यस ठाउँमा परिवर्तन देखिन थालेको स्थानीय बताउँछन् । गैँडाकोट नगरपालिकाले यहाँको जमिनलाई सिँचाइ सुविधा पु¥याउन बोरिङ गाड्ने र सिँचाइको कुलो बनाउने काम गरेसँगै परिवर्तन आएको हो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चैतेधानको पकेट क्षेत्रका रूपमा परेको यो ठाउँ धानजोनमा परिणत हुन लागेको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले जानकारी दिनुभयो । यहाँ बोरिङ र सिँचाइको व्यवस्था गर्दै दुईखेती धान फल्ने वतावरण सिर्जना गरिएको उहाँले बताउनुभयो ।

    “धानसँगै तोरी पनि उत्पादन गर्नका लागि तोरी पकेट क्षेत्र बनाउन हामीले यो वर्ष तोरीमा लगानी गरेका छौँ”, नगरप्रमुख अधिकारीले भन्नुभयो, “कृषकहरूलाई करिब चार सय बिघामा तोरीखेती गर्न ५० प्रतिशत अनुदानमा बीउ वितरण गरेका छौँ ।” नगरपालिकाले यहाँको खेतबारीमा सिँचाइ सुविधासँगै बीउमा अनुदान दिँदा पूरै फाँटमा तोरी फुलेर पहेँलै भएको उहाँले बताउनुभयो ।

    भेँडाबारीमा चैतेधानसँगै बर्खेधान पनि लहलह झुल्दै आएको अधिकारीले बताउनुभयो । पालिकाले निरन्तर रूपमा सिँचाइको व्यवस्था गरेको भन्दै पालिकाले सहयोग गरेकाले किसान पनि उत्साहित भएर धान, तोरी, विभिन्न जातका तरकारी र सागसब्जी खेती गरिरहेका उहाँले उल्लेख गर्नुभयो ।

    भेँडाबारीको केही क्षेत्रमा अझै सिँचाइ नपुगेको भन्दै यस वर्षको बजेटले भत्किएको बाँध मर्मत तथा थप बोरिङ निर्माणको व्यवस्था गरिएको नगरप्रमुख अधिकारीले बताउनुभयो । “हामीले क्रमशः अन्य वडामा खेती विस्तार गर्दै ठूला बोरिङहरू निर्माण गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “नमुनाका लागि वडा नं ११ मा उन्नत जातको तोरीको बीउ वितरण गरिएको छ । उत्पादन राम्रो भएमा तोरीखेतीलाई अझै विस्तार गरेर लैजाने योजनामा छौँ ।”

  • नेपाल उद्योग तथा व्यवसायी महासङ्घको विधान सम्मेलन नवलपुरमा हुँदै

    नेपाल उद्योग तथा व्यवसायी महासङ्घको विधान सम्मेलन नवलपुरमा हुँदै

    नवलपुर, १० पुस-
    नेकपा (एमाले) निकट उद्योग तथा व्यवसायीहरुको सङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको केन्द्रीय विधान तथा नीति निर्माण सम्मेलन नवलपुरमा हुने भएको छ । पुस १२ र १३ गते जिल्लाको गैँडाकोटमा विधान तथा नीति निर्माण सम्मेलन हुने लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । वर्तमान समयमा नेपाली अर्थतन्त्रमा देखिएका समस्या र समाधान सहितको दृष्टिकोणबारे सम्मेलनमा छलफल हुने जनाइएको छ ।

    पत्रकार सम्मेलनका क्रममा नेपाल उद्योग तथा व्यवसायी महासङ्घका संयोजक भागिरथ सापकोटाले देशको अर्थतन्त्रमा उद्योगले पु¥याएको योगदानको करिब ९५ प्रतिशत हिस्सा साना तथा मझौला उद्योग व्यवसायले ओगटेको बताउनुभयो । व्यवसायी धनी हुँदैमा समाज धनी नहुने भन्दै उहाँले व्यवसायको पैसा समाजमा पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

    नेपालको अर्थतन्त्रलाई माथि लैजानका लागि विभिन्न पाँचवटा विषयमा लगानी बढाउनुपर्ने उहाँको भनाइ छ ।

    महासङ्घका निवर्तमान उपाध्यक्ष एवम् विधान तथा नीति निर्माण सम्मेलन संयोजक डा तिलचन्द्र भट्टराईले सरकार, पार्टी र व्यवसायी गरी त्रिपक्षीय छलफल हुने र राज्यलाई सुझाव दिने बताउनुभयो । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा युवराज खतिवडा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल तथा देशका ७७ वटै जिल्लाबाट करिब तीन सय जना व्यवसायी प्रतिनिधिहरुको सहभागिता रहने भट्टराईले बताउनुभयो ।

    नेपालमा कुनै पनि बस्तु ठूलोमात्रामा उत्पादन गर्न नसकिएको भन्दै भट्टराईले निर्यात भएका बस्तुहरु निर्यात गर्ने अवस्था नभएको बताउनुभयो । गैँडाकोटमा हुने विधान तथा नीति निर्माण सम्बन्धी विस्तारित बैठकले सङ्गठनको विधान संशोधन गर्दै चितवन नवलपुर घोषणापत्र जारी गर्नेछ ।

  • नारायणगढ–बुटवल सडकः म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु

    नारायणगढ–बुटवल सडकः म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु

    नवलपुर, २५ मङ्सिरः

    राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो ।

    आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले म्याद थप गरेको आयोजनाले काम नै नगरी करिब साढे चार महिना बितायो । मनसुन, चाडपर्वलगायतका कारण देखाउँदै विस्तारको काम रोकेको निर्माण व्यवसायीले नोभेम्बर अन्तिम साताबाट विस्तारको काम सुरु गरेको हो । नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार अहिले सडक विस्तारमा ३२३ श्रमिक परिचालन गरिएको छ ।

    “पछिल्लो १३ दिनदेखि सडक विस्तारको काम सुरु भएको हामीलाई जानकारी आएको छ”, उहाँले भन्नुभयो, “अहिले सबबेस, बेस, अप्रोज रोड (नयाँ बनेको पुललाई सडकसँग जोड्न माटो भर्ने काम), कल्भर्ट निर्माण, ढुङ्गाको पर्खाल निर्माण गर्ने काम भइरहेको छ ।” यस खण्डमा बनेका १६ पुलमा अप्रोज रोड बनाउनुपर्नेमा अहिले नौ वटामा काम भइरहेको र बाँकी सातमा पनि चाँडै काम सुरु हुने उहाँले बताउनुभयो ।

    त्यसैगरी २३२ कल्भर्टमध्ये १८१ वटा निर्माण सम्पन्न तथा १४ वटाको काम हुँदै गरेको भन्दै नौ स्थानमा सडक किनारमा ढुङ्गाको पर्खाल लगाउने काम भइरहेको इञ्जिनीयर खनालको भनाइ छ । गैँडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकाका विभिन्न भागमा रहेको पुरानो कालोपत्र भत्काएर सबबेस, बेसको काम भइरहेको सूचना अधिकारी खनालले बताउनुभयो । सडक विस्तारमा अहिले ११ वटा स्काभेटर, दुई क्रेन, छ रोलर, आठ ग्रेडरको प्रयोग भइरहेको खनालले जानकारी दिनुभयो ।

    “अहिले सडक विस्तारको कामलाई तीव्रता दिने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण थप गर्दै सडक विस्तारको कामलाई चाँडो गर्ने प्रतिबद्धता जनाएर काम गरेको छ ।” यस खण्ड (गैँडाकोट–दाउन्ने) मा पर्ने ६५ किलोमिटर सडकमध्ये ३५ किलोमिटर सडक कालोपत्र भइसकेको इञ्जिनीयर खनालले बताउनुभयो ।

  • गैँडाकोटमा मोटरसाइकल दुर्घटना – एकजनाको मृत्यु

    गैँडाकोटमा मोटरसाइकल दुर्घटना – एकजनाको मृत्यु

    गैँडाकोट मङ्सिर २०
    नवलपुरको गैँडाकोटमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देहीको शिदार्थनगर नगरपालिका वडा नं. ८ घर भएका बर्ष ३५ का पंकज ज्ञवाली रहेका इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । ज्ञवाली नेपाल कृषि अनुसन्धान परिषद (नार्क) खुमलटारमा प्राविधिक अधिकृत पदमा कार्यरत थिए ।

    दुर्घटनामा परि मोटरसाइकल चालक लमजुङ घर भएका वर्ष ३९ का सुकबहादुर गुरुङ गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । गुरुङ राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम चितवन रामपुरमा कार्यरत छन् । गुरुङको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।कालीगण्डकी करिडोरबाट गैँडाकोटको मूख्य राजमार्ग तर्फ आउदै गरेको बागमती प्रदेश ०६ ००१ प ६२७३ नम्बरको बुलेट मोटरसाइकल राति ११ बजे गैँडाकोेट ४ स्थित सडकमा दुर्घटनामा परेको हो ।